यहाँ स्थित वारागुङ मुक्तिक्षेत्र—३ छुसाङ स्थित प्रस्तावित जननर्मल माध्यमिक विद्यालयको छात्रावास भवन निर्माणधिन अवस्थामा छ । गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुल मन्त्रालयको अनुदान सहयोगमा उक्त विद्यालयको छात्रावास भवन निर्माणकार्य सुरु गरिएको थियो ।
कठिन परिस्थितीका बालबालिकाहरुको लागि शैक्षिक पठन÷पाठन तथा आवासीय सेवा सहज गराउने उद्देश्यले प्रदेश सरकारले बर्सेनि विद्यालयको आवासीय छात्रावास भवन निर्माणमा आवश्यक बजेट विनियोजन गर्दै आईरहेको छ । गण्डकी प्रदेश सरकारले यहाँको जननर्मल माध्यमिक विद्यालयलाई हिमाली तथा दुर्गम क्षेत्र नमूना विद्यालयका रुपमा वि.स. २०७६ सालमा सूचिकृत गरेको थियो । नमूना विद्यालयका रुपमा सूचिकृत भएसंगै प्रदेश सरकारले वि.स. दोस्रो वर्षदेखि विद्यालयको छात्रावास भवन बनाउन योजना अघि बढाएको थियो । तर, कोभिड माहामारीका कारण विद्यालयको छात्रावास भवनको भौतिक निर्माण प्रभावित बनेको थियो ।
विद्यालयको छात्रावास भवन निर्माणको लागि प्रदेश सरकार अन्तर्गत आ.व. २०८०÷०८१ देखि बजेट क्रमागत रुपमा बजेट विनियोजन भईरहेको एकिकृत सेवा कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । विद्यालयको चार तले भवनको लागत अनुमान आठ करोड रहेको भएपनि प्रदेश सरकारबाट बर्सेनि न्यून बजेट विनियोजन हुँदा छात्रावास भवन निर्माण सम्पन्न हुन ढिलाई भईरहेको छ । हिमाली तथा दुर्गम क्षेत्र नमूना विद्यालयको आवासीय छात्रावास भवन तथा पूर्वाधार निर्माणका लागि चालु आ.व.मा प्रदेश सरकारबाट पैतालिस लाख ७ हजार बजेट विनियोजन भएको कार्यालय प्रमुख दर्जीले बताउँनुभयो । छात्रावास तथा पूर्वाधार निर्माणका लागि अघिल्लो दुई आ.व.मा एक करोड विनियोजन भएकोमा उक्त बजेटबाट छात्रावास भवनको दोस्रो तलाको भौतिक संरचना निर्माण भएको प्रमुख दर्जीले उल्लेख गर्नुभयो ।
प्रदेश सरकारबाट हाम्रो विद्यालय नमूना विद्यालयका रुपमा सूचिकृत भई पूर्वाधार निर्माणका योजना अघि बढाईएको भएपनि ठुलो आकारको बजेट विनियोजन हुन नसक्दा छात्रावास भवन निर्माणलाई पूर्णता दिन समस्या भएको विद्यालयका प्रधानाध्यापक श्याम गुरुङले जानकारी दिनुभयो । ‘यहाँ मुस्ताङसहित विभिन्न जिल्लाका १२३ जना बिद्यार्थी पढ्छन, तर, आवासीय सुविधा उपलब्ध गराउन असहज भईरहेको छ, प्रधानाध्यापक गुरुङले भन्नुभयो,‘ विद्यालयको पुरानै जीर्ण भवनमा छात्रलाई राखेका छौं, छात्राहरुलाई बनिरहेको भुईतलामा व्यवस्थापन गरेका छौं ।
यहाँको कठिन परिस्थितीका बालबालिकाहरु पढ्दै गरेको जननर्मल माध्यामिक विद्यालयका २७ जना विद्यार्थीहरुलाई चालु आर्थिक वर्ष दश लाख रुपैया बजेट आवासीय अनुदान प्राप्त हुने प्राधानाध्यापक गुरुङले बताउँनुभयो । यसैगरी संघीय सरकारबाट हिमाली आवासीय अनुदान स्वरुप १० महिनाका लागि प्रति विद्यार्थी मासिक पाँच हजार रुपैया अनुदान सहयोग रहेको प्रधानाध्यापक गुरुङले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली