सैनिक श्रीमती संघद्वारा जनहितलाई खेलकुद तथा शैक्षिक सामाग्री सहयोग

जोमसोम— नेपाली सेना अन्तर्गतको सैनिक श्रीमती संघले मुस्ताङको जनहित माध्यमिक विद्यालयलाई खेलकुद तथा शैक्षिक  सामाग्रीसहित खाद्यान्न सहयोग गरेको छ । मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोम अवस्थित जनहित माध्यमिक विद्यालयलाई सैनिक श्रीमती संघको पदाधिकारी टोलीले मंगलबार उक्त सामाग्री  हस्तान्तरण गरेका हुन् ।

पश्चिम पृतना हेडक्वार पोखरा, २३ नं. बाहिनी अड्डा बाग्लुङ र नारायण दल गण जोमसोमको समन्वयमा मंगलबार बिद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री सहयोग हस्तान्तरण गरिएको हो ।

सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मा र सचिव शोभाना पौडेल लगायत संघका पदाधिकारी तथा सदस्यहरुले मुस्ताङको जनहित माध्यमिक विद्यालयमा पुगेरै उक्त खेलकुद तथा शैक्षिक सामाग्रीसहित खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । सामाग्री संघकी अध्यक्ष शर्मा र सचिव पौडेलसहित संघको टोलीले सामुहिक रुपमा विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

जनहित विद्यालय जोमसोमलाई प्रदान गरिएको खेलकुद तथा शैक्षिक सामाग्रीहरुमा २३ प्रकारको सामाग्री  छन् । यस्तै संघले खाद्यान्नतर्फ चामल,मैदा,चना,भटमास,राजमा र केराउ गरी ६ थरीको खाद्यान्न सहयोग भएको जनाईएको छ ।

खेलकुद तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा सैनिक श्रीमती संघले जनहित माध्यमिक बिद्यालयलाई ४ थान कम्प्यूटर सहयोग गर्ने प्रतिवद्धता जनाईएको छ । यसै गरी नेपाली सेनाले यसै वर्षदेखि जनहितका बिद्यार्थीहरुलाई राष्ट्रिय क्याडेट कर्पोरेशन (एनसीसी) तालिम संञ्चालन गर्ने भएको छ । बिद्यालयका बिद्यार्थीहरुलाई सम्भ,अनुशासित र असल नागरिकको रुपमा स्थापित गराउने उद्देश्यले नेपाली सेनाले एनसीसी तालिम दिने गरेको छ । यसले बिद्यार्थीहरुलाई आत्मरक्षा गर्न,स्वाबलम्वन बन्न र बिद्यार्र्थीले चाहेमा नेपाली सेनामा भर्ना हुन समेत एनसीसी तालिम महत्वपूण हुन्छ । केही वर्ष अघि नेपाली सेनाले जनहित बिद्यालयमा यसप्रकारको एनसीसी तालिम दिएको थियो ।

 श्रीमती संघद्वारा आयोजित खेलकुद तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा संघकी सचिव शोभाना पौडेलले श्रीमती संघले २०४० सालको स्थापनाकालदेखिनै विभिन्न कार्यहरु गर्दैआईरहेको उल्लेख गरिन् । संघको ४१ औं वर्ष पुगेको अवसरमा मुस्ताङको जनहित बिद्यालयमा खेलकुद तथा शैक्षिक सामाग्री सहयोग गर्न आफुहरु यहाँ आएको उनले स्पष्ट पारिन् । सैनिक श्रीमती संघले शिक्षा,स्वास्थ्य र दैवि तथा प्राकृतिक प्रकोपको बेला विपद्मा परेका पीडितहरुको सहयोगमा जुट्दै आईरहेको संघकी सचिव पौडेलले जनाईन् ।

‘हामीले कठिन परिस्थिती, भौगोलिक विकटता र सिमान्तकृत क्षेत्रका बालबालिकाहरुका लागि शिक्षा क्षेत्रका योगदान पू¥याउने उद्देश्यले विभिन्न सामाग्री वितरण गर्ने गरेका छौ, सचिव पौडेलले भनीन्, सैनिक परिवारको कल्याण र सेवामा समर्पित यस संस्थाले बदलिदो परिस्थिती एवं समयको माग अनुसार लक्षित बर्गहरुको लाभ पुग्ने गरी रचनात्मक तथा सृजनात्मक कार्य गर्दै आईरहेको छौं ।’

जनहित माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले नेपाली सेनाद्वारा प्रदान गरिएको सहयोग सह्रानीय भएको बताए । उनले बिद्यार्थीको क्षमता विकास र बिद्यार्थीहरुलाई प्रदान गरिएको सहयोगले यहाँका कठिन परिस्थितीका बालबालिकाहरुलाई राहत पुग्ने जनाए ।

यसअघि जनहित माध्यमिक बिद्यालयका शिक्षक÷शिक्षिका र बिद्यार्थीहरुले सैनिक श्रीमती संघको टोलीलाई स्वागत गरेका थिए । सो अवसरमा जनहित माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया