उद्दार तथा पुनर्स्थापनामा जिसस मुस्ताङबाट सहयोग गर्ने निर्णय

मुस्ताङ, २२,भदौ ।

रसुवाको भोटेकोशीमा आएका भिषण विनाशकारी बाढीका कारण  प्रभावित परिवारको उद्दार तथा पुनस्र्थापनामा  जिल्ला समन्वय समिति मुस्ताङले सहयोग गर्ने निर्णय गरेको छ।

समन्वय प्रमुख माया गुरुङको अध्यक्षमा सोमबार बसेको बैठकले रसुवा बाढी प्रभावित क्षेत्रको उद्दार तथा पुनस्र्थापनाका लागि जनप्रतिनिधी ,कार्यालयबाट र कर्मचारीबाट सहयोग गर्ने निर्णय भएको हो ।

 गत भाद्र १० गतेको रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ज्यान गुमाउन पुगेका नागरिकहरुको राष्ट्रिय शोक मनाउन क्रममा जिसस मुस्ताङले पीडितहरुको उद्दार तथा पुनस्र्थापनाका लागि आशिंक सहयोग गर्ने निर्णय भएको हो ।

प्रमुख गुरुङका अनुसार बाढी प्रभावित क्षेत्रको उद्दार तथा पुनस्र्थापनाका लागि जिल्ला समन्वय समितिबाट १५ हजार रुपैया र जिसस मुस्ताङका प्रमुख तथा उपप्रमुखसहितको पदाधिकारी तथा सदस्यहरुबाट ५ दिनको सेवासुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्दार तथा राहत कोषमा जम्मा गर्ने गरिएको छ ।

 यसैगरी जिसस मुस्ताङका कर्मचारीहरुको हकमा यसअघि  नेपाल सरकार सचिव स्तरको निणएय बमोजिम हुने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार तथा राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया