जोमसोम ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सप्टेम्बर २८ तारिख सम्ममा एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म यहाँ एक लाख दुई हजार ८९४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । यो सन् २०२४ को नौ महिना अवधिको तुलनामा पाँच दशमलव ३२ प्रतिशतले वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा कुल एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । यो अनुपात कायम राख्न सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा थप सत्ताईस हजार ३३ जना अर्थात उन्नाईस दशमलव ९१ प्रतिशत विदेशी पर्यटक वृद्धि हुनुपर्छ ।
यसैगरी यसयामको अनुकुल पर्यटक सिजनमा प्रतिकुल मौसम र युवाहरुको जेनजी आन्दोलनको उत्पन्न परिस्थितीका कारण कम विदेशी पर्यटक आएका एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले बताउँनुभयो । उहाँका अनुसर सन् २०२४ को सप्टेम्बरमा एघार हजार ७८५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । जसमा सार्क राष्ट्रबाट नौ हजार ६३१ जना र अन्य देशबाट दुई हजार १५४ जना विदेशी यहाँ भित्रिएका थिए । तर, सन् २०२४ को सप्टेम्बरमा भन्दा सन् २०२५ को सप्टेम्बर महिनामा पैतिस दशमलव ९१ प्रतिशत विदेशी ह्राुस आएको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तको भनाई छ ।
सन् २०२५ को सप्टेम्बर २८ तारिखसम्ममा सात हजार ५२५ जना विदेशी मुस्ताङ भित्रिएको कार्यालय प्रमुख गुप्तले उल्लेख गर्नुभयो । यहाँ सप्टेम्बर महिनाको २८ तारिखसम्ममा सार्क राष्ट्रका पाँच हजार ९९१ जना र अन्य देशका एक हजार ५३४ जना विदेशी पर्यटक भित्रिएको उहाँले जनाउँनुभयो ।
यहाँ सन् २०२५ को जनवरी एकदेखि सात तारिखसम्ममा तीन हजार २७७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा सप्टेम्बर ८ तारिखदेखि २८ सम्ममा चार हजार २४८ जना विदेशी पर्यटकले मात्रै मुस्ताङको भ्रमण गरेका एक्याप प्रमुख गुप्तले बताउँनुभयो । चालु सेप्टेम्बरको पहिलो हप्ताको तुलनामा सेप्टेम्बरको पछिल्लो तीन हप्ताको पर्यटक अनुपात बाईस दशमलव ८५ प्रतिशतले वृद्धि भएको हो । यहाँ चालु वर्षको सेप्टेम्बर महिनाको पहिलो हप्ताकै अनुपातमा पर्यटक संख्या वृद्धि भएको भएमा सेप्टेम्बर महिनामा तेह्र हजार बढी विदेशी पर्यटक भित्रिनु पर्ने थियो । तर देशमा जेनजी आन्दोलनले उत्पन्न परिस्थितीका कारण सेप्टेम्बर महिनामा आठ हजार पर्यटकमै सीमित रहने देखिएको एक्याप प्रमुख गुप्तले खुलाउँनुभयो ।
मुस्ताङमा सन् २०२४ को बाह्र महिना अवधिमा कुल एक लाख पैतिस हजार ७१९ जना विदेशी पर्यटकहरुले मुस्ताङको भ्रमण गरेका थिए । जसमध्ये एक लाख नौ हजार ५४९ जना सार्क र छब्बिस हजार १७० जना अन्य मुलुकका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।
यहाँ धार्मिक तथा पर्यटकीय गन्तब्यका कारण विदेशी पर्यटकले भ्रमण गर्न रुचाउने गर्छन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत यहाँका पृथक भूगोल,प्राचिन धार्मिक गुम्बा,मठमिन्दर,माने छोर्तेन, सदियौं पुराना मानव निर्मित गुम्बा र यहाँको मनोरम हिमऋखंला अवलोकन गर्न विदेशी पर्यटक भित्रिने गरेका छन् । उपल्लो मुस्ताङको ऐतिहाँसिक लोमान्थाङ दरबार, छोसेर गुफा, मुक्तिनाथ मन्दिर, ढुम्बाताल लगायतका पर्यटकीय गन्तब्यहरु यहाँका महत्वपूर्ण पर्यटकीय सम्पदाहरु रहेको एक्यापले उल्लेख गरेको छ ।
पछिल्लो समय आन्दोलनको प्रभाव न्यूनिकरण हुँदै गईरहेकाले यहाँका पर्यटन व्यवसायीहरु पर्यटन क्षेत्र चलायमान हुनेमा आशावादी रहेका छन् । देशमा शान्ति र स्थितरता कायम भई भयरहित वातावरणमा घुमफिर गर्न वातावारण सृजना गर्न सबै सरोकारवालाहरुले योगदान गर्नुपर्ने देखिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली