मुस्ताङ,३१, भदौ ।
‘हिमालको आवाज,स्थानीय तह तहको संकल्प र जलवायु न्याायको साझा प्रतिवद्धता, स्थानीय तहको जिम्मेवारी ः जलवायु न्यायका लागि साझेदारी’ मुल नारा सहित बुधबार साँझ मुस्ताङको घरपझोङ गाउँपालिकाले घरपझोङ जलवायु परिवर्तन सम्वन्धी ‘घरपझोङ घोषणापत्र जारी गरेको छ । घरपझोङ गाउँपालिका कार्यालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहनसिंह लालचनले उक्त घोषणा जलवायु परिवर्तन सम्वन्धी घरपझोङ घोषणापत्र—२०८३ जारी गर्नुभएको हो ।
मंगलबारदेखि सुरु भएको दुईदिन घरपझोङ जलवायु परिवर्तन सम्मेलन बुधबार दिउँसो समापन भएपछि गाउँपालिका कार्यालय पत्रकार सम्मेलनको आयोजना गर्दै ४९ बुँदे जलवायु परिवर्तन सम्वन्धी घरपझोङ घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा जलवायु न्यायको मागलाई मुल मुद्धाको रुपमा अघि सारिएको छ ।
मुस्ताङमा सम्पन्न घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३ को घोषणपत्रको हाम्रा साझा दष्टिकोणतर्फ जलवायु संकटलाई विकासका रुपमा स्वीकार गर्ने,जलवायु न्यायको मागलाई मुल मुद्धा बनाउने,हिमालको संरक्षणलाई विश्वव्यापी प्राथमिकता बनाउन माग गर्ने, । विपद् जोखिम न्यूनिकरण तथा जलवायु उत्थानशीलता बुँदामा जलवायु जोखिमको पहिचान र नक्साङ्कन गर्नुपर्ने,जलवायु जोखिम न्यूनिकरण गर्न पूर्व सूचना र पूर्वकार्यमा जोड दिईनु पर्ने, जलवायु उत्थानशीलता पूर्वाधार निर्माणमा जोड दिनुपर्ने र जोखिममा आधारित भू—उपयोग र सुरक्षित बस्ती विकासमा जोड दिईनु पर्ने उल्लेख छ ।
घोषणपत्रको जलवायु अनुकुलन र प्रकृति संरक्षण कार्यमा जलश्रोत संरक्षण र जलसुरक्षाको सुनिश्चितता गर्ने, जलवायु अनुकुलन कृषि तथा पशुपालन र जीविकोपार्जन, जैविक विविधता र पारिस्थितिक प्रणाली र दिगो पर्यटनतर्फ जोड दिईएको छ ।
जलवायु वित्त र स्रोत परिचालनतर्फ स्थानीय तहमा जलवायु वित्तको प्रत्यक्ष पहँुच,अनुदानमुखि जलवायु वित्त,स्थानीय जलवायु कोष र जलवायु बजेटको पारदर्शिता लगायतका बिषय घोषणापत्रमा समेटिएका छन् । यस्तै, हानी तथा क्षति,विस्थापन र जलवायुजन्य बसाईसराई अन्तर्गत हानी तथा नोक्सानीको मान्यता, जलवायुजन्य विस्थापन र हिमाली समुदायको अस्तित्व संरक्षणमा जोड दिईएको छ ।
समावेशी र स्थानीय नेतृत्वको जलवायु शासनतर्फ महिला तथा सीमान्तकृत समुदायको नेतृत्व विकास, स्थानीय ज्ञानको सम्मान र युवाको सहभागिता गर्ने रहेका छन् । ज्ञान,बिज्ञान,प्रविधि र सहकार्यमा स्थानीय जलवायु सूचना प्रणाली,अनुसन्धान र प्रमाणमा आधारित नीति र ज्ञान साझेदारी गर्नुपर्ने घोषणापत्रमा जनाईएको छ ।
जलवायु घोषणापत्र जारी गर्दै अध्यक्ष लालचनले हरित तथा उत्थानशील अर्थतन्त्रमा हरित रोजगारी र उद्यम,नवीकरणीय उर्जा र निजी क्षेत्रको सहभागिता हुनुपर्ने जनाईएको छ । जलवायु परिवर्तनको असरसंग जुध्न संघ ,प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै बहुस्तरीय जलवायु शासन,स्थानीय तहको संस्थागत क्षमता र राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चमा स्थानीय तहको आवाज बुलन्द गरिनुपर्ने उल्लेख छ । नेपाल सरकार तथा अन्तराष्ट्रिय समुदायसमक्ष विशेष आहवान गर्दै हिमाली क्षेत्रको जलवायु संकटको वैज्ञानिक अध्ययन तथा अनुसन्धान,हिमनदी तथा हिमतालको निगरानी र पूर्वसूचना प्रणाली विस्तार गर्न पर्याप्त अन्तराष्ट्रिय तथा राष्ट्रिय लगानी गर्नुपर्ने घरपझोङ जलवायु घोषणापत्रमा जनाईएको छ ।
नेपालका स्थानीय तहलाई जलवायु अनुकुलन तथा विपद जोखिम न्यूनिकरणका लागि प्रत्यक्ष,पर्याप्त,पूर्वानूमानयोग्य र अनुदानमुखी जलवायु वित्तमा पहुँच सुनिश्चत गरिनुपर्ने ,जलवायु परिवर्तनबाट भएको तथा भविष्यमा हुने हानि तथा क्षति सम्वोधनका लागि सम्वन्धीत अन्तराष्ट्रिय संयन्त्रहरुलाई स्थानीय तह र स्थानीय समुदायसम्म प्रभावकारी रुपमा पु¥याउने, हिमाली तथा पर्वतीय मुलुकहरुको साझा साझा आवाजलाई अन्तराष्ट्रिय जलवायु वार्तामा थप प्रभावकारी रुपमा प्रस्तुत गर्ने नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरिनुपर्ने जारी घोषणापत्रमा जनाईएको छ ।
यसैगरी हिमालहरुको निरन्तर निगरानी गर्ने प्रणाली तत्काल निर्माण एवंम् लागु गर्नुपर्ने,स्थानीय सरकार र प्रभावित समुदायलाई जलवायु वित्तमा प्रत्यक्ष तथा प्रभावकारी पहुँच सुनिश्चित गर्न आवश्यक प्रक्रिया र मापदण्ड सरल र सहज बनाईनुपर्ने, जलवायु परिवर्तनबाट सबैभन्दा प्रभावित समुदायको अनुभव,आवश्यकता र अधिकारलाई अन्तराष्ट्रिय जलवायु वित्त तथा नीति निर्माणको केन्द्रमा राखिनुपर्ने , जलवायु परिवर्तनका कारण सिर्जित विस्थापन,बसाईसराई तथा गैर—आर्थिक हानि सम्वोधन गर्न विशेष अन्तराष्ट्रिय सहयोग र संयन्त्र विकास गरिनुपर्ने, तथ्यमा आधारित विपद जोखिम आँकलन एवंम् विपद् जोखिम नक्साङ्कन गरी अति जोखिमयुक्त क्षेत्रमा नेपाल सरकारले मध्यमयुक्त क्षेत्रमा प्रदेश सरकार र कम जोखिमयुक्त क्षेत्रमा स्थानीय सरकारले कार्य गर्ने गरी आवश्यक कानुनी एवं अन्य आवश्यक व्यवस्था गरी जिम्मेवारी र स्रोत साधन बाँडफाँड गर्नुपर्ने घोषणापत्रमा समेटिएको छ ।
घोषणापत्रमा स्थानीय तथा आदिवासी ज्ञान,प्राकृतिपूजक संस्कृति,प्रकृति संरक्षण र समुदाय र समुदायको अधिकारलाई जलवायु समाधानको अभिन्न आधारका रुपमा मान्यता दिईनुपर्ने,संघीय सरकारले स्थानीय तहको आवश्यकता र जोखिमको प्रकृति अनुसार जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापन सम्वन्धी प्राविधिक जनशक्ति उपलब्ध वा व्यवस्थापन गर्न पहल बढाईनुपर्नेछ ।
मुस्ताङको कालिगण्डकी नदी र अन्य सहायक खोलाहरुमा प्राकतिक स्रोत थुप्रिदा तटीय क्षेत्र जोखिममा परेकाले नदी उत्खनन् सम्वन्धी कानुन संशोधन गरी आवश्यक कानुन निर्माण गर्नुपर्ने लगायतका ४९ बुँदे घरपझोङ जलवायु परिवर्तन सम्मेलनबाट घरपझोङ घोषणापत्र जारी भएको हो ।
यसअघि मुस्ताङको घरपझोङ गाउँपालिकाले सहभागी स्थानीय तहलाई पत्रचार गरी भदौ १५ गतेसम्म सम्वन्धीत स्थानीय तहमा जलवायुले पारेको असर र न्यूनिकरण लगायतका विषयमा घोषणापत्रका लागि सुझाव संकलन गरेको थियो । सोही आधारमा तयार पारिएको घोषणापत्र मस्यौदालाई सम्मेलनको दोश्रो तथा अन्तिमदिन स्थानीय तहको सुझाव सहित पारित गरिएको थियो । सम्मेलनमा सात प्रदेशका ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधिहरुले सहभागी जनाएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली