मुस्ताङ,२६ भदौ ।
मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फा गाउँबाट रसुवाको भोटेकोशीमा आएको विकासकारी बाढीबाट पीडित बनेकाहरुको सहयोगका लागि एकमुस्ट पन्ध्र लाख २७ हजार ६१५ रुपैया सहयोग गरिएको छ ।
रसुवा बाढी पीडितहरुको उद्दार ,राहत तथा पुनस्र्थापनाका लागि भन्दै मार्फा गाउँबाट शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्दार तथा राहत कोषमा जम्मा हुने गरी नेपाल बैंक जोमसोम पुथाङ एयरपोर्टबाट उक्त रकम पठाईएको हो ।
बाढी पीडितहरुको सहयोगार्थ मार्फा गाउँ समाजबाट छ लाख ,मार्फा आमा समुहबाट तीन लाख ३ सय र मार्फा गाउँका स्थानीयबाट संकलित छ लाख २७ हजार ३१५ रुपैया गरी एकमुस्ट रकम पन्ध्र लाख २७ हजार ६१५ रुपैया सहयोग पठाईएको स्थानीय दीपक लालचनले जानकारी दिनुभयो ।

उक्त रकम गाउँसमाज प्रतिनिधी ,आमा समुहका प्रतिनिधी र स्थानीय दीपक लालचनले बैंकमा पुगेर सहयोग रकम जम्मा गर्नुभएको थियो ।
यसअघि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ तिरी गाउँ र लोघेकर दामोदरकुण्ड—२ घमीबाट पनि रसुवा बाढी पीडितहरुको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार तथा राहत कोषमा जम्मा गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली