मुस्ताङ,४ ,असोज ।
गत भदौ १० गतेको रसुवाको भोटेकोमा आएको विकाशकारी विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर पुगेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्यांक अनुसार चालुवर्षको साउन महिनाको तुलनामा भदौं १० गते मुस्ताङ जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन संख्या घटेको पाईएको हो ।
कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडकमार्ग बाढी पहिरो र नदी कटानले साउन महिनामा दर्जनौ पटक सडक अवरुद्ध हुँदा समेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख रहेपनि रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन संख्या ह्वात्तै घटेको प्रहरीको तथ्यांकले देखाएको छ ।
प्रहरीका अनुसार चालु वर्षको साउन महिनामा भन्दा भदौ महिनामा २९ हजार २७४ जना पर्यटक घटेको देखाउँछ । यो अघिल्लो महिनाको भन्दा भदौ महिनामा (४७.७८) प्रतिशत पर्यटक कम हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङ अन्तर्गत म्याग्दी र मुस्ताङको सीमान प्रहरी चौकी घाँसाको पर्यटक आगमनको विवरण अनुसार चालुवर्षको साउन महिनामा आन्तरिक तीस हजार ६५५ जना,सार्क एकतिस हजार ५७५ जना र अन्य राष्ट्रका एक सय ९३ जना गरी एकसठ्ठी हजार २६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए ।
यसैगरी चालु वर्षको भदौ महिनामा आन्तरिक सोह्र हजार ५०३,सार्क पन्ध्र हजार १३८ र अन्य राष्ट्रका तीन सय ४८ गरी एकतिस हजार ९८९ जना पर्यटक मुस्ताङ आएका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउन महिनाको तुलनामा रसुवा बाढी आएको भदौ महिनामा आन्तरिक चौध हजार १५२ (४६.१६) प्रतिशत र सार्क पर्यटकतर्फ सोह्र हजार ४३७ (५२.०५) प्रतिशत पर्यटक आगमनमा ह्रास आएको हो । तर, आन्तरिक र सार्क राष्ट्रको पर्यटक संख्या घट्दो रहेपछि अन्य राष्ट्रको पर्यटक भने अघिल्लो महिनाको तुलनामा बढेको पाईएको छ । अघिल्लो साउन महिनामा एक सय ९३ जना अन्य मुलुकका पर्यटक मुस्ताङ आएकामा भदौ महिनामा भने थप एक सय ५५ जना वृद्धि हुँदै तीन सय ४८ जना अन्य राष्ट्रका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो ।
मुस्ताङमा चालु वर्षको साउन र भदौ महिनामा गरी त्रियानब्बे हजार २५२ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको । प्रहरी निरीक्षक बस्यालका अनुसार साउन र भदौ महिनामा आन्तरिक सतचालिस हजार १५८,सार्क छयालिस हजार ७१३ र अन्य राष्ट्रका चार सय ४१ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।
प्रहरी निरीक्षक बस्यालले भदौ १० गतेको रसुवा बाढी घटनाका कारण सबै नेपाली जनता शोकमा परेका कारण मुस्ताङमा पर्यटक कम भित्रिएको हुनसक्ने उल्लेख गर्नुभयो । गत आव २०८२÷०८३ को साउन महिनामा उन्नाईस हजार ७८१ र भदौ महिनामा तेईस हजार २०५ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । गत वर्षको साउन र भदौ महिनाको तुलनामा चालुवर्षको साउन र भदौं महिनामा पर्यटकका संख्या वृद्धि भएको भएपनि चालु वर्षको साउन महिनाको तुलनामा भदौ महिनामा पर्यटक आगमन घटेको प्रहरीको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली