मुस्ताङमा चाडपर्व लक्षित सहुलियत छुट पसल संञ्चालन

मुस्ताङ, ११, असोज

मुस्ताङमा चाडपर्व लक्षित सहुलियत छुट पसल संञ्चालनमा ल्याईएको छ । यहाँको जोमसोम स्थित  खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखाले दसै,तिहार र छठ पर्व लक्षित गरी  उपभोक्तालाई सहुलियत दररेटमा चामल बिक्री वितरण गर्न सुरु गरेको हो ।

यहाँका उपभोक्ता तथा स्थानीय नागरिकहरुलाई चाडपर्व लक्षित गरी ३० भदौदेखि १० कार्तिक सम्म संञ्चालन हुने गरी खाद्य शाखाले सहुलियत दरभाउमा चामल बिक्री गर्न सुरु गरिएको निमित्त कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

निमित्त प्रमुख भण्डारीका अनुसार यहाँका खाद्य शाखाले दसै,तिहार र छठपर्व अवधिमा सहुलियत छुट व्यवस्था गरेर  तीन सय क्वी क्वीन्टल खाद्यान्न चामल बिक्री वितरण गर्ने लक्ष्य रहेको जनाइएको छ ।

यहाँका खाद्य शाखा गोदाममा पाँच सय ५० क्वीन्टल चामल रहेको बताउँनुभयो । खाद्य शाखाले साविकको अरुवा  सोना मन्सुली प्रतिचामल २५ केजीको एक हजार ६०० बाट १२५ रुपैयाँ छुट सहुलियत उपलब्ध गराई एक हजार ४७५ रुपैयामा बिक्री वितरण गरेको छ ।

 साविकको २५ केजी स्टिम जिरा मसिनो चामलको दुई हजार २२५ रुपैया पर्नेमा १२५ रुपैया छुट सहुलियतमा दुई हजार १०० रुपैयामा बिक्री गरेको छ । यसैगरी एफआरके स्टिम जिरा मसिनो चामल २५ केजीको दुई हजार २२५ रुपैया मुल्य पर्नेमा १२५ रुपैया छुट गरी दुई हजार १०० रपैयामा बिक्री वितरण गरेको निमित्त प्रमुख भण्डारीले उल्लेख गर्नुभयो ।

यहाँको जोमसोम स्थित खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले लामो समयदेखि निरन्तर खाद्यान्न तथा  दसै तिहार जस्ता चाडपर्वहरुमा यहाँको भेडाच्यांग्रा खरिद गर्ने गरेको शाखाका निमित्त प्रमुख भण्डारीले उल्लेख गर्नुभयो । शाखाले निकट भविष्यमा  यहाँ उत्पादन हुने आलु र स्याउ खरिदका लागि संम्भाव्यता अध्ययन भईरहेको उहाँको भनाई छ ।


प्रतिक्रिया