मुस्ताङ,१,असोज
कृषि,वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आज बिहिबार मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रको अवलोकन भ्रमण गर्नुभएको छ । मुस्ताङमा आयोजित घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३ को समुद्घाटन कार्यक्रममा आउनु भएका मन्त्री चौधरीले विस २०२३ सालमा स्थापना भएको शीतोष्ण बागवानी विकास केन्द्रको अवलोकन गर्नुभएको हो ।
केन्द्र प्रमुख प्रकाश पन्थ लगायत मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित चार वटै सुरक्षा निकायका प्रमुख एवं केन्द्रका कर्मचारीहरुले मन्त्री चौधरीलाई स्वागत गर्नुभएको थियो ।मन्त्री चौधरी केन्द्र फार्म अवलोकनका लागि बिहान आठ बजे पुग्नुभएको थियो । केन्द्रको अवलोकन गरी बागवानी केन्द्रमा भईरहेका कृषि उत्पादन तथा प्रशारण सम्वन्धी जानकारी लिएर मन्त्री चौधरी बिहान एघार बजे काठमान्डौ प्रस्थान गर्नुभएको केन्द्रका प्रमुख प्रकाश पन्थले जानकारी दिनुभयो ।
पचास वर्ष पुरानो शीतोष्ण बागवानी विकास मार्फा केन्द्र फार्ममा पहिलो पटक मन्त्रीस्तरीय भ्रमण भएको केन्द्र प्रमुख पन्थको भनाई छ । मन्त्री चौधरीको केन्द्र फार्म अवलोकन तथा निरीक्षणमा कार्यालय प्रमुख पन्थले केन्द्रमा भईरहेका गतिविधि,कार्यक्रम ,समस्या र चुनौति लगायत बिषयमा जानकारी गराउनुभयो । मन्त्री चौधरीले फार्म अवलोकनका क्रममा केन्द्र परिसरमा स्याउ लगायतका शीतोष्ण फलफूल तथा तरकारी र कृषि प्रशोधन उत्पादन लगायतको प्रर्दशनी स्टलहरुको अवलोकन गर्नुभएको थियो ।
मन्त्री चौधरीको केन्द्र फार्म भ्रमणका क्रममा कार्यालय पन्थले मुस्ताङको घमीमा स्याटलाईट कृषि फार्म,फलफूल मदिराको अन्तशुल्क बेरुजु समस्या,बायो टेक्नोलोजिस्ट स्थायी दरबन्दीको व्यवस्था र मुस्ताङको घमीमा स्याटलाईट कृषि फार्म स्थापनाका लागि परियोजनाको रुपमा लैजानु पर्ने लगायतका बिषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।
केन्द्र फार्म भ्रमणका क्रममा मन्त्री चौधरीले फलफूल मदिरा अन्तशुल्कमा रहेको बेरुजु समस्या ,हाईब्रिड स्याउ विरुवा उत्पादनका लागि टिस्यु कल्चर बायोटेक्नोलोजिस्ट स्थायी दरबन्द थप गर्ने बिषयमा पहल गरिने बताउँनुभयो । मन्त्री चौधरीले मुस्ताङको घमीलाई टुक्रे बजेटले स्याटलाईट फार्म स्थापना गर्न धेरै समय लाग्ने भएकाले परियोजनाको रुपमा विकास गर्न छलफल अघि बढाईने बताउँनुभयो ।
मुस्ताङको मार्फामा स्थापना भएको पचास वर्ष पुरानो शीतोष्ण बागवानी विकास केन्द्रले मुस्ताङका किसानहरुलाई त्यससमयदेखि फलफूल तथा तरकारी खेती र प्रविधि प्रशारण सम्वन्धी ज्ञानसीप हस्तान्तरण गर्दैआईरहेको छ । केन्द्रका चारवटा ब्लकको करिव नौ सय रोपनी क्षेत्रफलमा फलफूल तथा तरकारी र अन्य कृषि बालीहरुको उत्पादन,अनुसन्धान,अन्वेषण र क्षमता विकासमा योगदान पु¥याउँदै आईरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली