मुक्तिनाथका पर्यटन व्यवसायी कर्माछिरिङ गुरुङद्वरा रसुवा बाढीपीडितलाई दुई लाख सहयोग

मुस्ताङ, १७, भदौ । 

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीका कारण समस्यामा परेका बाढीपीडितहरुको उद्दार तथा राहतमा सहयोग पु¥याउने उद्देश्यले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ पुराङका पयैटन व्यवसायी कर्माछिरिङ गुरुङले दुई लाख रुपैया सहयोग गर्नुभएको छ ।

 प्राकृतिक विपद्को दुःखद घडीमा राष्ट्रिय शोक र संकट परेको बेला मानवीय सहयोग गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै पर्यटन व्यवसाय गुरुङ र उहाँको परिवारले आफ्नो मुक्तिनाथ स्थित होडल बब मार्लीका तर्फबाट एक लाख रुपैया र  द फेस रिसोर्टका तर्फबाट एक लाख गरी दुई लाख रुपैया बुधबार माछापुच्छ«े बैंक र प्रभु बैंक मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार तथा राहत कोषमा जम्मा गरेको जनप्रिय युवाक्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिनुभयो ।

 जनप्रिय युवाक्लवका संस्थापक अध्यक्ष समेत रहेका गुरुङको मुक्तिनाथमा दुई वटा पर्यटक लक्षित होटल सञ्चालनमा छन् ।पर्यटन व्यवसायका साथै सामाजिक कार्यहरुमा निकै सक्रिय रहनु भएका पर्यटन व्यवसायी कर्माछिरिङ गुरुङ मुक्तिनाथका पुराना युवा पर्यटन व्यवसायी हुनुहुन्छ ।



प्रतिक्रिया