मुस्ताङमा घन्टी बजाएरै छाड्ने रास्वपा उम्मेदवार थकालीको उद्घोष

जोमसाम ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अधितीय चन्द्र थकालीले विशेष परिस्थितीमा हुन लागेको संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका तर्फमा आफ्नो उम्मेदवारीले घन्टी बजाएरै छाड्ने उद्घोष गरेका छन् । मंगलबार जिल्ला अदालत मुस्ताङ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनय दर्ता गरेपछि स्थानीय संञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उम्मेदवार थकालीले यस्तो उद्घोष गरेका हुन् ।

उम्मेदवार थकालीले यसपालि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि हिउँदयामको चिसोमा समेत रास्वपा र घण्टीको माहोल ताँतिएको बताए । पुराना राजनीतिक दलहरुको चरम बेथिति,भष्टाचार,कुशासन र राज्य अस्थितरतात र संसदीय मूल्यमान्यता विपरित चलेकै कारण रास्वपाको उदय भएकाले अब रास्वपानै मुुलुकको निर्णायक शक्ति बनेर राष्ट्र निर्माणमा जुट्ने गरी अघि बढिसकेको बताउँनुभयो ।

गत भाद्र २३ गतेको युवाहरुको जेनजी आन्दोलन पुराना राजनितिक दलहरुको चरम भ्रष्टाचार,बेथिति र कुशासनको परिणाम भएकाले अब मुलुकलाई सही गन्तब्यतर्फ लैजाने निकास रास्वपाले दिने उम्मेदवार थकालीको भनाई छ । उम्मेदवार थकालीले निर्वाचन जितेर संसदमा पुग्नु,सरकार बनाउँनु र राज्यको नीति निर्माणको तहमा भूमिका खेल्नु मात्रै मुख्य नभएको थकाली बताउँछन् । मुस्ताङबाट रास्वपाको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा सफलता प्राप्त गर्ने अवसर पाएमा समग्र मुस्ताङ र मुस्ताङबासीको हकहित र आवाजहरुलाई संघीय संसद र सरकार समक्ष पु¥याउन पुलको भूमिका निर्वाह गर्ने उम्मेदवार थकालीको भनाई छ ।

अर्को प्रशंगमा रास्वपा उम्मेदवार थकालीले पार्टीको नीति र घोषणापत्रलाई अंगिकार गर्दै निर्वाचन प्रचार÷प्रसारका लागि जनता समक्ष प्रस्तुत हुने उम्मेदवार थकालीको भनाई छ । मुलुकमा देखिएको अस्थिर सरकार,नातावाद,कृपावाद ,भ्रष्टाचार,बेथिति र कुशासनको अन्त्य गरी राष्ट्रलाई समृद्ध मुलुक बनाउन यसपालिको निर्वाचनमा मुलुकको अब्बल वैकल्पिक शक्ति रास्वपालाई जनताले साथ सपोर्ट र भरोसा गरेको उम्मेदवार थकालीले सुनाए ।

मनोनयपत्र दर्तापछि उम्मृेदवार थकालीले अगाडी भने,‘ रास्वपाको जनलहरले मुलुकको माहोल गर्मिएको र अब मुस्ताङमा पनि पुराना राजनीतिक पार्टीहरु असफल भईसकेकाले  बहिष्कार गरी यसपटक मुस्ताङी जनताले रास्वपालाई अनुमोदन गरी परीक्षण गर्नु पर्ने बेला आएको छ, हामी एक पटक मात्रै परीक्षण हुन चाहन्छौं, संसदीय निकायमा सबै समुदायको समान पहुँच स्थापित हुनुपर्छ भन्ने हाम्रो ध्येय हो ।’

 मुस्ताङमा पटकपटक एकै व्यक्ति र परिवारले अवसर प्राप्त गरिरहेको तितो यतार्थ जगजाहेर रहेको उल्लेख गर्दै उम्मेदवार थकालीले अब त्यस दास मनोवृद्धिबाट माथि उठ्नु पर्ने बेला आएको बताउँनुभयो ।

 ‘मुस्ताङी जनता दास र लाश बनेको भाष्य खडा गरिदै छ,वास्तवमा मुस्ताङी जनता कसैको दास र लाश हुनै सक्तैन, उम्मेदवार थकालीले भने, यो त मुस्ताङबासीको सोझोपना,निरिहता अशिक्षा र चेतनाको कमीले त्यस्तो हुन पुगेको हो, अब मुस्ताङ जनता पहिले भन्दा धेरै शिक्षित र चेतनशील भईसकेका छन् ।’ रास्वपा उम्मेदवार थकालीले ५/१० हजारको लोभमा परेर आफ्नो नेपाली स्वाभिमान र प्रतिष्ठा लिलाम गरी मुस्ताङ जिल्लाकै बदनाम नगरिदिन अनुरोध गरे ।

 मुस्ताङमा समय÷सापेक्षिक रुपमा निरन्तर हुने विकासलाई मैलै यसो गरे,उसो गरे भनेर जनतालाई दिगभ्रमित नपार्न समेत अनुरोध गरे । मुस्ताङमा समस्या सापेक्षिक भौतिक पूर्वाधार निर्माण लगायतका काम अविछिन्न भईरहेको र हुने प्रक्रिया भएकाले जनतामा परेका पिरमर्का र समस्या समाधान महत्वपूर्ण भएको बताउँनुभयो । रास्वपाको प्रतिििधत्व गरी अघि बढ्ने मौका पाएमा कोरलानाकामा पूर्वधार निर्माणका साथै भन्सार अध्यागमन र एकिकृत सुरक्षा पूर्वाधार निर्माणमा पहिलो प्राथमिकता रहने बताउँनुभयो। मुस्ताङमा कार्यान्वयन हुन बाँकी रहेका र कार्यान्वयनको चरणमा अलपत्र रहेका योजनाहरुलाई पूर्णता दिने पहिलो काम भएकाले यसतर्फ अघि बढ्ने उम्मेदवार थकालीको भनाई छ । 

उत्तर÷दक्षिण जोड्ने ब्यापारिक मार्ग विस्तारित आयोजना कोरला सडकलाई जतिसक्दो समृद्ध तुल्याएर त्रिदेशीय ब्यापारमार्गलाई उचाईमा पु¥याउन कुनै कसुर बाँकी रहने गरी अघि बढ्ने उनको भनाई छ । राज्यको अर्थतन्त्रको विकास र स्थानीय जनतालाई आत्मनिर्भर बनाएर उनीहरुको जिवन समृद्ध तुल्याउन कोरलानाकाको पर्यटन तथा ब्यापार मार्गले नयाँ गति लिने भएकाले यसमा सरकारलाई अघि बढाउन उत्प्रेरित गराईने थकालीले जनाए ।

कृषि र पर्यटनको प्रचूर सम्भावना रहेको मुस्ताङमा पर्यटनमैत्री पूर्वाधार र कृषि क्षेत्रमा स्थानीय

 जनताले भोग्दैआईरहेका समस्या र चुनौतिलाई प्राथमिकतामा राखेर नीतिगत रुपमा समाधान खोजिने उम्मेदवार थकालीले प्रतिवद्धता जनाएका छन् । उम्मेदवार थकालीले मुस्ताङमा स्याउ लगायतका रैथाने अन्नबालीलाई प्रविधिकरण गरी अर्गानिक जिल्ला घोषणा गर्न संघीय संसदमा नीतिगत रुपमा कार्यान्वयनमा लैजान प्रस्ताव लैजाने बताउँनुभयो । यसैगरी यहाँको

भूमी सम्वन्धि समस्या गरी भूमीहिन किसानको पक्षमा पहल गर्ने ,खेर गईरहेका सार्वजनिक पठार जग्गाहरुको सदुपयोग तथा उत्पादनशीलतमा जोड दिई बेरोजगारी समस्या समाधान गर्ने र कालिगण्डकी नदी उकास र यसको समाधानको बाटो कसरी सावधान गर्न सकिन्छ यसतर्फ योजनावद्ध रुपमा अघि बढ्ने जनाए ।

कालिगण्डकी नदीको प्राकृतिक स्रोत साधनको उपयोगत जैविक विविधताको संरक्षण, पशुपालक र कृषि व्यवसायमा देखिएको जलवायु संकट र यसले पारेको प्रभावलाई बैज्ञानिक ढंगले अध्ययन गरेर ठोस कार्ययोजना बनाएर अघि बढ्नु पर्ने बताउँनुभयो । मुस्ताङको समग्र विकासका लागि गर्नुपर्ने कामहरु धेरै बाँकी रहेकाले त्यसलाई आत्मसाथ गरी अघि बढ्न आवश्यकता रहेको उम्मेदवार थकालीको भनाई छ ।

 को हुन् रास्वपा उम्मेदवार थकाली ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अधितीय चन्द्र थकाली मुस्ताङको घरपझोङ —४ जोमसोम निवासी हुन् । नेपाल रेडक्रस सोसाईटीका सभापति एवं नागरिक ुसमाजका अगुवा चन्द्रबहादुर थकाली र जनहित माध्यमिक विद्यालयकी पूर्व शिक्षिका नानीमैया थकालीका ज्येष्ट सुपुत्र थकालीको जन्म वि.स. २०४२ साल चैत्र १९ गते भएको हो । ४० वर्षीय उम्मेदवार थकाली तेज निरला जनहित बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख एवं धौलागिरी बोर्डिङ स्कुलमा अंग्रजी शिक्षक हुनुहुन्छ ।

राजनीति भन्दा निकै टाढा रहेका थकाली देशको उत्पन्न परिस्थिती र आसन्न निर्वाचनका लागि राजनीतिक प्रतिस्पर्धामा होमिएको बताउँनुहुन्छ । उम्मेदवार थकाली आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा यहाँको राजनीतिक सेन्डिकेट भंग हुने र रास्वपाले निर्वाचन आफ्नो पोल्टामा पार्ने दावी गर्नुभएको छ । अंंग्रजी साहित्य विषयमा स्नाकोत्तर(मास्टर)तथा मानवशास्त्र ,समाजशास्त्र र शिक्षा बिषयमा स्नातक तहको अध्ययन पुरा गरेका छन् ।



प्रतिक्रिया