यहाँ स्थित माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—४ किम्लिङमा हिउँ चितुवाले आक्रमण गर्दा नौ च्यांग्रा क्षति भएको छ । नौ भेडा च्यांग्रा घाईते भएको छ ।
स्थानीय मिङमर गुरुङको च्यांग्रा खोर भित्र मंगलबार बिहान करिव एक बजेको समय हिउँ चितुवा पसेर च्यांग्रा बथान माथि आक्रमण गर्दा पाँच वर्ष उमेरको भाले च्यांग्रा सात वटा र एक वर्ष उमेरको पाठा च्यांग्रा २ वटा गरी नौ वटा च्यांग्रा मरेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।
यसगरी हिउँ चितुवाले पाँच वर्ष उमेरको भाले च्यांग्रा पाँच वटा र पाँच वर्षको भाले भेडा चार वटा गरी नौ वटा भेडा च्यांग्रा क्षति बनाएको कार्यालय प्रमुख पौडेलले बताउँनुभयो ।
लोमान्थाङ—४ किम्लिङ स्थित स्थानीय च्यांग्रा पालक किसान मिङमर गुरुङको च्यांग्रा खोरमा च्यांग्रा र भेडा गरी ७८२ वटा रहेको जनाईएको छ । हिउँ चितुवाले भेडाच्यांग्रामा क्षति पु¥याउँदा स्थानीय च्यांग्रा पलक गुरुङलाई करिव पाँच लाख ४० हजार बराबरको क्षति भएको कार्यालय प्रमुख पौडेलको भनाई छ ।
यसअघि मंसिर र पुस महिनामा मुस्ताङको घरपझोङ—२ मार्फा स्थित शितोष्ण बागवानी विकास फार्म पछाडी रहेको च्यांग्रा खोरमा रातिको समयमा दुई पटक हिउँ चितुवा खोर भित्र पसेर करिव तीन दर्जन बढी भेडा च्यांग्रा क्षति भएको थियो ।
पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा मानव र हिमचितुवाको द्धन्द बढ्दै जान थालेको छ । हिउँ चितुवाले स्थानीय पशुपालकहरुको गोठ खोर भित्र पसेका आक्रमण गर्ने र उच्चलेंकको चरनक्षेत्रम पशुचौपाया क्षति बनाउने घटनाहरु बढ्दै जान थालेको छ । हिउँ चितुवाको जोखिमका कारण पशुपालक व्यवसायनै संकटमा पर्न थालेको पीडित च्यांग्रा पालक मिङमर गुरुङले बताउँनुभयो ।
यसैगरी जलवायु परिवर्तनको असरका कारण उच्चलेंकमा घाँसको अभाव हुँदा हिउँ चितुवाको आहारा प्रजाती बेसी झर्ने गरेकाले त्यसलाई पछ्याउँदै हिउँ चितुवा बस्ती नजिक आउने गरेको पाईएको छ । पछिल्लो केही वर्ष यता हिउँ चितुवा मुख्य राजमार्ग सडक र बस्ती नजिक देखा पर्न थालेको छ ।
मुस्ताङमा हिउँ चितुवाले स्थानीय किसाले पालेका याकचौरी,भेडाच्यांग्रा र घोडाहरु माथि आक्रमण गरेर क्षति तुल्याउने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता