मुस्ताङबाट तिहार पर्वका लागि करिव एक हजार भेडाच्यांग्रा निकासी भएका छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार दसैपछिको तिहारका लागि मुस्ताङबाट ८०० र छिमेकी जिल्ला डोल्पाबाट ९० वटा भेडाच्यांग्रा निकासी भएको हो ।
यसअघि दसै पर्वमा मुस्ताङसहित डोल्पा,मुगु,जुम्ला र कोरलानाकाबाट मुस्ताङ भित्रिएका भेडाच्यांग्रा गरी १५ हजार ९१४ भेडाच्यांग्रा बेनी—जोमसोम सडकमार्ग हुँदै बाहिरिएको थियो । दसै पर्व लक्षित बाहिरिएका भेडाच्यांग्राको कुल अनुपातमा तिहार पर्वका लागि (५.५९) मात्रै भेडाच्यांग्रा मुस्ताङबाट निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सक लालमणि अर्यालले जानकारी दिनुभयो ।
दसैं पर्वमा हिमाली क्षेत्रमा पालन गरिएका भेडाच्यांग्राको माग बढी हुने भएकाले यहाँबाट ठुलो संख्यामा भेडाच्यांग्रा निकासी हुने गरेको हो । मुस्ताङ र आसपासका छिमेकी जिल्लाका च्यांग्रा ब्यापारीहरुले पनि यहाँकै मार्ग प्रयोग गरी भेडाच्यांग्रा बजार पु¥याउने गरिएको छ । तर, दसैं जस्तो तिहार पर्वमा भेडाच्यांग्राको खपत निकै कम हुने भएकाले सीमित ब्यापारीहरुले यहाँबाट च्यांग्रा बजार पु¥याउने गरेको भेटेरिनरी चिकित्सक अर्यालको भनाई छ ।
यहाँको घरपझोङ—४ जोमसोमका स्थानीय ब्यापारी पेम्बाछिरिङ रोकायाले च्यांग्रा ५० वटा र च्यालु च्यांग्रा ३० गरी ८० वटा च्यांग्रा तिहारका लागि बजार पु¥याएका छन् । दसैं पर्वमा ३०० च्यांग्रा बिक्रीका लागि पोखरा पु¥याएका ब्यापारी रोकायाले तिहारका लागि एक तिहाई मात्रै च्यांग्रा बेसी झारेका हुन् ।
मुस्ताङबाट खेदाएर बेसी झार्दै गरेका ब्यापारी रोकायले म्याग्दीको तातोपानीबाट ट्रकमा ढुवानी गरी पोखरा पु¥याएका छन् । दसै पर्वमा च्यांग्रा ब्यापार सन्तोषजनक नभएको रोकायाले बताउँनुभयो । दसैं पर्वमा प्रति च्यांग्रामा ५÷६ हजार घाटा परेको भएपनि तिहार पर्वमा केही राहत हुन्छकी भनी तिहारका लागि च्यांग्रा बिक्री गर्न हिडेको बताउँनुभयो ।
तिहारका लागि खरिद गरिएको च्यांग्रा खोरमै ३० हजार परेको र थोरै च्यांग्रा भएकाले सहजै बिक्री हुन्छ भन्ने लागेको ब्यापारी रोकायाले सुनाउँनुभयो । मुस्ताङबाट पोखरा पु¥याउँदा प्रति च्यांग्राको ढुवानी खर्च एक हजार ५०० लाग्ने रोकायाले उल्लेख गर्नुभयो । विगत १२ वर्षदेखि निरन्तर च्यांग्राको ब्यापार गर्दै आईरहेका रोकायाले च्यांग्राको ब्यापारमा जोखिम हुने गरेको बताउँनुभयो ।
यसवर्ष जेनजी आन्दोलनले उत्पन्न परिस्थितीका कारण र च्यांग्रा खाने उपभोक्ता घट्दै गईरहेकाले च्यांग्राको ब्यापारमा ह्रास आएको ब्यापारी रोकायाले जनाउँनुभयो । यसवर्ष विगत वर्षको तुलनामा झन्डै चार हजार बढी च्यांग्रा झरेकाले बजारमा च्यांग्राको प्रतिस्पर्धा हुँदा च्यांग्रा ब्यापारमा घाटा लागेको ब्यापारी रोकायाले उल्लेख गर्नुभयो ।
मुस्ताङका पाँच स्थानीय तहमा ५७ हजार बढी भेडाच्यांग्रा पालन गरिएको छ । जसमध्ये २५ प्रतिशत मात्रै भेडाच्यांग्रा निकासी भएको थियो । हिमाली जिल्लाको चिसो भूगोल र उच्चचरनक्षेत्रमा पालन गरिएका यहाँका भेडाच्यांग्राको मासु स्वादिलो र पोषिलो हुने भएकाले उपभोक्तामा भेडाच्यांग्राको मासु रुचाउँने गर्छन । हिमाली क्षेत्रको उच्चलेंकको चरनक्षेत्रमा वन्य जटिबुटीहरु सेवन गर्ने भएकाले भेडाच्यांग्राको मासु सर्वाधिक रुचाईने गरिएको हो ।
दसैं र तिहार लगायतका चाडपर्वहरुमा निकासी हुने भेडाच्यांग्राका यहाँका सम्वन्धित पालिकाले निकासी कर उठाउने गरिएको छ । चाडपर्वको समयमा यहाँका भेडाच्यांग्राको मासु सेवन गर्ने उपभोक्ताहरुको स्वास्थ्य हितका लागि यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले अनिवार्य भेटेरिनरी परीक्षण गराउने गरिएको छ । यहाँबाट निकासी हुने भेडाच्यांग्राको पशु स्वास्थ्य परीक्षण गराए वापत सम्वन्धि पशु चिकित्सकले शुल्क लिने गरिएको छ । यसरी परीक्षण गरिएका भेडाच्यांग्राको निरोगिता प्रमाणगित गर्न पशु चिकित्सकले प्रमाणपत्र उपलब्ध गराउने गर्छन । यो प्रमाणपत्र जारी भएको ७२ घण्टासम्म भेडाच्यांग्राको स्वस्थ्य रहेको प्रमाणिकरण हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली