कोरलानाका लिजी पोर्टमा (नेपाल—चीन) समन्वयात्मक बैठक सम्पन्न

मुस्ताङ,४,असोज ।

  नेपाल—चीन उत्तरी कोरलानाकामा सोमबार दुई देशका अधिकारीहरुबीच दुई पक्षिय छलफल भएको छ । नेपाल—चीन कोरलानाका स्थित चीनको स्वशासित भूमि तिब्बतको लिजी पोर्टमा दुई देशका अधिकारीहरुबीच आपसी हितका बिषयमा बृहत छलफल भएको हो ।

नेपाल—चीन पक्षबीच बर्सेनि यसपकारको समन्वयामक बैठक आयोजना हुने गर्छ । यसअघि दुई देशका सुरक्षा अधिकारीबीच उपल्लो मुस्ताङको लोमान्थाङ स्थित टसी ढले होटलमा गत जेठ ७ गते समन्वयात्मक बैठक भएको थियो । अघिल्लो पटक बसेको समन्वयात्मक बैठकको ६ महिनापछि सीमानाका कोरलानाकाको चिनिया भूमि लिजी पोर्टमा बैठक आयोजना गरिएको हो ।

आज भएको दुई देशबीचको समन्वयामक बैठकमा चीन पक्षबाट झोङ्का काउन्टीका सिडियो,अध्यागमन ,भन्सार र सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी गरी आठ जनाको सहभागी रहेको थियो ।

 नेपालकातर्फबाट प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी, अध्यागमन,भन्सार,क्वारेन्टाईन लगायतका प्रमुख एवं प्रतिनिधीहरुको सहभागी रहेको थियो । उक्त समन्वयात्मक बैठकलाई लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले सहजीकरण गर्नुभएको थियो ।

 मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार कोरलानाकामा नेपाल—चीन संयुक्त सीमा सुरक्षा लगायतका बिषयमा छलफल भएको जानकारी दिनुभयो । ‘यो नेपाल—चीनबीचको नियमित हुने संयुक्त समन्वयामक बैठक हो,यसरी हुने बैठकमा यसअघि झै दुईबीचको आपसी हितलाई सुदृढ र सवल बनाउने बिषयमा छलफल गरिएको हो,’प्रमुख जिल्ला अधिकारी शर्माले भन्न

भन्नुभयो,‘ रसुवागढी र तातोपानी नाका पूर्ण रुपमा बन्द भएकाले एक मात्रै विकल्पको रुपमा रहेको कोरलानाकालाई निकासी तथा पैठारी व्यापारलाई सहज बनाउने बिषय र सीमापार पास भएका स्थानीय नागरिकहरुलाई सीमापारी जानलाई सहजीकरण गर्नेतर्फ छलफल केन्द्रित भयो ।’’

 यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले कोरलानाकामा नेपाल—चीन दुई पक्षिय समन्वयात्मक बैठक सम्पन्न भएको बताउँनुभयो । उहाँका अनुसार कोरलानाकाबाट हुने आयात÷निर्यात ब्यापार,सीमा सुरक्षा लगायतका बिषयमा देखिएका समस्या र चुनौतिहरुलाई सहज रुपमा कार्यान्वयन गर्दै लगिने बिषयमा छलफल भएको अध्यक्ष बिष्टको भनाई छ ।

 नेपाल—चीन उत्तरतर्फका रसुवागढी —केरुङ नाका र तातोपानी नाका हाल पूर्ण रुपमा बन्द भएकाले एक मात्रै विकल्पको रुपमा रहेको कोरलानाकाबाट हुने निकासी तथा पैठारी ब्यापारमा देखिएका व्यवधानहरु समाधान गर्दै लैजाने दुबै पक्षबीच सहमति भएको जनाईएको छ ।

यसपटकको समन्वयात्मक बैठकमा दुबै पक्षबीचका अध्यागमन,भन्सार,क्वारेन्टाईन लगायतका प्रतिनिधीहरुलाई समेत सामेल गरिएकाले कोरलानाकाबाट हुने आयात÷निर्यात ब्यापार व्यापारलाई सहज पारिनुपर्नेतर्फ दुबै पक्षबीच छलफल भएको जनाईएको छ ।



प्रतिक्रिया