हिमाली जिल्ला मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिका लार्जुङमा दोश्रो पालिका स्तरीय परम्परागत धनुषवाण तथा आर्चरी च्याम्पियनसीप प्रतियोगिता २०८२ शनिबारदेखि सुरु भएको छ । पालिका खेल रहेको धनुषवाण (तारा)को संरक्षण,सम्वद्र्धन तथा पुस्थान्तरण गर्ने उद्देश्यले थासाङ गाउँपालिकाले च्याम्पियनसीप प्रतियोगिता आयोजना गरेको हो ।
थासाङको लार्जुङ स्थित धनुषवाण (तारा) खेल स्टेडियमा आयोजित च्याम्पियनसीप प्रतियोगिताको गाउँपालिका अध्यक्ष प्रदीप गौचनले उद्घाटन गर्नुभयो । हिमाली जिल्ला मुस्ताङको परम्परागत तथा मौलिक संस्कृतिक धरोहरको रुपमा स्थापित धनुषवाण अर्थात तारा खेलको संरक्षण तथा प्रवद्र्धन गर्न गाउँपालिका कटिबद्ध रहेको अध्यक्ष प्रदीप गौचनले बताउँनुभयो । सदिंयौ वर्ष हिमाली क्षेत्रमा शिकार खेल्न प्रयोग गरिने घरेलु हतियार धनुवाण पछिल्लो समय सांस्कृतिक खेलको रुपमा विकास भएको अध्यक्ष गौचनको भनाई छ ।
बर्सेनि हिमाली क्षेत्रका थकाली ,गुरुङ र बिष्ट समुदाय लगायतले परम्परागत धनुषवाण (तारा)खेललाई सांस्कृतिक रुपमा पछ्याउँदै आईरहेका छन् । यसैका कारण थाक सातसय क्षेत्रको पहिचान स्थापित गराउने धनुषवाण खेललाई पालिकाको गौरवको खेलको रुपमा गतवर्षनै घोषणा गरिसकेको अध्यक्ष गौचनको भनाई छ ।
पालिका उपाध्यक्ष सोमल हिराचनले धनुषवाण तथा आर्चरी प्रतियोगित केवल मनोरञ्जनका लागि मात्रै नभई थासाङ गाउँपालिका भित्रका सबै युवाहरुको भाईचार अभिवृद्धि गर्न महत्वपूर्ण हुने बताउँनुभयो । अंग्रजहरुको जिवन्त ईतिहाँसलाई संस्थागत गर्दै यहाँको धर्म,संस्कृति र मौलिकता जोगाउन सबैको सामुहिक सहकार्य आवश्यक रहेको उपाध्यक्ष हिराचनको भनाई छ ।
प्रतियोगिताको औचित्यता दर्शाउँदै वडाध्यक्ष गौतम शेरचनले धनुषवाण (तारा)खेल मुस्ताङको मौलिक कलासंस्कृति र ऐतिहाँसिक धरोहरको रुपमा विशिष्टिकृत पहिचान बोकेको औल्याउनुभयो । परापूर्व कालमा थासाङ क्षेत्रका स्थानीयले धनुषवाण हतियार प्रयोग गरी शिकार खेल्ने गरेको बताउँनुभयो । थकाली तोरन्ल तथा अन्य चाडपर्वहरुमा धनुषवाण खेल नखेली चाडपर्वहरुले पूर्णता नहुने वडाध्यक्ष शेरचनको भनाई छ ।
थासाङको लार्जुङमा आयोजित प्रतियोगितमा पाँच वडाका १५ वटा समुहले भाग लिएका छन् । प्रतियोगितामा थासाङ गाउँपालिका अन्तर्गतका कोवाङ,सौरु,लार्जुङ,नाकुम,नाउरिकोट, खन्ती,टुकुचे,धम्पु, लेते,छयो,घाँसा,देउराली,कुञ्जो,ताक्लुङ र टिटी गाउँका स्थानीय युवाहरुले सहभागिता जनाएको थासाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास परियारले जानकारी दिनुभयो । गाउँपालिकाकै गौरवको खेल दर्ज भईसकेले बर्सेनि यसप्रकारको प्रतियोगिता पालिकाले आयोजना गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत परियारको भनाई छ ।
प्रतियोगिताद्वारा धनुषवाण खेलको जर्गेना गर्ने, खेलाडीहरुको क्षमता विकास गर्ने, अन्तरगाउँका युवाहरुबिचको सम्वन्ध र भाईचारालाई अभिवृद्धि गर्ने उद्देश्य रहेको छ । दुईदिनसम्म चल्ने प्रतियोगितामा धनुषवाणका साथै आधुनिक धनुषवाण (आर्चरी) प्रतियोगिता पनि समावेश गरिएको छ ।
तारा खेलतर्फ प्रत्येक गाउँका ७÷७ जना टोली हुनेछ । एघार डोरमा खेलाईने खेलमा शतप्रतिशत अंक १५४ हुनेछ । यसैगरी आधुनिक तारा (आर्चरी) ५ डोरमा खेलाईने थासाङ गाउँपालिकाले जनाएको छ ।
धनुषवाण (तारा) प्रतियोगिताको च्याम्पियन हुने समुहले नगद एक लाखसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पाउँने छ । दोस्रो हुनेले नगद ७० हजार,तेस्रो हुनेले ३५ हजार र चौथो हुनेले नगद २० हजारसहित शिल्ड, मेडल,ट्रफी र प्रमाणपत्र पाउँने छन् । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाईलाई पनि नगदसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता