जोमसोम—बाढीपहिरो र नदी कटानले दुई महिनादेखि अवरुद्ध बनेको ( मुस्ताङ —डोल्पा) सडक खोल्न पहल सुरु भएको छ ।वारागुङ मुक्तिक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङको पहलमा डिभिजन सडक कार्यालय बाग्लुङ अन्र्तगत( मुस्ताङ—डोल्पा) अवरुद्ध सडक खोल्न पहल भएको हो ।
२ महिना अघि असारको दोश्रो हप्ता सीमावर्ती गाउँ साङ्तादेखि करिव ५ सय मिटर पश्चिमको ढोन्डोकलुम्ब ठाँडो खोलामा आएको बाढीपहिरो र नदी कटानले करिव ५ सय मिटर सडक ध्वंस्त बनेको थियो । बाढीले सडक खोतल्दै करिव ५ मिटर गहिराईमा गल्छी बनेको थियो । वारागुङ—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले दुई महिनादेखि अवरुद्ध बनेको सडक खोल्न बिहिबार देखि उपकरण प्रयोग भएको बताए । वडाध्यक्ष गुरुङले तत्कालका लागि बाढीले अवरुद्ध ढोन्डोकलुम्ब खोलाको सडकमा ढुंगा र गेग्रान माटो फिलिङ गरेर सडक पून ः संञ्चालनमा ल्याएको बताए । ‘बाढीले क्षतिग्रष्त सडक मर्मत भएको छ,अब साङ्ता गाउँदेखि डोल्पातर्फको सुकसम्बसम्म मोटर पुग्ने भएको छ ,’वडाध्यक्ष गुरुङले भने, त्यहाँबाट मुस्ताङ—डोल्पा सीमाना सम्म पुग्न सुकसम्बमा पुल बनेको छैन, पुल बनेको भए सिधै सिमानासम्म पुग्न सकिन्थ्यो ।’ वडाध्यक्ष गुरुङले हिउँदमा सुकसम्ब खोलाको सतह घटेपछि मात्रै सीमावर्ती याकखर्कसम्म मोटर लैजान सकिने उल्लेख गरे । अहिले त्यहाँ पुल नहुँदा सुकसम्बबाट पैदल हिडेर सीमाक्षेत्र याकखर्क पुग्न करिव २ घण्टा समय लाग्ने गरेको वडाध्यक्ष गुरुङले खुलाए ।
यसअघि मुस्ताङ—डोल्पा सडक अवरुद्ध हुँदा उपल्लो डोल्पाका स्थानीय नागरिकलाई मुस्ताङ आएर मालसमान ढुवानी गर्न र मुस्ताङ—डोल्पा आउजाउ गर्न असहज भएको थियो । उपल्लो डोल्पाका नागरिकलाई सदरमुकाम दुनै भन्दा मुस्ताङको जोमसोमबाट मालसामान ढुवानी गर्न छोटो र सहज हुने गर्छ । त्यसो त उपल्लो डोल्पाबाट भेडाच्यांग्रा र याकचौरी बिक्रीका लागि उपल्लो डोल्पाका ब्यापारी तथा पशुपालकले मुस्ताङ ल्याउने गर्छन ।
हिमाली जिल्ला मुस्ताङ र हिमाली जिल्ला डोल्पालाई सडक कनेक्टिभिटीले जोड्न २०७५÷०७६ सालदेखि झन्डै आधा दर्जन प्याकेजमा ठेक्का सम्झौता भई सडक निर्माणको काम सुरु भएको थियो । गतवर्ष मुस्ताङ र उपल्लो डोल्पाको सिमानामा पर्ने साङ्ता गाउँदेखि सुकसम्बदेखि माथि अग्लो कडा च्ट्टान काटेर नयाँ ट्याक खुलाईएको थियो । गतवर्ष सुकसम्बबाट २० किलोमिटर नयाँ सडक ट्याक खोलेर मुस्ताङ—डोल्पा सीमावर्ती क्षेत्र याकखर्क सम्म पू¥याएको थियो । उता डोल्पाको छार्काताङसिङ गाउँपालिकाले पनि आफ्नो क्षेत्रमा सडक विस्तार गरी सीमाक्षेत्र याकखर्क सम्म ल्याई पू¥याएको थियो ।
मुस्ताङ को जोमसोमदेखि उपल्लो डोल्पाको छार्काताङसिङ गाउँपालिकाको याकखर्क सम्मको दुरी करिव ६० किमी टाढा छ । मुस्ताङ—डोल्पा रणनीतिक महत्वको सडकलाई संघीय आयोजना अन्र्तगत डिभिजन सडक कार्यालय बाग्लुलले चरणवद्ध रुपमा सडक निर्माणको काम गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता