माथिल्लो मुस्ताङीलाई नाकाको ब्यापारले रोक्यो

अघिल्लो वर्षसम्म यतिबेलाको समय माथिल्लो मुस्ताङ लगभग मानवविहिन अवस्थामा हुन्थ्यो ।हिउँदयामको कार्तिक महिना अगावै माथिल्लो मुस्ताङका अधिकाँश नागरिक जाँडो छल्न र घुम्ती ब्यापार व्यवसाय चलाउन बेसीमा झर्दथे ।

माथिल्लो मुस्ताङका अधिकाँश नागरिकहरु हिउँदयाममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेसी झर्ने परम्परा सदिंयौ वर्षदेखि चल्दैआईरहेको छ । नेपाल—चीन सीमावर्ती लोमान्थाङ र लोघेकर दामोदरकुुण्ड गाउँपालिकाका अधिकाँश नागरिकहरु  बर्खे अन्नबाली घरमा भ्यिाएपछि बेसी झथ्र्ये । अत्यधिक चिसो सिरेटो चल्ने,हिमपातको जोखिमका साथै माथिल्लो मुस्ताङको दैनिक जनजिवन निकै कष्टकर हुन्थ्यो । अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङमा खानेपानीका धारा,शौचालयको सेफ्टी ट्याङकी र सिंचाई कुलो समेत बरफ बनेर जम्छ । 

यसरी हिउँदयाममा अत्यधिक चिसो र हिमपातले जनजिवन कष्ठकर हुँने र हिउँदयाममा कुनै काम पनि गर्न नसकिने भएकाले त्यहाँका नागरिकहरु बाध्य भएर बेसीमा झर्ने प्रचलन रहँदै आईरहेको थियो ।

यसैगरी माथिल्लो मुस्ताङका सबै शैक्षिक संस्थाहरु पनि जाडो छल्न र घुम्ती कक्षा संञ्चालन गर्न कार्तिक अगावै बेसी झर्छन । यसपालि पनि माथिल्लो मुस्ताङका सबै शैक्षिक संस्था बेसीमा झरिसकेका छन् । अत्यधिक चिसोका कारण विद्यार्थीहरु विद्यालयमा उपस्थित हुन नसक्ने, चिसोका कारण विद्यार्थीहरुलाई रुघाखोकी र निमोनिया हुने जस्ता समस्या देखिने र त्यहाँका बिद्यार्थीका अभिभावकहरु पनि बेसी झर्ने गर्दा विद्यालयहरु बेसी झार्ने गरिएको छ ।

 अत्यधिक चिसो र हिमपातको जोखिम टार्न माथिल्लो मुस्ताङका अधिकाँश नागरिकहरु घरमा ताल्चा मारेर बेसी झर्दथे । गाउँमा केही ज्येष्ठ नागरिकहरु र याकचौरी र भेडाच्यांग्रा रेखदेख गर्ने गोठाला बाहेक सबै मुस्ताङीहरु यो समय पुरै पोखरा÷काठमान्डौं लगायतका स्थानमा झथ्र्ये । केही नागरिकहरु सुईटरको ब्यापारका लागि भारतका विभिन्न सहरसम्म पुग्थे । यसैगरी कार्तिक अगावै जाडो छल्न बेसी झरेका माथिल्लो मुस्ताङीहरु चैत÷बैशाख महिनामा मात्रै साविक स्थानमा फर्किन्थे ।

तर, अहिले र यतिखेर माथिल्लो मुस्ताङको अवस्था निकै फेरिएको छ । सदिंयौ वर्षदेखि बेसी झर्ने परम्परा रहेको माथिल्लो मुस्ताङको ऐतिहाँसिक प्रचलनमा परिवर्तनको उभार आउन थालेको छ । यहाँको नेपाल—चीन उत्तरी कोरलानाका कोभिड अघि अल्पकालिन अन्तरदेशीय ब्यापार मेलाको रुपमा बर्सेनि अस।र र भदौ महिनामा सीमित समयका चल्थ्यो । कोभिडपछि वि.स. २०८० कार्तिक २७ गते यहाँको कोरलानाका माथिल्लो मुस्ताङीका लागि बाह्रै महिना चीनले खुल्ला गरिदियो । तर, नाका आशिंक रुपमा खुल्ला भएपनि माथिल्लो मुस्ताङीले राम्ररी ब्यापार व्यवसाय चलाउन अझै सकिरहेको अवस्था थिएन ।तैपनी नाकामा केही नागरिकहरुले त्रिपाल टाँटेर व्यापार चलाएका थिए ।

जब यहाँको कोरलानाका गत ३० भदौमा पूर्ण रुपमा संञ्चालनमा आयो तब माथिल्लो मुस्ताङीका लागि बैकल्पिक रोजगारी ढोका खुल्न पुग्यो । बाढी पहिरोले तातोपानी नाका र रसुवागढी नाका अवरुद्ध भएपछि कोरलानाकामा नेपाल—चीन ब्यापारको मार्ग पुर्ण रुपमा खुल्ला भयो । यहाँको नाकाबाट हालसम्म मुस्ताङ भन्सार कार्यालयले झन्डै चार अर्व रुपैयाको राजश्व योगदान गरिसकेको छ ।

कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आएसंगै माथिल्लो मुस्ताङका धेरैजसो नागरिकहरुले कोरलानाकाबाट ब्यापार व्यवसायका साथै अस्थायी बैकल्पिक राजगारी पाएका लोमान्थाङ—२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिनुभयो । गतवर्षसम्म माथिल्लो मुस्ताङका ९० प्रतिशत नागरिकहरु यतिबेला जाडो छल्न बेसी झरिसक्नेमा यसवर्ष आशिंक नागरिक मात्रै बेसीमा झरेको वडाध्यक्ष गुरुङको भनाई छ । कोरलानाकाको नेपाल—चीन दसगजा क्षेत्रमा माथिल्लो मुस्ताङी करिव तीन दर्जन बढीले त्रिपालको टहरा निर्माण गरी ब्यापार व्यवसाय चलाएर बसेको वडाध्यक्ष गुरुङले खुलाउँनुभयो ।

 कोरलानाकामा ब्यापार गर्ने, कोरला स्थित चिनको हाटबजारमा ब्यापार गर्न बस्ने, नेपाल—चीन आयात÷निर्यातका मालवस्तुहरु लोड अनलोड गर्ने र चाईनाबाट पैठारी गरिएका बिद्युतीय कार(ईभी) चिनिया भन्सारबाट नेपाली भन्सार सम्म ल्याउनका लागि स्थानीय युवाहरुले राम्रो रोजगारी प्राप्त गरेको वडाध्यक्ष गुरुङको भनाई छ । कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आएपछि माथिल्लो मुस्ताङका युवायुवतीहरुले दैनिक पाँच हजारदेखि दश हजार रुपैयासम्म आम्दानी गर्ने गरेका वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङले कोरलानाकाको भित्र र बाहिर सबै गरी झन्डै पाँच सय भन्दा बढी व्यक्तिलाई रोजगारी प्राप्त गरेका बताउँनुभयो ।

यहाँको नेपाल—चीन कोरलानाकामा ब्यापारिक तथा पर्यटकीय चहलपहल बढेपछि माथिल्लो मुस्ताङका दुई तिहाँई नागरिक साविककै स्थानमा रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताउँनुभयो । कोरलानाकामा ब्यापारिक चहलपहलको मार्ग खुलेसंगै माथिल्लो मुस्ताङीहरु यथास्थानमै बसेर रमाईरहेको बताउँनुभयो । गतवर्ष योबेलासम्म ८० प्रतिशत नागरिक जाडो छल्न बेसी झर्ने गरेकोमा यसवर्षमा नाकाको ब्यापारले गर्दा ३० प्रतिशत मात्रै नागरिक जाडो छल्न बेसी झरेका अध्यक्ष बिष्टको भनाई छ । उहाँका अनुसार लोमान्थाङ गाउँपालिकाबाट ३० प्रतिशत र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट ५० प्रतिशत नागरिक जाडो छल्न र घुम्ती ब्यापारका लागि बेसी झरेका अध्यक्ष बिष्टको भनाई छ ।

 यसैगरी कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आएपछि जोमसोम—कोरला सडकमार्गमा संञ्चालनमा रहेका होटलहरु यथाअवस्थामा खुलेका छने भने लोमान्थाङ बजारका पुरै होटलहरु संञ्चालनमा रहेका एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।‘ केही घरहरुमा ताल्चा मारेर बेसी झरेका छन्, अधिकाँश होटलहरु र केही घरहरुमा मानिसहरु बसेका छन्,’ कार्यालय प्रमुख पौडेलले भन्नुभयो,‘ कोरलानाका बन्द भएमात्रै यहाँका नागरिक झर्ने वाला छन्, नत्र यही बसेर ब्यापार चलाएर बस्ने मनस्थितीमा छन् ।’

कार्यालय प्रमुख पौडेल उपल्लो मुस्ताङमा हिउँ

दयामसंगै चिसो अत्यधिक बढेका कारण दैनिक जनजिवनमा समेत प्रतिकुल असर पारेको बताउँनुभयो । ‘बिहान बेलुकी माईनस २० डिग्रीसम्म पुग्छ,कुलो,धारा र सेफ्टी ट्याङ्की जम्छ,’कार्यालय प्रमुख पौडेलले भने दिउँसो घाम लाग्दा हिडडुल गर्न सकिने भएपनि बिहान र बेलुकी बाहिर निस्कन सक्ने अवस्था हुँदैन ।’

यस्तै, नेपाल—चीन कोरलानाकामा मालवस्ती ढुवानीका लागि झन्डै तीन सय बढी कन्टेनर लोड अनलोडको पर्खाईमा बसेको मुस्ताङ भन्सारका कार्यालय प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो । चिनिया भन्सार,कोरलानाका र मुस्ताङ भन्सार कार्यालयमा मालवस्तु ढुवानीका साधन पैठारी र भन्सार जाँचपासको लागि लाईनबद्ध रहेको भन्सार प्रमुख पौडेलले सुनाउँनुभयो ।


प्रतिक्रिया