प्रहरी र जनप्रतिनिधिद्वारा थासाङमा २२ हजार अवैंध गाँजाको बोट नष्ट

जोमसोम—मुस्ताङको थासाङमा प्रहरी र जनप्रतिनिधिद्वारा प्राकृतिक रुपमा पलायका अवैंध २२ हजार गाँजाको बोट नष्ट गरिएको छ । जिल्ला समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत प्रहरी कार्यालय मुस्ताङको सक्रियतामा ईलाका प्रहरी चौकी लेते र प्रहरी चौकी कोवाङमा कार्यरत सुरक्षाकर्मी एवं स्थानीय जनप्रतिनिधि लगायतकाले थासाङ क्षेत्रमा शनिबार अवैंध गाँजाको बोट नष्ट गरेका हुन् ।

 थासाङको विभिन्न स्थानमा प्राकृतिक रुपमा गाँजाको बोट अनाधिकृत रुपमा पलाएको सूचनासंगै जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी निरीक्षक विशाल अधिकारीको कमाण्ड र ईलाका प्रहरी कार्यालय लेतेको समन्वयमा थासाङ—३ धम्पु र थासाङ—५ टिटी ताल वरपर अवैंध गाजाको बोट फडानी गरिएको हो । प्रहरीको यस अभियानमा स्थानीय जनप्रतिनिधिले समेत साथ दिएका छन् । थासाङमा प्रहरीको  गाँजा फडानी कार्यमा थासाङ—३ का वडाध्यक्ष हरिप्रसाद गौचन स्वंय खटिएका थिए । थासाङको धम्पु र टिटी ताल क्षेत्रको गाउँवस्तीका सार्वजनिक बाटोघाटो,खुल्लाचौर,झाँडी,बुट्यान र जंगलमा ठुलो मात्रामा प्राकृतिक रुपमा पलायका अवैंध गाँजाको बोट फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

यस्तै मुस्ताङ प्रहरीले यसको २ दिन अघि थासाङ गाउँपालिका—२ कोवाङको सार्वजनिक स्थानमा प्राकृतिक रुपमा उम्रिएका करिव ६ सय बोट गाँजा फडानी गरी नष्ट गरेको थियो । कोवाङको सार्वजनिक स्थानमा पलायको गाँजा फडानी अभियान त्यहाँका वडाध्यक्ष गौतम शेरचनसहित स्थानीय नागरिकले साथ दिएको प्रहरीले जनाएको छ । 

मुस्ताङको थासाङ गाउँपालिकाका क्षेत्र हरियाली क्षेत्र भएकाले त्यहा प्राकृतिक रुपमा गाँजाको फस्टाउने गरेको छ । ६ महिना अघि पनि मुस्ताङ प्रहरीले थासाङको टिटी ताल क्षेत्रमा करिव ४ हजार अवैंध गाँजाको बोट फडानी गरी नष्ट गरेको थियो । प्रहरी निकायले थासाङ क्षेत्रमा पटक÷पटक अवैंध गाँजाको बोट फडानी गरेपनि प्राकृतिक रुपमा आफै उम्रिने भएकाले अवैंध गाँजाको बोट नियन्त्रण गर्न समस्या पर्दैआईरहेको छ ।

 थासाङ क्षेत्रमा प्राकृतिक रुपमा पलायका अवैंध गाँजाको बोटले युवापंक्तिमा दुर्रव्यसनीको जोखिम बढेको प्रहरीको बुझाई छ । अवैंध गाँजा सेवनले युवापिंढीहरुलाई कुलतको बाटोतर्फ धकेल्दै लगेको केहीदिन अघि प्रहरीको नागरिक सुनुवाई कार्यक्रममा स्थानीयले प्रहरीको  ध्यानार्कषण गरेका थिए । त्यसो त प्रहरीको नागरिक सुनुवाईमा अवैध गाजाले युवापंक्तिलाई दुर्रव्यवसनीको जोखिम बढाएको भएपनि पशुचौपायाको उपचारमा गाँजा औषधिको रुपमा प्रयोग हुँदै आईरहेको बताएका थिए ।

 सरकारले अवैंध मानिएको गाँजालाई वैंधता दिने बिषय बहसको विषय बनेको छ । प्राकृतिक रुपमा पलाउने गरेको अवैंध गाँजालाई कृषि उत्पादनको रुपमा व्यवसायिक बनाउदै लैजान पर्ने चर्चा पनि चल्ने गरेको छ । तर ,सरकारले गाँजा खेतीबारे स्पष्ट धारणा बनाउन नसक्दा आवश्यक कानुन निर्माण गर्न नसक्दा गाउँघरमा प्राकृतिक रुपमा उम्रिने अवैंध गाँजाको बोट त्यसै फ्रिज भएर गईरहेको छ ।


प्रतिक्रिया