मुस्ताङ,३१ भदौ ।
करिव एक वर्ष अघिको घरपझोङ गाउँपालिकाको जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने सपना अन्ततः साकार भएको छ । गतवर्षको भदौ अन्तिममा आयोजना गर्ने भनिएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन युवाहरुको जेनजी आन्दोलनका कारण स्थगित हुन पुगेको थियो । घरपझोङले फेरी दोस्रो पटक थालेको सम्मेलन आयोजना गर्ने प्रयास विस २०८३ को भदौ ३० गतेको सहभागीले मूर्त रुप पाएको छ ।
जलवायु परिवर्तनको मुद्धालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्मै पुरानो लक्ष्यसहित यहाँको घरपझोङ गाउँपालिकाले संघीय मामिला मन्त्रालयको समन्वयमा एक महिनाअघि ७५३ वटै स्थानीय तहलाई लिखित पत्रचार गरेको थियो । तैपनी सम्मेलन हुने नहुँने आशंका कायमै थियो । यद्यपी घरपझोङ गाउँपालिकाले आफ्नो प्रयासलाई निरन्तर अघि बढायो । भदौ २० गतेसम्म कति स्थानीय तहले सहभागी जनाउँछन भन्ने टुंगो लागिसकेको थिएन । जब सम्मेलनको मिति नजिकिंदै आयो तब धमाधम स्थानीय तहहरुले सहभागीता जनाउने खबर पठाए । सम्मेलन हुने दुईदिन बाँकी रहँदा चार सय २१ स्थानीय तह र ३६ जिससहरुले मुस्ताङ आउने सुनिश्चिता दिलाए । त्यसपछि जलवायु सम्मेलनले औपचारिकता पायो ।
मुस्ताङमा घरपझोङ परिवर्तन सम्मेलनमा आउने स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थितीले घरपझोङका सय भन्दा बढी होटल भरिए । गाउँपालिकाले दुईदिनका लागि दुई जनाको खाने र बस्ने सम्पूर्ण व्यवस्था मिलाई सकेको थियो । तर ,लक्ष्य भन्दा बढीको सहभागी भएपछि होटल व्यवस्थापनमा गाउँपालिकालाई हम्मेहम्मे भयो । तर, गाउँपालिकाले यसको सम्पूर्ण व्यवस्थापनमा अतिथिहरुलाई राख्ने सुविधा दिलायो ।
यो सम्मेलन जलवायु संकटका मुद्धा उठान गर्ने प्लेटफार्म मात्रै थिएन, यसले मुस्ताङमा एकैसाथ सात प्रदेशका सयौ स्थानीय तहका जनप्रतिनिधिहरुलाई एउँटै मञ्चमा उता¥यो । सम्मेलनमा आउनेहरुले मुक्तिनाथको दर्शन गरे । कतिपयले मुस्ताङको स्याउ बगैचा र यहाँको भौगोलिक सुन्दरतामा रम्ने अवसर समेत पाए ।
सम्मेलनको पहिलोदिन चरणवद्ध रुपमा विभिन्न कार्यक्रम तय गरिएका थिए । सम्मेलनको पहिलोदिन मंगलबार बिहानैदेखि घरपझोङ गाउँपालिकामा स्थानीय तहका जनप्रतिनिधिहरु र अन्य जुट्दै थिए । स्थानीयहरुरु पनि झाँकी र बाजागाजाको तयारी गर्दै थिए । गाउँलेहरु पनि स्वागत र प्रभातफेरीमा उपस्थित हुन गाउँपालिका कार्यालय अगाडी भेला भईसकेका थिए । बिहान ८ बजे झाँकीसहितको प्रभातफरी सुरु भई सम्मेलन स्थल जोमसोम कभर्ड हलमा पुग्ने कार्यक्रम थियो । स्थानीय तहका जनप्रतिनिधि जुट्न ढिला भएका कारण बिहान एक घण्टा ढिला गरी मात्रै गाउँपालिका कार्यालयबाट ब्यानरसहितको प्रभातफेरी जोमसोम कभर्ड हलतर्फ अघि बढ्यो ।
सम्मेलन स्थलमा पुगेपछि बिहान दश बजेपछि मुस्ताङको जोमसोम कभर्ड हलमा औपचारिक रुपमा घरपझोङ जलवायु परिवर्तन सम्मेलनको उद्घाटन सुरु भयो । सम्मेलनलाई घरपझोङ गाउँपालिका उपाध्यक्ष जमुना थकालीले स्वागत भाषण गरे लगत्तै सम्मेलनका प्रमुख अतिथि संघीय कृषि,वन तथा पर्यावरणमन्त्री माननीय गीता चौधरीले सम्मेलनको विधिवत समुद्घाटन गर्नुभयो ।
सम्मेलनको उद्घाटनपछि प्रधानमन्त्री वालेन्द्र शाह ९वालेन०को घरपझोङ जलवायु सम्मेलन २०८३ को शुभकामना सन्देश प्रमुख प्रशासकीय अधिकृत भिमकुमार बस्नेतले पढेर सुनाउँनुभयो । प्रधानमन्त्री शाहको सन्देशमा जलवायु परिवर्तनबाट हुने असर न्यूनिकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । जलवायु मुद्धालाई संयुक्त राष्ट्रसंघको ८१ औ महासभामा स्पष्ट पार्ने बताउँनुभयो ।
सम्मेलनको उद्घाटन गर्दै कृषि,वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु न्यायका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको घरपझोङ जलवायु सम्मेलन समय सान्दर्भिक भएको भन्दै प्रशंसा गर्नुभयो । मन्त्री चौधरीले जलवायु चुनौतिहरुको सामाना गर्न संघ,प्रदेश र स्थानीय तहको समन्वय र सहकार्य आवश्यक रहेको औल्याउनु भयो । विश्वकै चिन्ता र चासोको बिषय बनेको जलवायु परिवर्तनले हिमाल,पहाड र तराईका क्षेत्रमा प्राकृति विपत्तीको जोखिम बढेको मन्त्री चौधरीको भनाई छ । जलवायु न्यायका लागि कार्वन उत्र्सजन कम गर्ने मुुलुकहरुलाई स्रोत,प्रविधि,ज्ञान र क्षमतासहितको पर्याप्त स्रोत उपलब्ध गराईनुपर्नेमा जोड दिनुभयो
सम्मेलनमा प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली लगायत विभिन्न प्रदेश तथा जिल्ला तहका स्थानीय तहका दर्जन बढी जनप्रतिनिधीहरुले आफ्ना धारणा राख्नुभयो ।।
सम्मेलनको समुद्घाटनपछि दिउँसो दुई बजेपछि प्राविधिक सत्र सुरु भएको थियो । सहसचिव हरिप्रसाद शर्मा,प्रा।डा। विनोद दवाडी,माननीय कृष्णचन्द्र देवकोटा र सहसचिव प्रसाद गणेश भट्टले जलवायु परिवर्तनले पारेको असर सम्वन्धी विषयगत प्रस्तुतीकरण गरिएको थियो ।
त्यसपछि समुहगत/सत्र छलफल सुरु गरियो । अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल ९प्यानल सत्र छलफल०को लक्ष्मीदेवी पाण्डे, अरुण कुमार सुवेदी, डा। रविन कडरिया,डा। अर्जुन भट्ट र गोपाल हमाल लगायतले जलवायु समुहगत छलफल चलाईएको थियो । यसैगरी कृष्णमान डंगोल,वाङ छेदर लामा र गोविन्द बहादुर शाहीले पनि समुहगत सत्रमा भाग लिएका थिए ।
पहिलोदिनको घरपझोङ जलवायु परिवर्तन सम्मेलनपछि आज बृक्षारोपण तथा प्रस्तुतीकरण तथा प्रश्नोउत्तरसहितको कार्यक्रम सकिएपछि मुस्ताङबाट घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३ को साँझा घोषणापत्र जारी गरिने कार्यतालिका रहेको प्रमुख प्रशासकीय अधिकृत भिमकुमार बस्नेतले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता