जोमसोम ।
लुम्बिनी प्रदेश ,तिलोत्तमा नगरपालिका—२ रुपन्देही स्थित तिलोत्तमा क्याम्पसको तिलोत्तमा क्याम्पस टुर २०८२ को एक बिद्यार्थी टोली मुस्ताङ आईपुगेको छ । उक्त क्याम्पसका सहायक प्रधानाध्यापक नवेन्दु ढकालको नेतृत्वमा शैक्षिक भ्रमण गर्ने उद्देश्यले मुस्ताङ आईपुगेको हो ।
शैक्षिक भ्रमणमा क्याम्पसका शिक्षक तथा बिद्यार्थी गरी दुई सय ४१ जनाको सहभागिता रहेको छ । क्याम्पसका कक्षा १२ मा अध्ययन गर्ने एक सय ४० जना छात्र र एक सय १ जना छात्रा बिद्यार्थी टोली भ्रमणमा सहभागि रहेको सहायक प्रधानाध्यापक ढकालले जानकारी दिनुभयो । हिउँदयामको प्रतिकूल मौसममा यहाँको माईनस डिग्री तापक्रमका बावजुद हिमालपारीको जिल्ला मुस्ताङको भ्रमणमा आईपुगेको सहायक प्रधानाध्यापक ढकालले उल्लेख गर्नुभयो ।
रुपेन्देही जिल्लाको तिलोत्तमा क्याम्पसले बर्सेनि नेपालका विभिन्न जिल्लाहरुको भ्रमण गराउने गरेको र यसवर्ष भ्रमण कार्यक्रम मुस्ताङलाई तय गरिएको क्याम्पसले जनाएको छ । हिमाली जिल्ला मुस्ताङको पृथक भूगोल, यहाँको मनोरम प्राकृतिक सौन्दर्यता, हिमाली दृष्यावलोकन तथा हिमाली जिल्लाको प्राकृतिक,जैविक विविधता,धर्मसंस्कृति ,परम्परा र यहाँ स्थित मुक्तिनाथको दर्शन संगै शालिग्राम शिलाको विस्तृत अध्ययन गर्ने उद्देश्यले क्याम्पसको बिद्यार्थी टोली मुस्ताङ आएको सहायक प्रधानाध्यापक ढकालले बताउँनुभयो ।
क्याम्पसको बिद्यार्थी टोली शनिबार पाँचदिने मुस्ताङ भ्रमणमा निस्किएको हो । टोलीले मुक्तिनाथ,कागबेनी, ढुम्बाताल र आसपासका क्षेत्रमा भ्रमण गरेको जनाईएको । क्याम्पसका बिद्यार्थी टोली मुस्ताङबाट फर्किएर बाग्लुङको भ्रमण गरी पोखरा हुँदै गन्तब्यतर्फ फर्किने कार्यतालिका रहेको सहायक प्रधानाध्यापक ढकालको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली