जोमसोम ।
गएको ३१ भदौंमा यहाँको नेपाल—चीन उत्तरी कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आएसंगै राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक हुँदै सयौं मालबाहक कन्टेनर र विद्युतीय सवारी साधनको लस्करले यहाँको सडक रौनकता बढाईएको दिएको छ । यहाँको कोरला नाका पूर्ण रुपमा संञ्चालनमा आएसंगै उपल्लो मुस्ताङ, कोरलानाका र सदरमुकाम जोमसोम आसपासका सडकमार्गमा ब्यापारिक रौनकता थपिएको हो ।
यहाँ पूर्ण रुपमाा संञ्चालनमा आएको नेपाल—चीन उत्तरी कोरलानाकाबाट हालसम्म करिव नौ सय बढी विद्युतीय सवारी भित्रिसकेका छन् । यसगरी चिनबाट आयात गरिएका तीन सय ५० भन्दा बढी मालबाहक कन्टेनर पनि न्हेचुङ स्थित मुस्ताङ भन्सार कार्यालयबाट जाँसपाँस भई गन्तब्यमा प्रस्थान गरिसकेका छन् ।
कोरलानाका हुँदै नेपाल भित्रिएका विद्युती सवारी साधनलाई मुख्य समस्या चार्जिङ हो । यही समस्या समाधान गर्न उपल्लो मुस्ताङको चराङमा चार्जिङ स्टेशन संञ्चालन गरिएको छ । मुस्ताङको जोमसोममा पनि दुई वटा चार्जिङ स्टेशन संञ्चालनमा छन् ।तर, यहाँ एक पटक ठुलो संख्यामा विद्युतीय सवारी साधन भन्सार जाँचपास भई सम्वन्धि बिक्रेता कम्पनीको शोरुमा लैजाने भएपनि विद्युतीय सवारी चार्जिङको समयमा पार्किङ कहाँ गर्ने भन्ने मुख्य समस्या रहन्छ ।
तर, मुस्ताङको घरपझोङ—४ जोमसोम स्थित गाउँपालिका कार्यालय नजिकै रहेको यहाँको मुस्ताङ भन्सार कार्यालयको आफ्नै जग्गामा पार्किङको सुविधा हुँदा चिनबाट आयात गरिएका विद्युतीय सवारीलाई भने पार्किङ गरेर राख्नमा निकै ठुलो सहयोग मिलेको व्यवसायीहरु बताउँछन् ।
यहाँको मुस्ताङ भन्सार कार्यालयका लागि जोमसोमका दुई स्थानमा कार्यालयको आफ्नै जग्गा रहेको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । यहाँ जोमसोम बजारको मुख्य सडक नजिकै ७ रोपनी र जिल्ला प्रशासन कार्यालय नजिकै २ रोपनी जग्गा भन्सार कार्यालयको नाममा रहेको कार्यालय प्रमुख खड्काले बताउँनुभयो । कोरलानाकालाई ब्यापारिक मार्गको रुपमा विस्तार गर्ने गरी केही वर्षअघि भन्सार विभागले यहाँको जोमसोममा रहेको ७ रोपनी जग्गालाई सम्याएर वरिपरी तारबारसहित सुरक्षित पार्किङ गर्ने व्यवस्था मिलाएको थियो ।
अहिले जोमसोममा विद्युतीय सवारी चार्जिङका लागि पालो पर्खिएर बसेका विद्युतीय सवारी साधनलाई भन्सारकै आफ्नै जग्गामा निःशुल्क पार्किङ गर्न पाउँने व्यवस्था गरिएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । यहाँको जोमसोम स्थित भन्सारको जग्गामा दिनहु सयौं विद्युतीय सवारी साधन चार्जिङ गर्नका लागि पार्किङ गर्न राखिने गरिएको छ ।
बिरगञ्ज स्थित डीवाईडी कम्पनीका प्रतिनिधि अब्दुल आलम अन्सारीले जोमसोममा भन्सारको पार्किङ स्थल रहेकाले चार्जिङ गर्ने कार्यमा विद्युतीय सवारीलाई व्यवस्थापन गर्न निकै ठुलो सहयोग मिलेको बताउँनुभयो । प्रतिनिधि अन्सारीले चिनबाट आयात गरिएका करिव डेढ सय विद्युतीय सवारी भन्सारको जोमसोम पार्किङ स्थलमा राखिएको उल्लेख गर्नुभयो ।
यसैगरी मुस्ताङ भन्सार कार्यालयका लागि लोमान्थाङको न्हेचुङमा १३ रोपनी जग्गा उपलब्ध छ । कोरलानाकामा एकिकृत भन्सार, सुख्खा बन्दरगाह र सुरक्षा पोष्ट लगायतका पूर्वाधार निर्माण गर्न केही वर्षअघि एक हजार रोपनी जग्गा भन्सार कार्यालयको नाममा जग्गा उपलब्ध भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता