जोमसोम ।
गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा सडक छिटोछिरितो रुपमा स्तरोन्नति गरी सडक संञ्चालनमा ल्याउन संघीय र प्रादेशिक सरोकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ । अन्तर जिल्ला एक आपसमा सिमाक्षेत्र जोडिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबिच मंगलबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कार्यालयमा भएको अन्तर जिल्ला अन्तरपालिका स्तरीय समन्वयात्मक बैठकमा यस्तो निर्णय गरिएको हो ।
मुस्ताङ र डोल्पाको सडक कनेक्टिभिटी जोड्ने गरी सडक डिभिजन कार्यालय बाग्लुङ मार्फत मुस्ताङतर्फ यहाँको वारागुङ मुक्तिक्षेत्रको पाक्लिङदेखि साङ्ता गाउँ हुँदै छुकसम्वसम्म सडक संञ्जाल पु¥याईएको छ । उता डोल्पाको छार्का ताङसोङ गाउँपालिकाले आफ्नै पालिकाको डोजर लगायतका उपकरणहरु प्रयोग गरी ठासाङ लाप्चे सेर्मसम्म सडकको पहुँच जोडिसकेको छ ।
मुस्ताङ र डोल्पा सडकको ट्याक एकआपसमा जोडिएको भएपनि ठासाङ लाप्चे सेर्मदेखि मुस्ताङतर्फको छुकसम्बसम्मको सडक असहज र निकैनै जोखिमपूर्ण रहेकाले तत्काल छिटोभन्दा छिटो उक्त स्थानको सडक स्तरोन्नति गर्नुपर्नेमा दुबै पालिकाले जोड दिएका छन् । यहाँको दुई जिल्ला जोड्ने मुस्ताङ —डोल्पा रणनीतिक महत्वको सडक यथास्थितीमा रहँदा उपल्लो डोल्पाका बासिन्दाहरुलाई निकै समस्या चुनौतिहरु देखा परेको अन्तर जिल्ला अन्तरपालिका स्तरीय बैठकमा छार्का ताङसोङ गाउँपालिकाले दुखेसो व्यक्त गरेका छन् ।
यता संघीय सरकार योजना अन्तर्गतको मुस्ताङ —डोल्पा सडक २०७६ सालदेखि सुरु गरिएको भएपनि सडक स्तरोन्नतिले हालसम्म पनि पूर्णता नपाउँदा मालवस्तु ढुवानी,पर्यटन, कृषि लगायत र उपल्लो डोल्पाका नागरिकहरुलाई मुस्ताङ आउजाउमा समस्या परेको हो । उपल्लो डोल्पाका नागरिकहरुलाई निर्माण सामाग्री तथा मालवस्तु ढुवानी गर्दा डोल्पा सदरमुकाम दुनै भन्दा मुस्ताङबाट लैजादै ४० प्रतिशत भन्दा बढी कम ढुवानी लाग्ने गरेको छार्का ताङसोङ गाउँपालिका उपाध्यक्ष कर्म ढुण्डुप गुरुङले उल्लेख गर्नुभयो । उपाध्यक्ष गुरुङले मुस्ताङ—डोल्पा सडक यहाँको मात्रै नभई उपल्लो डोल्पाका नागरिकहरुका लागि महत्वपूर्ण लाईफलाईन भएकाले यथाश्रिघ सडक स्तरोन्नति गरी सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको औल्याउँनुभयो ।
यता, मुस्ताङ—डोल्पा अधुरो रहेको बाँकी ५ किलोमिटर सडकलाई यथाश्रिघ स्तरोन्नति गरी संञ्चालनमा ल्याउनका लागि दुबै पालिकाले कार्यदल बनाएर संयुक्त डेलिगेशन मार्फत संघीय र प्रादेशिक सरकारको ध्यानाकर्षण गराउने सहमति भएको वारागुङका अध्यक्ष रिङजीन नामगेल गुरुङले उल्लेख गर्नुभयो । सरकारले यहाँको सडकमा करोडौं लगानी गरेको छ, अब यहाँको सडक सहज हुन केही किलोमिटर मात्रै बाँकी रहेको छ,’अध्यक्ष गुरुङले भन्नुभयो,‘ अहिले हात्ती छि¥र्यो ,पुच्छर अड्कियो भने जस्तो भाको छ, अब यसलाई छिटो छरितो रुपमा सम्पन्न गर्नुपर्ने हामी दुबै गाउँ पालिकाको माग छ ।’
सडक डिभिजन कार्यालय बाग्लुङका ईन्जिनीयर सागर भण्डारीले चालु आर्थिक वर्ष मुस्ताङ—डोल्पा सडकको मुख्य काम र नयाँ ट्याक खोल्नका लागि चालिस लाख रुपैया बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिकाबिच भएको अन्तर जिल्ला अन्तरपालिका स्तरीय समन्यात्मक बैठकले मुस्ताङ—डोल्पा सडकलाई पहिलो प्राथमिकतामा राखेर चार बुँदे सहमति गरेको वारागुङ मुक्तिक्षेत्रका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार छार्का ताङसोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबिच भएको समन्वयात्मक बैठकमा डोल्पाबाट मुस्ताङ निकासी हुने याक नाक र भेडाच्याङ्ग्रा लगायतको खोप कार्यक्रम र पशु निरोगिताको जाँच गर्नुपर्नेमा सहमति भएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली