मुस्ताङको थाक सातसय क्षेत्र कोवाङमा ऐतिहाँसिक फालो (भाद्र)मेला सुरु



जोमसोम—

मुस्ताङको थाक खोला क्षेत्रमा बसोबास गर्ने चारचन थकाली समुदायहरुको महत्वपूर्ण ऐतिहाँसिक ,धार्मिक तथा सांस्कृतिक पर्व  फालो अर्थात ९कुमार यात्रा० मेला सोमबारदेखि सुरु भएको छ । थकालीहरु चारचन समुदायको उद्गम स्थल मुस्ताङको थाक सातसय क्षेत्र कोवाङ स्थित कोतघरको प्राङ्गणमा मेलाको औपचारिक रुपमा एक कार्यक्रम गरी शुभारम्भ गरिएको छ ।

ऐतिहाँसिक मान्यता रहेको थाक सातसय क्षेत्रका थकालीहरुले बर्सेनि भाद्र महिनामा यसप्रकारको फालो अर्थात ९कुमार यात्रा० मेला विभिन्न धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गरी हर्षउल्लास साथ मनाउने प्रचलन छ । ४ दिनसम्म चल्ने फालो ९कुमार यात्रा० मेलाको संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले दीपप्रज्वलन गरी उद्घाटन गरे । मेलाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य थकालीले धर्म ,संस्कृतिक र परम्परा जिवित रहेमात्रै थकालीहरुको मौलिकता र पहिचान सुरक्षित हुने बताए । प्र्तिनिधि सभा सदस्य थकालीले आफु पनि थकाली समुदायकै युवा प्रतिनिधि भएकाले यसको संरक्षण,संवद्धन, विकाससंगै पुस्तान्तरण हुन अपरिहार्य रहेको उल्लेख गरे ।

प्रदेश सभा सदस्य विकल शेरचनले  पछिल्लो समय थकालीहरुको धर्म संस्कृति र मौलिकता गुम्ने जोखिम बढेको बताए ।‘हामीले हाम्रो धर्मसंस्कृतिक र मौलिकतालाई हामी आफैले लत्याउन खोज्दैछौ,अरुको संस्कृति पछ्याउँदै छौं, प्रदेश सभासद शेरचनले भने,‘ यो सारै चिन्ताको बिषय बनेको छ, यसले हाम्रो धर्म संस्कृति र परम्परालाई संकटमा पार्दैछ,तसर्थ हामीले अरुको संस्कृति होईन हाम्रै संस्कृति पछ्याउने स्कुलिङ संस्कार सुरु गरौ ।’

फालो मेलामा बोल्ने अधिकांश थकाली समुदायका वत्ताहरुले पछिल्लो समय बढ्दो युवा पलायनले गर्दा थकाली धर्मसंस्कृति र मौलिकता संकटमा पर्न थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले थकालीहरु सडक संञ्जाल नहुँदा  मुस्ताङबाट सम्भावनाको खोजी गर्दै सहरीकरण हुदै देशभर छरिएको र पछिल्लो समय विदेश पलायन र आधुनिक संस्कृति अनुशरण गर्ने परिपाटी हावी हुदा संस्कृति ओझेलमा परेको उल्लेख गरे ।

 थाक सायक्षेत्रमा बसोबास गर्ने थकाली समुदायको ऐतिहाँसिक तथा धार्मिक पर्व फालो९कुमार यात्रा० मेला शुभारम्भ कार्यक्रममा थकाली चारजन समुदायका ३ जना स्रष्टालाई उच्चसम्मान गरिएको छ । सम्मान हुनेमा दुईजना पर्यटन तथा कृषिकर्ममा योगदान दिएका छन् । अर्को एक जनालाई थकाली संस्कृति जर्गेना गर्न गिती एल्बम निर्माण गरेर योगदान दिएको भन्दै सम्मान गरिएको हो । थकाली सेवा समिति नेपाल अन्तर्गत थाक सातसय क्षेत्र थासाङद्वारा सम्मान हुनेमा २ जना पुरुष र एक जना महिला स्रष्टा रहेका छन् ।

थकाली जातीको पहिचान र विशेषतासंगै थासाङ थाक सातसय क्षेत्रको महत्वलाई एल्बम प्रकाशित गरी सांस्कृतिक गित उत्पादन गरेको भन्दै थासाङ—१ टुकुचेकी सामाजिक अभियान्ता समाजसेवी बिमला तुलाचनलाई प्रमापत्रसहित सम्मान गरिएको हो । यसैगरी सम्मान हुनेमा थासाङ—१ टुकुचेका सरोज तुलाचनलाई बैदेशिक रोजगार र सहरको गुल्जार छोडेर आफ्नो थाक थलो थाक सातसय क्षेत्रमा व्यवसायिक पेशा र कृषि कर्ममा समर्पित रहेर थकाली समुदायको शीर उचो बनाएको भन्दै सम्मान गरिएको हो । सरोज लामो समय जापानमा बसेर फर्किएपछि काठमान्डौं बसेर व्यापार व्यवसाय गरेका थिए । उनी पछिल्लो समय सम्भावनाको खोजी गर्दै थाक थलो फर्किएका थिए । उनी मुस्ताङ ईको हिल रिसोर्ट एण्ड थकाली किचनका संञ्चालन हुन् । उनले रिसोर्ट भित्रै कृषि कर्म गर्दैआईरहेका छन् ।

यस्तै, अर्को सम्मानित व्यक्ति हुन्  थासाङ—२ कोवाङका राजु गौचन । उनी पनि लामो समय जापान बसेर नेपाल फर्किएपछि काठमान्डौंमा होटल चलाएका थिए । उनी पनि सम्भावनाको खोजी गर्दै थाक थलो फर्किएर होलिडे क्याम्प रिसोर्ट संञ्चालन गर्दैआईरहेका छन् । गौचनलाई जिल्लाको पर्यटन प्रर्वद्धन र विकासका लागि योगदान दिएको र थकाली समुदायको संस्कृतिलाई संरक्षण गर्न समेत योगदान दिएको भन्दै प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

फालो अर्थात भाद्र मेला कुमार यात्राको अवसरमा  ९कोवाङ—ताक्लुङ० फालो मेलामा गाईने थकाली भाषाको गिती पुस्तकको संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली,प्रदेश सभासदस्य विकल शेरचन र १३ गाउँका मिर मुखिया जुहार भट्टचनले संयुक्त रुपमा बिमोचन गरेका थिए ।

 थकाली चारचन समुदायहरुको फालो मेलाको शुभारम्भ समारोह अघि  प्रभातफेरी आयोजना गरिएको थियो । धर्मसंस्कृति ,परम्परा र मौलिकता संरक्षण गरौं,फालो मेलालाई सफल बनाऔं भन्ने नारासहित मुस्ताङ र मुस्ताङ बाहिर बसोबास गर्ने थकालीहरु आपसमा भेला भएर थाक सातसय क्षेत्रको कोवाङ,खन्ती र लाजुङ गाउ परिक्रमा गरी प्रभातफेरी बिर्सजन गरिएको थियो ।

मुस्ताङको थाक सातसय क्षेत्रका थकालीहरु परापूर्वकालमा जुम्लाको सिंगाबाट उपयुक्त बासस्थान खोज्दै मुस्ताङको थाक सातसय क्षेत्र आईपुगेको किंवदन्ती रहेको १३ गाउँका मिर मुखिया जुहार भट्टचनको भनाई छ । त्यस समय उपयुक्त बासस्थानका लागि थाक सातसय क्षेत्र उचित भएपछि त्यसबेला मुस्ताङ भित्रिएका थकाली त्यही रोकिएको मिर मुखिया भट्टचनको कथन छ ।

थाक सातसय क्षेत्रका थकालीहरुले बर्सेनि मनाउने फालो मेलाको ऐतिहाँसिक तथा पौराणिक किंवदन्ती छ । परापूर्व कालमा गुरु पद्यम सम्भव अर्थात महागुरु नरिझेव एकदिन मृगको रुपमा धारण गरी थासाङको बोक्सीक्षेत्र जंगलमा चरिरहेका थिए । त्यसैबेला शिकार खेल्न निस्किएका थाक सातसय क्षेत्रका थकाली युवाहरुले महागुरु नरिझेवको शिकार गर्न प्रयास गरे । मृगको रुप धारण गरेका नरिझेव महागुरुले भनेका थिए ‘ मलाई तिमिहरुले मार्न सक्क्तैनौं,म तिमिहरुकै भलाईका लागि मृगको रुपमा निस्किएको हुँ।’ मृग रुपी महागुरुले त्यती भनेपछि शिकारी युवाहरुले महागुरु नरिझेवसंग गल्ती भयो भन्दै माफी मागे । त्यसपछि शिकारीहरुले तपाई यसै क्षेत्रमा बिराममान हुनुप¥यो, हामी तपाईले भनेका बाँचा पुरा गछौं भन्दै बिन्ति बिसाए । नरिझेवले भाद्र पञ्चमीमा कुमारहरुबाट मेरो पुजाआराधन गर्नु तिमिलाई राम्रो गर्नेछु भन्ने आश्वासन दिए । त्यसपछि नरिझेवसंग सम्झौता अनुसार पूर्व र पश्चिमतर्फ हिमाल र  पूर्व कालिगण्डकी नदी देखिने स्थान खन्ती माथि महागुरु नरिझेवलाई बिराजमान गराईयो । 

लामो ऐतिहाँसिक किंवदन्ती रहेको ऐतिहाँसिकता अनुसार त्यसैबेलादेखि थाक सातसय क्षेत्रमा बसोबास गर्ने थकालीहरुले बर्सेनि भाद्र पञ्चमीदेखि फालो मेला अर्थात कुमार जात्रा देखाउने प्रचलन सुरु भएको मिर मुखिया जुहार भट्टचनले उल्लेख गरे । फालो अर्थात भाद्र मेलामा थाक सातसय क्षेत्रका १३ गाउँका १३ जना कन्य कुमार केटाहरुले खन्ती माथिको नर्साङ मन्दिरमा बिराजमान महागुरु नरिझेवको पुजाआरधना गर्ने चलन रहेको छ ।

फालो भाद्र मेला ९कुमार यात्रा०का क्रममा कुमारहरु चोखोपानी भन्ने स्थानमा स्नान गरी पवित्र भई फर्किएर महागुरुको स्तुती गर्ने प्रचलन रहेको हो । त्यस अवसरमा आफु भन्दा उपल्लो उमेरका पाका व्यक्तिबाट कुमार केटाहरुले आर्शिवाद ग्रहण गर्ने  गरिन्छ । फालो मेलामा पवित्र भएर फर्किएका कुमारले चारचनहरुको ४ देवतालाई पुजा र बत्ती बाल्न नरिझेव महागुरु भएको स्थानमा पुग्छन् । यसरी पुजा आराधना गरी फर्किएका कुमारहरु लामाहरुसंगै पुङक्युङ भन्ने स्थानसम्म पुगेर कुमार यात्रा गर्ने प्रचलन छ ।भाद्र मेलामा अनिष्ट र रोगब्याधी नलागोस भन्दै कुमारहरुले महागुरुको प्रार्थना गर्ने थकाली सेवा समिति नेपाल थाक सातसय क्षेत्रका केन्द्रिय सदस्य कृष्णकुमार शेरचनले उल्लेख गरे ।

उनका अनुसार फालो अवधिमा अन्तर गाउँ सन्देशमुलक प्रतियोगिताम्क झाँकी प्रर्दर्शन गर्ने ज्येष्ठ नागरिकले कुमारहरुले शत्रु माथि विजय गरेको भन्दै आर्शिवाद दिने प्रचलन रहेको केन्द्रिय सदस्य शेरचनले बताए । फालोमा युवयुवतीहरुले लोक भाकाको गीत गाउछन् । फालो मेला थकालीहरुको धर्मसंस्कृति र परम्परासंग जोडिएकाले यस मेलाले थाक सातसय क्षेत्रका थकालीहरुको मौलिकता र पहिचानलाई झल्काउने उनले जनाए ।



प्रतिक्रिया