जोमसोम— नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाले बिहिबार सामाजिक अपराध न्यूनिकरण सम्वन्धि कार्यक्रम आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा शाखाले मुस्ताङको घरपझोङ—१ छेरो स्थित वडा कार्यालयमा सामाजिक अपराध न्यूनिकरण सम्वन्धि सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
समाजमा सृजना हुने सबै खाले अपराधले सामाजिक हिंसाको बाटो अवलम्वन हुने भएकाले त्यसको रोकथाम तथा न्यूनिकरण आवश्यक भएको ठहर गर्दै पत्रकार महासंघ मुस्ताङ शाखाले जिल्लामा पहिलो पटक समाज रुपान्तरणका लागि भन्दै प्रहरीको सहयोगमा यसप्रकारको सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
सामाजिक अपराध न्यूनिकरण सचेतना कार्यक्रममा मुस्ताङका प्रनाउ भोजराज पाण्डेले सामाजिक अपराध तथा जातीय छुवाछुत सम्वन्धि प्रस्तुतीकरण गरेका थिए । उक्त कार्यक्रममा सामाजिक अपराध सम्वन्धि सहभागीहरुले जिज्ञासा राखेका थिए । समाजलाई शान्ति सुरक्षा र सबै खाले सामाजिक हिंसा अन्त्यका लागि नागरिक र प्रहरी बिच अन्तरक्रियाँ गरिएको थियो ।
महासंघ मुस्ताङद्वारा आयोजित सचेतनामूलक कार्यक्रममा शाखा अध्यक्ष सुन्दरकुमार थकाली, जिप्रका मुस्ताङका प्रहरी प्रमुख प्रनाउ भोजराज पाण्डेय, घरपझोङ गापा वडा—१ का वडाध्यक्ष आसबहादुर थकाली, पत्रकार महासंघका संस्थापक अध्यक्ष भीमबहादर रसाईली र शाखाकी उपाध्यक्ष दुर्गादेवी रसाईली लगायतले सामाजिक अपराध संम्वन्धि हुने विभिन्न प्रकारका घटनाले समाजलाई अस्थिरतातर्फ धकेल्ने उल्लेख गरे । उनीहरुले सामाजिक रुपमा हुनसक्ने सम्भावित सबै खाले घटनाहरुमा नागरिक सचेत हुनुपर्ने बताईएको थियो । सभ्य र चेतनशील समाज निर्माणले मात्रै समाज रुपान्तरण, सुशासन र शान्तिकायम हुने वत्ताहरुले बताएका थिए ।
पत्रकार महासंघ मुस्ताङ शाखाद्वारा आयोजित सचेतना कार्यक्रममा छैरो ÷चिमाङ गाउँ समाजका अगुवा,आमा समूह,विद्यालय प्रतिनिधि,क्लव र स्थानीय नागरिकको उल्लेख्य सहभागीता रहेको थियो ।
कार्यक्रमको संञ्चालन प्रहरी निरीक्षक राजन थापाले संञ्चालन गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता