जोमसोम—हिमाली जिल्लाहरुमा जलवायु परिवर्तनको असर बढ्दै गईरहेकाले यस बिषयमा स्थानीय स्तरमा ब्यापक बहस चलाउन आवश्यकता रहेको गैर सरकारी महासंघ नेपालका केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदीले बताएका छन् । बुधबार गैसस महासंघ नेपालले मुस्ताङको जोमसोममा ‘नागरिक समाजका एजेन्डा र मुद्धाहरु’ विषयक कार्यक्रमको उद्घाटन गर्दै गैसस महासंघका केन्द्रिय अध्यक्ष सुवेदीले जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रको पर्यावरण,कृषि,पर्यटन,धर्मसंस्कृति, रहनसहन र मौलिकतामा ठुलो आघात परेको उल्लेख गरे ।
केन्द्रिय अध्यक्ष सुवेदीले गैसस महासंघ नागरिकको प्रतिनिधिमूलक संस्था भएकाले जलवायु परिवर्तनले नागरिकको जिवनशैलीमा परेका असरलाई स्थानीय स्तरबाट बहसका माध्यमबाट समाधान खोजिनु पर्ने तर्क गरे । उनले विश्वका विकशित राष्ट्रहरुको कार्वन उत्र्सजनका कारण हिमाली क्षेत्रमा धार्मिक,सांस्कृतिक र आर्थिक विविधतामा जोखिम बढ्दै गईरहेकाले यसप्रति अन्तराष्ट्रिय जगतलाई ध्यानार्कषण गरिनु पर्नेमा जोड दिए ।
नागरिक समाजका एजेन्डा र मुद्धाका बिषयमा बोल्दै अध्यक्ष सुवेदीले गैसस महासंघ विशुद्ध गैर नाफामूलक संस्था भएकाले यसले सधैं सुशासन ,समृद्धि र विकासको निम्ति राज्यपक्षलाई खबरदारी,साझेदारी र पहरेदारी गर्ने काम गरेको बताए ।‘ अहिले स्थानीय तह,प्रदेश र संघीय सरकारका विकास आयोजनाको धेरै भन्दा धेरै बजेट काम हुन नसकेर फ्रिज भईरहेको छ, नागरिकहरु विकासमा सहभागि हुन पाईरहेका छैनन् ,अध्यक्ष सुवेदीले भने,‘ यसमा तिनै तहको सरकारको ध्यान जान आवश्यक छ , नागरिक संगठन सहभागि नभएको विकास उपलब्धि नहुने र यस्ता विकासहरुमा दिगोपना हुँदैन ।’
अध्यक्ष सुवेदीले विकास निर्माणका कामहरुमा नागरिकलाई सहभागि गराउनु पर्ने सम्वैधानिक हकअधिकार भएकाले यसतर्फ गैसस नेपाल र यसका शाखाहरुले सरकारको राम्रा पक्षलाई प्रोत्साहन र नराम्रा कामहरुलाई खबरदारी गर्नुपर्ने बताए । सरकार जनताकै करबाट संञ्चालन हुने भएकाले नागरिक सहभागिता बिनाको विकास अपूर्ण हुने अध्यक्ष सुवेदीको भनाई छ । गैसस महासंघले मुलुकमा प्रजातन्त्र स्थापना र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका लागि महत्वपूर्ण योगदान दिदै आईरहेकाले नागरिकको प्रतिनिधिमुलक संस्था गैससलाई अलग्याएर विकासको समृद्धिको मोडालिटी कल्पना गर्न नसकिने अध्यक्ष सुवेदीले जनाए । उनले गैससले नागरिकका मौलिक हकअधिकार शिक्षा,स्वास्थ्य , पूर्वाधार विकास र नागरिकले पाउँने सेवासुविधाका बिषयमा वकालत गर्दैआईरहेको बताए ।
गैसस महासंघ नेपालका केन्द्रिय महासचिव अर्जुन भट्टराईले निजिक्षेत्र,नागरिक समाज र सरकार मिलेर काम गर्न सकेमात्र मुलुकको विकास हुने बताए ।‘राज्यसंग सहकार्य गर्दै खबरदारी गर्ने,३ तहका सरकारको कहाँ कस्ता कमजोरी छन् औल्याउने र त्यसलाई कसरी बलियो बनाउने भन्ने पहिलो मुद्धा गैसस महासंघको हो,महासचिव भट्टराईले भने,‘ अब ३ तहका सरकारसंग निर्णायक छलफल र संवाद आवश्यकता छ,नागरिक सहभागिताका लागि हाम्रो प्रयास निरन्तर हुनुपर्छ ।’ उनले नागरिक र संघसंस्था बलियो भयो भने मात्र लोकतन्त्रको संस्थागत विकास हुने उल्लेख गरे ।
कास्की क्षेत्र —३ का प्रतिनिधि सभा सदस्य दामोदर बैरागीले मुस्ताङको स्थानीय अर्गानिक उत्पादनको विविधिकरणलाई प्रोत्साहन र प्रर्वद्धन गर्न सकेमात्रै नागरिकको आर्थिक जिवन सुदृढ हुने बताए । प्रतिनिधि सभा सदस्य बैरागीले मुस्ताङ आएपछि मुस्ताङको मौलिकता र उत्पादनलाई स्थानीय स्तरमा पर्यटक सामु फरक शैली प्रस्तुतीकरण गर्नुपर्नेमा जोड दिए । उनले गैसस नेपालले हरेक क्षेत्रको विकासमा नागरिकलाई सशक्त रुपमा उभ्याउने प्रतिनिधिमूलक संस्था भएको उल्लेख गरे । गैर सरकारी संघसंस्थामा काम गर्ने व्यक्तिहरु डलर खाने हुन् भन्ने भनाईले अपवाद जनाउँदै प्रतिनिधि सभा सदस्य बैरागीले सरकारले पनि निकाल्न नसकेको अक्करमा रहेको बजेट ल्याएर जनतालाई सेवासुविधा दिने काममा निशुल्क लागिपरेको बताए ।
नागरिक एजेन्डा मुद्धा बिषयक कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख आईतेलाल थकाली, सहायक प्रजिअ रामप्रसाद सुवेदी, एमाले मुस्ताङकी लेखा समिति अध्यक्ष सुनदेवी रसाईली,एकिकृत समाजवादी मुस्ताङका अध्यक्ष भीमबहादुर रसाईली पाईला नेपालकी अध्यक्ष रजनी शेरचन,गैससका निवर्तमान अध्यक्ष दुर्गादेवी रसाईली, उपाध्यक्ष भिषण थकाली लगायतले गैसर महासंघ मुस्ताङलाई बलियो बनाउन केन्द्रिय तहको खाँचो रहेको बताए । उनीहरुले जिल्ला स्थित सरकारी संस्थाहरुलाई दर्ता नविकरण र विभिन्न कार्यमा समस्या पर्दैआईरहेकाले त्यस्ता समस्याहरुलाई निराकरण गर्न आवश्यक रहेको जनाए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता