https://emustangnews.com/content/epaper/imagentvyepegt.pdf
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिदै जाँदा हिमाली जिल्ला मुस्ताङमा पनि चुवावको आवश्यक तयारीलाई तीब्रता दिईएको छ । जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन कार्यालय र जिल्ला सुरक्षा समिति मुस्ताङले निर्वाचनलाई मुख्य प्राथमिकता राखेर निर्वाचनको तयारी थालिएको हो ।
यसैक्रममा जिल्ला निर्वाचन कार्यालयको आयोजनामा यहाँ स्थित ४० वटै मतदान केन्द्र तथा अस्थायी मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई सोमबार एकदिने अभिमुखिकरण तालिम प्रशिक्षण सुरु गरिएको छ । २१ फागुनमा हुने मतदान कार्यक्रमलाई व्यवस्थित तथा निश्पक्ष,स्वतन्त्र र पारदर्शी तुल्याउने उद्देश्यले यहाँ कार्यरत सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको जिम्मेवारी तोकिएको छ । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम प्रशिक्षण आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख लोकेन्द्र ज्ञवालीले जानकारी दिनभयो ।
मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयको सभाहलमा आयोजित मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई अभिमुखिकरण कार्यक्रमको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ शर्माले निर्वाचनका लागि राज्यले सुम्पिएको कार्यभार राष्ट्र सेवक कर्मचारीहरुले गहन ढंगले पुरा गर्नुपर्नेमा जोड दिनुभयो । प्रजिअ शर्माले लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचन अपरिहार्य रहेकाले निर्वाचनलाई शान्तिपूर्ण रुपमा व्यवस्थित गरी मतदान कार्यक्रमलाई सम्पन्न गर्न शुभ—कामना दिनुभयो ।
यहाँ स्थित मुस्ताङका पाँचै पालिकाका ३९ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल र जिल्ला स्थित राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख बिष्णु पण्डितले सहजीकरण गर्नुहुनेछ । यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मुस्ताङका ४० वटै मतदान केन्द्रमा खटिने सरकारी कार्यालयका कर्मचारीहरुलाई मतदान केन्द्र तोक्ने र मतदान अधिकृत र सहायक मतदान अधिकृतको कार्यभार सार्वजनिक गरिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।
मुस्ताङमा निर्वाचनमा खटिने कर्मचारीलाई संघीय कार्यालय पहिलो,प्रादेशिक कार्यालयलाई दोस्रो र स्थानीय तहका कर्मचारीलाई तेस्रो प्राथमिकतामा राखेर मतदान अधिकृत र सहायक मतदान अधिकृतको कार्यभार तोकिएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङका ३९ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा २१६ जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत खटाईने मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले बताउँनुभयो । यसैगरी निर्वाचनका लागि एक जना मतदान अधिकृत र एक जना सहायक मतदान अधिकृत जगेडा राखिएको उहाँको भनाई छ ।
निर्वाचन आयोगको निर्णय अनुसार ३०० भन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा ६ जना र ३०० भन्दा कम मतदाता रहेको मतदान केन्द्रमा ५ जना कर्मचारी खटाईने भएको छ । यसैगरी एक मात्रै अस्थायी मतदान केन्द्र रहेको जिल्ला कारागार शाखामा मतदान अधिकृत ,सहायक मतदान अधिकृत र एक जना सहायक कर्मचारी खटाईने जनाईएको छ ।
मुस्ताङका ३९ वटा मतदान केन्द्रमा कुल एघार हजार ३२८ जना मतदाता कायम छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा आठ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । एमाले,कांग्रेस,नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपा, उनेपा,मंगोल नेशनल अर्गानाईजेसन र आम जनता पार्टीले उम्मेदवारी दाखिला गराएका छन् ।
मुस्ताङमा मतदान केन्द्रमा खटिने कर्मचारीलाई प्रशिक्षण तथा कार्यविभाजन (को कहाँ परे सूचिसहित - pdf link
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली