समिटको जहाज जोमसोममा बाँस

जोमसोम ।

अक्सर पोखरा—जोमसोम हवाई मार्गमा उडान भर्ने निजी वायु सेवा कम्पनीका साना टुईनेटर जहाजहरु पोखरा विमानस्थलबाट यात्रु  चढाएर जोमसोम विमानस्थलमा अवतरण हुन्छन् । त्यसपछि ति जहाजहरु पून ः पोखरा विमानस्थलमै फर्किन्छन् । यहाँ मुक्तिनाथ दर्शन गर्न आउने पर्यटकहरु बढी हुने भएकाले अघिल्लो दिनका यात्रु लैजाने र पोखराबाट मुस्ताङ आउने यात्रुलाई हवाई सेवा संञ्चालन गर्ने गरिएको छ ।

 पोखराबाट जोमसोम उडान भरेका जहाजहरु यहाँ यात्रु ओसार ÷पोसार गरेपनि यहाँ उडान भर्ने गरेका जहाजहरु एक राँत पनि स्टे गर्दैनन् । यदी कथम्कदाचित यहाँ जहाज स्टे गर्न परेमा  यहाँको प्रतिकुल मौसम, प्राविधिक समस्या र कम्पनीको मार्केटिङ समस्याका कारण जोमसोम विमानस्थलमै स्टे गर्नुपर्ने बाध्यता रहन्छ ।तर, यस्तो समस्या एकदमै कम हुने गर्छ ।

आईतबार समिट एयरलाईन्सको जहाजले पोखराबाट जोमसोमका लागि दुई वटा उडान भ¥यो । तर, यहाँ दोस्रो पटक उडान भरेको समिटको जहाजको यहाँको रनवेमा टायर पन्चर हुन पुगेपछि यही रोकिन पुगेको समिट एयरलाईन्सका जोमसोम स्टेशन प्रमुख सुमन थकालीले जानकारी दिनुभयो । पोखराबाट प्राविधिक झिकाएर जहाजको टायर पन्चरको समस्या समाधान गर्ने कार्य भईरहेको छ । रनवेमा ‘जहाजको टायर पन्चर भएको हो, यो कुनै ठुलो समस्या होईन,’ स्टेशन प्रमुख थकालीले भन्नुभयो,‘ प्राविधिकहरुले पन्चर भएको टायरको प्राविधिक काम गर्नुभएको छ, साँझ पनि परिसक्यो, भोली बिहान यहाँको जहाज यात्रु लिएर पून : पोखरा फर्किन्छ ।’

जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार समिट एयरलाईन्सको जहाज आज यही स्टे हुने जानकारी दिनुभयो । जहाजको टायरमा केही सानो समस्या देखिएकाले त्यसको मर्मतकार्य भईरहेको उहाँको भनाई छ । ‘यो जहाजको ईन्जिनको नभई बाहिरको सानो समस्या हो,’ कार्यालय प्रमुख पोखरेलले भन्नुभयो, यहाँ स्टे भएको जहाजले भोली फेरी यात्रु ओसार÷पोसार गर्नेछ ।’

 मुस्ताङमा १२ बजेपछि हावाहुरी चल्ने भएकाले पोखरा—जोमसोम हवाई सेवा विहान मात्रै संञ्चालन हुन्छ । यहाँ उत्तरी हावाहुरी चल्ने भएकाले प्रायगरी बिहान १२ बजे अगावै पोखरा—जोमसोम हवाई उडान सम्पन्न गर्नुपर्ने हुन्छ । प्रतिकुल मौसमका कारण पनि यहाँ आईपुगेका जहाजहरु पोखरा फर्किन नसक्ने अवस्था पनि हुने गरेको कार्यालय प्रमुख पोखरेलको भनाई छ ।

मुस्ताङमा निजी वायु सेवा कम्पनी अन्तर्गत समिट एयरलाईन्स र तारा एयरलाईन्सको टुईनेटर जहाजले नियमित हवाई सेवा संञ्चालन गर्दैआईरहेका छन् । तर, नेपाल वायु सेवा कम्पनीको जोमसोममा टिकट बुकिङ काउन्टर रहेपनि यहाँ लामो समयदेखि नेपाल वायु सेवा कम्पनीको सेवा संञ्चालन हुन सकिरहेको छैन ।



प्रतिक्रिया