नेपालको विद्युतीय अवस्था र जनअपेक्षा

“उज्यालो नेपालको संवाहक”को रुपमा रहेको नेपाल विद्युत प्राधिकरण (ने.वि.प्रा.)ले देशभरी विद्युत उत्पादन, प्रसारण र वितरणको कार्य गर्दै आइरहेको छ । विद्युत सेवालाई चुस्त, दुरुस्त, सुरक्षित र नियमित बनाउनु ने.वि.प्रा.को मुख्य कार्य हो । सोही अनुरुप सेवालाई सुधार गर्दै लगिरहेको पाईएको छ । विगतका दिनहरुमा भएको विद्युत अभावको समस्या हटेपछि अब ने.वि.प्रा.को उद्धेश्य भनेको नै विद्युत सेवाको भरपर्दोपन, सुरक्षितता र गुणस्तरमा सुधार ल्याउनु हो । उद्धेश्य प्राप्तिका निम्ति लाग्दा लाग्दै पनि विभिन्न कठिनाईहरु, प्राविधिक समस्याहरु लगायतका कारणले विगत भन्दा विद्युत सेवामा सुधार भए पनि अझै सुधार गर्नुपर्ने देखिन्छ । तथापि, चाहे जस्तो सेवा नपाएको जनगुनासो समेत रहेको पाईएको छ ।

देश कै विद्युत प्रणाली क्ष्लतभचअयललभअतभम बलम च्बमष्ब िभएकोले देशको जुन सुकै स्थानमा समस्या आउँंदा पनि देश भरि वा आफ्नो क्षेत्र भित्रमा असर गर्ने गर्छ । जस्तैः 

कुनै एक स्थानको हकमा हेर्ने हो भने तल उल्लिखित समस्याहरु आउँंदा विद्युत सेवा अवरुद्ध हुने गर्दछ ।

१) देशको जुन सुकै स्थानमा रहेको २२०÷१३२ के.भि. प्रसारण लाइन, विद्युत गृह वा सवस्टेशनहरुमा समस्या आई अथवा माग र आपुर्तिबिच असन्तुलन भई क्थकतझ ऋयििबउकभरँबष्रित्चष्उ भएमा ।

२) नजिकको २२०÷१३२ के.भि. सवस्टेशन वा प्रसारण लाइनमा समस्या आएमा ।

३) ३३÷११ के.भि. सवस्टेशन हुने वितरण केन्द्रको हकमा ३३ के.भि. सप्लाई आउने लाइनमा वा सवस्टेशनमा समस्या आएमा ।

४) सम्बन्धित स्थानहरुमा विद्युत सप्लाई गर्ने जुनसुकै लाइनमा वा सवस्टेशनमा समस्या आएमा ।

५) वितरण केन्द्र मातहतको ३३÷११÷०.४ के.भि. लाइनमा समस्या आएमा ः लाइनमा समस्या आउनु भनेको विद्युतीय संरचनाहरुमा रहेका कुनै पनि सामान÷वस्तु÷उपकरणहरु बिग्रनु वा क्षति हुनु हो जस्तैः तार चुडिनु, डिक्स, पिन, स्याकल जस्ता इन्सुलेटरहरु फुट्नु वा लिकेज हुनु, जम्पर फुत्किनु, तार पिनबाट छुटेर च्यानलमा पर्नु, स्टे वायर चुडिनु, पोल ढल्नु, रुख हाँगा भाचिएर तार पोलमा पर्नु, तार पोलमा जनावर तथा पंक्षीहरु बसि समस्या ल्याउनुु आदी । विद्युतीय संरचनाको कारण एउटा फिडरको अन्त्यमा समस्या आएमा सो फिडर पुरै बन्द गर्नु पर्ने हुन्छ । मर्मत सम्भार गरी लाइन सुचारु गर्नु पर्दा समस्या पत्ता लगाई हल गर्ने बेलासम्म पटक पटक लाइन काट्नु पर्ने भएकोले ।

६) सम्बन्धित वितरण ट्रान्सफर्मरहरुमा समस्या आएमा, ट्रान्सफर्मरहरु बदली तथा अपग्रेड गर्नु परेमा

७) आफ्नो क्षेत्रमा÷घर वरिपरि आउने वितरण लाइनमा समस्या आएमा ।

८) पछिल्लो समयमा सडक विस्तारका कार्यहरु बढ्ने र सो कार्यका लागि सडक छेउका पोलहरु सार्नु पर्दा लाइन बन्द गर्नुपर्ने भएकोले ।

९) बर्षायाममा पानी पर्दा लाइन तथा मेसिन÷उपकरणहरुमा चट्याङ्ग पर्दा लाइन अवरुद्ध हुने गर्दछ (विशेष गरी पहाडि जिल्लामा) ।

१०) बर्षाको समयमा हावाहुरीका कारण रुख÷हाँगा भाचिएर संरचनाहरु (पोल÷लाइन आदी) माथि पर्नाले वा तारमा छुनाले ।

११) बर्षाको समयमा बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण विद्युतीय संरचनाहरुमा क्षति पुर्याउनाले ।

१२) कहिलेकाही सवारी साधनहरुले विद्युतीय संरचनामा ठक्कर दिंदा संरचना भाचिने तथा तारहरु चुडिने भएकोले ।

१३) मानिसहरुले अन्जान बस रुख÷हाँंगा, घाँस काट्दा तार÷पोल माथि पारिदिनाले पोल भाचिने तथा तारहरु चुडिने भएकोले (संरचनामा ठुलो क्षति नगरेपनि रुख÷हाँगा लाग्दा सवस्टेशनबाट लाइन ट्रिप हुने प्रणाली मिलाईएको हुन्छ, जसको कारण एक जनाको सानो गल्तीले गर्दा सम्बन्धित फिडरबाट सप्लाई हुने सम्पुर्ण क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुन पुग्दछ ।) ।

१४) विद्युत गृह, सवस्टेशन, प्रसारण लाइन, वितरण लाइन लगायतका अन्य संरचनाहरु वा उपकरणहरुमा आपतकालिन तथा नियमित मर्मत संभार, चेकजाँच, संरचना अपगे्रड, बदलीका लागि लाइन बन्द गर्नुपर्ने भएकोले ।

१५) आवश्यक भन्दा कम सवस्टेशनहरु÷वितरण ट्रान्सफर्मरहरु भएका कारण प्रसारण तथा वितरण लाइनहरुको दुरी लामो हुनाले समस्या आउन सक्ने सम्भावना बढी हुन्छ ।

१६) सम्बन्धित उपभोक्ताहरुको घरमा जाने सर्भिस केवलमा (स्थानिय भाषामा कालो तार) समस्या आएमा सो घरको मात्र बत्ती जान्छ ।

१७) सुरक्षाका लागि राखिएका ट्रान्सफर्मरहरुका एम.सि.सि.बि.हरु ट्रिप हुने, फ्युजहरु जाने साथै फिडरको बिच बिचमा राख्ने ब्रान्च फ्युजहरु जाने कारणले गर्दा । फ्युजहरु जाँदा १÷२ वटा मात्र गएमा, १÷२ जम्पर चुडेमा डिम÷हाफ लाइन मात्र आउँछ ।

१८) सर्किट बे्रकर, रिले जस्ता उपकरणहरु पुरानो हुँदै जाँदा ठिक समयमा ठिक काम राम्रोसँग काम नगर्नु साथै मानविय त्रृटिले गर्दा ।

१९) कसैको घरमा वा कतै विद्युतीय लाइन भएको स्थानमा आगो लागेमा, बाढी पहिरो तथा ठुलो आँधि हुरी आएमा विद्युत सप्लाइ भइ राखेपनि सुरक्षालाई मध्य नजर गर्दै लाइन काटिन्छ ।


यसबाट के बुझ्न सकिन्छ भने कुनै एक घरमा बत्ती बल्नको लागि माथिका सबै अवस्थाहरु एकै पटकमा ठिक हुन जरुरी छ । ति सबै अवस्थाहरु एकै पटकमा चुस्त दुरुस्त हुन त्यती सजिलो छैन । तर, लाइन जानको लागि माथिका मध्ये कुनै एक अवस्था सृजना भए पुग्छ । तसर्थ, सजिलै के अनुमान लगाउन सकिन्छ भने विद्युतीय सेवा÷लाइनलाई नियमित बनाउने कार्य त्यति सजिलो छैन ।


यि समस्याहरु प्रत्येक जिल्लाहरुमा हुने गर्दछन । माथिका मध्ये सबै समस्याले सबै ठाँउमा बत्ती जाने होइन, जसमा समस्या आउँछ, त्यसको आफ्नो क्षेत्र कति छ, त्यसमा भर पर्दछ । जस्तैः क्थकतझ ऋयििबउकभरँबष्रित्चष्उ भएमा पुरै देशभरी वा आंशिक रुपमा बत्ती जान्छ । एउटा ३३÷११ के.भी. वितरण फिडरमा समस्या आएमा सो फिडरबाट सप्लाई हुने क्षेत्रहरुमा बत्ती जान्छ । ट्रान्सफर्मरमा समस्या आएमा सम्बन्धित गाँउ÷शहरको मात्र बत्ती जान्छ । यसरी हेर्दा लाइन अवरुद्ध हुने कारणहरु धेरै हुने, अवरुद्ध भएपछि सर्वप्रथम त समस्या पत्ता लगाउन केही समय लाग्ने र समस्या पत्ता लगाईसकेपछि पनि मर्मतमा धेरैे समय खर्चनु पर्ने हुन्छ । समस्या अनेक तरिकाबाट हुने तर समाधानको उपाय एउटै हुनु पनि अर्को समस्या बनेको छ, जुन समस्या समाधान गर्न विद्युत बन्द गर्नै पर्ने हुन्छ । त्यही माथि सिमित स्रोत, साधनहरुको प्रयोगबाट अधिकतम नतिजा निकाल्नुुपर्ने अर्को बाध्यता छ । 


वैज्ञानिक युगमा बदलिदो परिवेशसंगै विद्युतको माग पनि बढ्ने गरेको छ । घरका स–साना कामहरु देखि ठुला ठुला उद्योगहरुमा सिधैं असर गर्ने विद्युत सेवा अझ आजकल त सुचना तथा प्रविधिसँग जोडिएको संसारका लागि अपरिहार्य बनेको छ । मानिसहरु एकछिन बिना मोबाइल, टि.भि., इन्टरनेट लगायतका प्रविधिहरुसँग टाढा रहन नसकेकोले पनि विद्युत मानिसको छाँया जस्तै बनेको छ । तर, हाम्रो विद्युतीय प्रणाली लगायत विभिन्न कारणहरुले जनगुनासो आउनु नौलो कुरा भने होइन । मानिसहरुलाई २४ सै घण्टा बत्ती चाहिने, विद्युत प्राधिकरणलाई काम गर्न विद्युत काट्नु पर्ने भएकोले सुधार भईरहेको भएपनि, विद्युत सेवा जनतामाझ अझै लोकप्रिय बन्न सकेको छैन । हुन त विद्युत सेवाको नियमितता एकै पटक २४ सै घण्टा पुर्याउन सक्ने कुरा त होईन । यो त विस्तारै सुधार हुने कुरा हो । अनुभव तथा तथ्याङ्कका आधारमा पहिला भन्दा विद्युत सेवाको भरपर्दोपन, सुरक्षितता बढिरहेको छ । विडम्बना जनमानसमा एकै चोटी महसुुुस हुने कुरा पनि होइन । उदाहरणका लागि, कुनै बेला दिनको १० पटक जाने बत्ती ८ पटक मात्र गयो भने ग्राहकहरुमा लाइन पुरानै तरिकामा गईरहे कै महशुस हुन्छ । तर, प्राधिकरणलाई कम्तिमा २ पटक भएनि घटाईएको, अब यसरी अगाडी बढ्नु पर्छ भन्ने सोच हुन्छ । सोच अनुसार काम अगाडी बढाउँदा फेरी लाइन बन्द गर्नै पर्ने हुन्छ । यसरी सुधार भईरहेको सेवा पनि बुझाई र मानिसहरुको बढ्दो अपेक्षाका कारण जनमानसमा महशुस गराउन नसकिएको हो । अझ विदेश बसेर आउने उपभोक्ताहरुले विदेशी सेवासँग तुलना गर्नाले पनि सुधारिएको सेवा, सुधारिए झै नदेखिएको हो । 


जिल्ला भरिकै विद्युतीय लाइनहरु एकै ठाँउबाट सप्लाई हुने हुँदा एक ठाँउमा हुने समस्या तथा फरक फरक समस्याका कारण लाइन बन्द गरिरहनु पर्ने वा स्वाचालित रुपमा आफैं जाने हुन्छ । उदाहरणका लागि तपाईसँग एउटा मोवाईल छ जसको आज स्पिकर बिग्रियो भने बनाएर ल्याउनु हुन्छ । भोली स्क्रिन बिग्रन सक्छ, पर्सि अर्को समस्या आउन सक्छ, समस्या आईराख्यो भनेर मोबाईल त फालिदैन नि, बनाएरै चलाईन्छ ।  

विद्युत पनि त्यस्तै हो कहिले लाइन बिग्रिएला, कहिले सवस्टेशनमा, कहिले अरु संरचनामा समस्या आउन सक्छ, समस्या आईसकेपछि लाइन सुचारु गर्न लाइन लगाउंदै चेक गर्दै गर्नु पर्ने हुन्छ र लाइन आउने जाने गर्छ । कहिले कुन, कहिले कुन स्थानहरुमा समस्या आउँछ तर समस्या जहांँ आएपनि एउटै फिडरमा पर्ने ति सबै स्थानहरुको लाइन बन्द हुन्छ । यसरी प्राधिकरणले चाहदा चाहदै पनि उपभोक्ताहरुको माग बमोजिम विद्युत सप्लाई गर्न नसकेको हो । लाइनमा लिकेज हुँदा, तारहरु चुडिदा, अन्य केही समस्या आउँदा कसैलाई करेन्ट नलागोस्, जनधनको क्षति नहोस् भनेर सवस्टेशनमा रहेको ब्गतयmबतष्अ त्चष्उउष्लन क्थकतझ ले समस्या आउने बितिकै सम्बन्धित फिडर वा ठुलो समस्या भएमा सवस्टेशन पुरैको लाइन आफैं स्वतः काटिदिन्छ । समस्या आउँछ एक ठाँउमा, लाइन जान्छ पुरै । अब समस्या कहाँ छ ? भनेर पत्ता लगाउन पनि लाइन दिने काट्ने गर्नै पर्यो, पत्ता लगाईसकेपछि पनि काम गर्न लाइन काट्न नै पर्यो । यसरी विभिन्न कारणले लाइन आउने जाने गर्नु स्वभाविक हो । 


आगामी दिनहरु विद्युत सेवा अझै नियमित बनाउनका लागि सम्पुर्ण उपभोक्ताहरु, सरोकारवालाहरुको सल्लाह, सहयोगको खाँचो रहेको छ । प्राधिकरणका प्राविधिकहरुले दिनरात, घरपरिवार, घामपानि केही नभनी काम गर्नु पर्ने तर केही उपभोक्ताहरु, व्यक्तिहरुबाट कर्मचारी प्रति गरिने व्यवहारले मनोबल नै गिराउने काम पनि भईरहेको छ । मर्मत संभार तथा सुधार कै लागि लाइन काटिने हो, लाइन नकाटिनु भनेको सुधार नहुनु हो र त्यसले भविष्यमा झनै ठुलो असर गरेर विकराल स्थिति ल्याउन सक्छ । सुधार तथा विस्तार गर्दा त लाइन बन्द गर्नै पर्छ तर जनमानसबाट लाइन काटिएको गुनासो आउँछ । यसलाई कम गर्ने प्रयास गर्ने हो, शुन्यमा झार्न सकिदैन । सबैलाई जानकारी नै भएको बिषय हो, कुनै पनि कुरा चाहे वस्तु, उपकरण, प्रणाली, विद्युत होस्, चाहे मानिसहरु नै, कसैको पनि कार्यक्षमता शत प्रतिशत हुदैंन । तर, जनचाहना भने १०० प्रतिशत कार्यक्षमता होस् भन्ने छ । यसको कारण पनि काम गराई अनुसारको श्रेय नमिलेको हो । सबैको सहयोग बिना अगाडी बढ्नमा असहज हुने हुँदा समस्या भए सल्लाह गर्न र हौसला प्रदान गरिदिने सबैको दायित्व हुन आउँछ । विद्युत सेवा छिटो छरितो र सुरक्षित बनाउनमा उपभोक्ताहरुको पनि ठुलो हात हुन्छ । जनमानसबाट निम्न सहयोग भएमा प्राधिकरणको कार्यमा सहजता आउनेछ :

१) कुनै पनि विद्युतीय संरचनाहरुमा समस्या देखेमा, क्षति भएको, पोल ढलेको, तार चुडिएको, ट्रान्सफर्मर, लाइनको फ्युज गएको वा एम.सि.सि.बि. ट्रिप भएको वा पहिलाको अवस्था भन्दा फरक अवस्था देखेमा नजिकको विद्युत कार्यालय÷नोलाइटमा खबर गरिदिने । प्राधिकरणको हट लाइन नम्बर ११५० मा कल गरेर जति नं. प्रदेशमा हो सोही नं. लाई एक्टेन्सन नं. मानेर कल गरेर वा प्राधिकरणको एप वा वेभसाईटमा गएर पनि जानकारी गराउन सकिन्छ ।

२) बत्ती गयो भने पहिला आफ्नो घर मात्र होकि, वरिपरि कति क्षेत्रमा लाइन गएको छ कि बुझ्ने । आफ्नो घरमा मात्र समस्या भए पहिला घर कै मिटर बक्समा भएको एम.सि.बि. चेक गर्ने, ठिक भएमा बल्ल प्राधिकरणमा पुरै बिषयबस्तु सहित खबर गर्ने ।

३) आफ्नो गाँउ÷शहर लगायत अन्य स्थानहरुमा पनि बत्ती आएको छैन भने कि सिस्टम गएको, लाइनमा काम भएको, फिडर ट्रिप भएको हुन सक्छ र यस्तो अवस्थामा धैर्य गरी बस्नु नै राम्रो हुन्छ । ४) सम्बन्धित सबैलाई अनुरोध के छ भने,  लाइन जाने बित्तिकै हतार गरेर फोन नगर्ने, ५÷१० मिनेट प्रतिक्षा गर्ने, सामान्य अवस्थामा लाइन ट्रिप भएमा सो समय भित्र आईहाल्छ, नआएको खण्डमा पनि आपतकालिन बाहेक सोध्न कै लागि कम फोन गर्दा नै ठिक हुन्छ । उपभोक्ताहरुले फोन गरेर लाइन चाँडो आउने भन्ने पनि होइन । लाइन गएपछि एकै पटक सयौ व्यक्तिले फोन गर्ने गर्दा, फोन व्यस्त हुने र कामको लागि सम्पर्क गर्न ढिला हुन जान्छ । 

५) लाइन काट्नु रहर हैन बाध्यता हो । सकेसम्म लाइन चाँडो चलाउनमा प्राधिकरण आफैंलाई हतार हुन्छ । लाइन चाँडो आउनु प्राधिकरणको राजश्व÷आय, सेवा, गुणस्तर र प्रतिष्ठासँग जोडिएको बिषय हो । त्यसैले, विद्युत सप्लाई छिटो छरितो गराउने कुरामा कसैले पनि शंका नगरौं । बरु, आ–आफ्नो स्थानबाट सहयोग र सहजिकरण गरौं । 


धेरै कुराहरुको ज्ञान हुँदा हुँदै पनि बजेट अभावमा पनि प्राधिकरणले आफ्नो कार्यहरुलाई अगाडी बढाईरहेको छ । जसले भविश्यमा अझ गुणस्तरिय विद्युत सेवा हुनमा विश्वास गर्न सकिन्छ । जस्तैः 

१) प्राकृतिक प्रकोप तथा मानविय त्रृटिबाट हुने क्षतिबाट बचाउन तारहरुलाई केवलको रुपमा भुमिगत गर्ने ।

२) विभिन्न स्थानहरुमा आवश्यकता अनुसार सवस्टेशनहरु बनाई फिडरहरुको लम्बाई छोट्याउने ।

३) रिङ्ग मेन फिडरहरु बनाउने, जसमा एकातिरबाट बत्ती बिग्रिएमा अर्को तिरबाट ल्याउने व्यवस्था मिलाइएको हुन्छ । (अहिले नेपालमा प्रायः रेडियल फिडरहरु छन्, जसको सप्लाई गर्ने स्रोत एउटै हुने हुँदा फिडर वा लाइनको अन्तिम तिर समस्या आएपनि फिडरको शुरुबाटै सबै क्षेत्रमा लाइन जान्छ । 

४) अटोमेसनमा (स्वचालित काम गर्ने पद्धति) जान मिल्ने बिषयवस्तुलाई अटोमेसनमा लैजाने ।

५) उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा काममा लगाउने ।

६) विद्युत उत्पादनको क्षमतालाई मध्यनजर गर्दै समय मै प्रसारण लाइन तथा सवस्टेशनहरुको निर्माण   गर्ने ।


अन्त्यमा, विकासका लागि विनास भने झैं, सुधारका लागि विद्युतीय लाइन बन्द गर्नै पर्ने हुन्छ । अहिले केही समय बन्द गरेर दिर्घकालिन रुपमा फाईदा हुन्छ भने किन काम नगर्ने ? तर, काम गर्दा लाइन बन्द गर्न पर्ने समस्या फेरी आईहाल्छ । तसर्थ, सधैं एउटै समस्याबाट गुज्रिनुरहनु भन्दा अहिले सुधार गरेर पछि सहजता ल्याउन तिर अगाडि बढ्नु पर्ने आजको आवश्यकता दखिएको छ ।


पुनश्च :

१) फिडर ः सवस्टेशनबाट विभिन्न स्थानहरुमा विद्युत सप्लाई लैजान प्रयोग गरिएको विद्युतको मुख्य लाइन (प्रसारण÷वितरण लाइन) जसलाई हामी बोलीचालिको भाषामा हाईटेन्सन लाइन भन्दछौं ।

१) क्थकतझ ऋयििबउकभरँबष्रित्चष्उ ः राष्ट्रिय प्रशारण लाइन नै बन्द हुनु वा ट्रिप हुनु हो । राष्ट्रिय प्रशारण लाइनमा देशै भरिका विद्युत गृहहरु र ठुला ठुला सवस्टेशनहरु जोडिएका हुन्छ जसका कारण एक ठाँउको विद्युत देशै भरी पुग्दछ । प्राधिकरणमा बुझ्दा सिस्टम गयो भन्ने जवाफ आयो भने देशै भरी वा देशको कुनै भागमा बत्ती छैन भनेर बुझ्नु पर्दछ । सिस्टम गएपछि आउनको लागि १०÷१५ मिनेट भन्दा माथि समय लाग्दछ ।


प्रतिक्रिया