जोमसोम—मुस्ताङका प्रहरी प्रमुख एवं डिएसपी भोजराज पाण्डेयले बुधबार मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा घण्टी दान गरेका छ ।मुस्ताङमा कार्यरत रहँदा विभिन्न तालिम तथा सेमिनारमा उपस्थित हुँदा प्राप्त गरेको भक्ता रकम संकलन गरेर डिएसपी पाण्डेयले मुक्तिनाथ मन्दिरलाई एक थान घण्टी दान गरेका हुन् ।
मुस्ताङका डिएसपी पाण्डेलले आफ्ना स्वर्गीय पिता दिनानाथ पाण्डेयको स्मृतिमा मुक्तिनाथ मन्दिरमा घण्टी चढाएका हुन् । २०८० साल भदौ २५ गतेबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङमा प्रहरी प्रमुखको पदमा रहेर कार्यसम्पादन गर्दैआईरहेका डिएसपी पाण्डेयले मुक्तिनाथ मन्दिर परिसरमा क्रंकिट पिल्लरसहित निर्माण गरेर घण्टी स्थापना गरेका हुन् ।
‘मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ ,कागबेनी र दामोदरकुण्ड लगायतका महत्वपूर्ण धार्मिक सम्पदा भएको स्थानमा प्रहरी प्रमुख भएर कार्यसम्पादन गर्ने मौका पाउँनु मेरो लागि गौरवको कुरा हो, मैले यहाँ आउँदानै मुक्तिनाथमा घण्टी दान गर्ने बाचा गरेको थिए,’डिएसपी पाण्डेयले भने,‘ मुस्ताङबाट सरुवा भएर जानेदिन नजिकिदै छ ,त्यसअघि आज यो धार्मिक तपोभूमी मन्दिर परिसरमा मैलै स्वर्गीय पिताको नाममा घण्टी चढाउने सौभाग्य प्राप्त गरे ।’
मुस्ताङका डिएसपी पाण्डेयले घण्टी चढाउने अवसर प्राप्त गर्न कार्यालय तथा निकाय र पिल्लर निर्माणमा सहयोग गर्नेहरु प्रति धन्यवाद व्यक्त गरेका छन् । मुक्तिनाथ मन्दिरमा स्नान तथा दर्शन गर्नाले मुक्ति पाईने धार्मिक जनविश्वास छ । मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले मोक्ष प्राप्त गर्नका लागि नगद तथा जिन्सी सामाग्री दान गर्ने गर्छन् ।
मुस्ताङमा प्रहरी सेवाको कार्यअवधिमा झन्डै ३ सय ५५ दिनसम्म डिएसपी पाण्डेले समग्र शान्ति सुरक्षा,अपराध अनुसन्धान तथा न्यूनिकरण ,सुशासन प्रर्वद्धन,विपद् जोखिम न्यूनिकरण तथा उद्दार,सामाजिक सचेतना लगायतका कार्यहरुमा उत्कृष्ट कार्यसम्पादन गरिसकेका छन् । झन्डै एक वर्ष कार्यअवधिमा डिएसपी पाण्डेयमा केही प्रशंसनीय सुधार र कार्यहरु भएका छन् । पर्यटकहरु अभिलेखिकरण,प्रहरी बिटको स्थापना,न्याय सम्पादनका लागि सहजीकरण र जिल्लाको ट्राफिक व्यवस्थापन लगायतका थुपै रचनात्मक कार्य भएका छन् । प्रहरी प्रमुख पाण्डेय मुस्ताङका प्रहरी प्रमुखबाट भाद्र १५ गते सरुवा हुने तरखरमा छन् । बिदाईको उत्तरार्धमा प्रहरी प्रमुख पाण्डेले बुधबार मुक्तिनाथमा पुगेर दर्शन गरी आर्शिवाद ग्रहण गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली