जोमसोम—मुस्ताङ प्रहरी नेतृत्वविहिन बनेको छ । प्रहरीको ३० वर्षीय सेवा अवधि सवोच्च अदालतले कायम गरेसंगै मुस्ताङ प्रहरी प्रमुखको कार्यभार ईन्सपेक्टरले सम्हालेका छन् । यहाँ एकसातादेखि नयाँ प्रहरी प्रमुख आएका छैनन् ।
प्रहरीमा ३० वर्षे सेवा अवधि, उमेर र पदावधिका आधारमा अवकाश दिने व्यवस्था छ । अधिकांश उच्च पदस्थ अधिकृत ३० वर्षे सेवा अवधिबाट अवकाशमा जाने गरेका छन्। प्रहरी नायब महानिरीक्षक (डीआईजी), वरिष्ठ उपरीक्षक (एसएसपी), उपरीक्षक (एसपी), नायब उपरीक्षक (डीएसपी) र निरीक्षक (इन्स्पेक्टर) सहित ठुलै संख्यामा प्रहरी अधिकृत सेवा अवधिका कारण भदौ १६ मा जागिरबाट बिदा भएका थिए ।
सोही ३० वर्षीय हदबन्दीका कारण अवकाश पाएका तत्कालिन मुस्ताङ प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयको स्थानमा ६ दिन बितिसक्दा समेत मुस्ताङ प्रहरीले कमाण्ड सम्हाल्ने अर्को नेतृत्व पाउन सकेको छैन । ३० वर्षीय सेवा अवधिका कारण भदौ १६ गते बिदाई भई सेवा निवृत्त भएका थिए ।
यसअघि मुस्ताङमा प्रहरी प्रमुखको सरुवा हुँदा ३ दिन भित्र अर्को प्रहरी प्रमुखलाई प्रहरी प्रधान कार्यालयले मुस्ताङ पठाउन गथ्र्यो । मुस्ताङमा प्रहरी प्रमुखविहिन हुँदा दैनिक कार्यसम्पादन तथा जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा चुनौती र समस्या देखिएको छ ।
मुस्ताङका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक विशाल अधिकारीले गृह सचिव भएकाले अब २÷४ दिनमा सरुवा निकालेर प्रहरी प्रमुख पठाउने अपेक्षा गरे ।
उत्तरी चीनको कोरलानाकासंग सीमाना जोडिएको मुस्ताङमा सडकको पहुँचसंगै बर्षेनी लाखौ पर्यटक मुस्ताङ आउने गर्छन । तर, प्रहरी प्रधान कार्यालयले ६ दिन बितिसक्दा समेत मुस्ताङमा प्रहरी प्रमुख डिएसपी तहको नेतृत्व पठाउन नसक्दा प्रहरी व्यवस्थापन र शान्ति सुरक्षामा असर पर्ने देखिएको छ ।
मुस्ताङमा प्रहरीका १९ वटा ईकाई छन् । भौगोलिक रुपमा विकट मुस्ताङमा प्रहरी नेतृत्व र तल्लो दर्जाका प्रहरी मुस्ताङ आउन नमान्दा यहाँको प्रहरी दरबन्दी ठुलो संख्यामा रिक्त छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता