हिमपहिरोले फेरी बोक्सी खोला थुनियो

फाईल फोटो


जोमसोम—मुस्ताङको थासाङ गाउँपालिका—२ बोक्सीखोला माथिको लेंकमा फेरी हिमपहिरो गएको छ । हिमपहिरो अन्दाजी साँझ ६ बजेको समयमा गएको  प्रत्यक्षदर्शी कुमार अनुरागीले जानकारी दिए ।


थासाङको बोक्सी खोला माथि छिप्लुङ लेंक हुँदै धौलागिरि हिमालको फेंदबाट खसेको जनाईएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले थासाङको बोक्सी खोला माथि पून ः हिमपहिरो गएको पुष्टि गरे । ‘हिमपहिरो गएको सूचना प्राप्त भएको छ, हिमपहिरो कति ठुलो हो वा पुरानै थुप्रिएको हिमपहिरो हो एकिन भईसकेको छैन ,’प्रजिअ पन्तले भने, ‘ हामीले हिमपहिरोको सूचना पाएसंगै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली हिमपहिरो खसेको स्थानमा पठाएका छौं । प्रजिअ पन्तले सुरक्षाकर्मी हिमपहिरो गएको स्थानमा पुगेपछि मात्रै विस्तृत जानकारी प्राप्त हुने बताए ।

 यता थासाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारीले थासाङको बोक्सी खोला लेंक माथि फेरी नयाँ हिमपहिरो खसेको जानकारी दिए । प्रशासकीय अधिकृत अधिकारीले यसअघि भदौं गते दिउँसो खसेको हिमपहिरो साविक स्थानमा जमेर बसेको भएपनि अहिले साँझ खसेको नयाँ हिमपहिरो त्यसको निकै तलसम्म झरेको उल्लेख गरे । ‘ साविककै स्थानमा बाट अहिले साँझ फेरी हिमपहिरो गयो, पहिलाको भन्दा यसपटकको हिमपहिरो केही ठुलो खसेको छ , हामीले बोक्सी खोला आसपासका ९ घरधुरीलाई अन्यत्र स्थान्तरण गर्ने तयारी गरेका छौं । 

थासाङ—२ का वडाध्यक्ष गौतम शेरचनले धौलागिरी फेंदबाट फेरी हिमपहिरो खसेको र त्यसले खोलामा पानी बग्न बन्द भएको जानकारी दिए । ‘सुरक्षाकर्मी यहाँ आईपुगेका छन् ,हामीहरु पनि यही छौं,वडाध्यक्ष शेरचनले भने, बस्तीका नागरिकलाई सुरक्षित गन्तब्यमा लैजाने तयारीमा छौं , यस्तोमा सानो हेलचक्र्याई ठुलो विपत्ती आईलाग्न सक्छ ।

 यसअघि भदौ ६ गते दिउँसो थासाङको बोक्सी खोला माथि लेंंकमा  हिमालको फेंदबाट हिमपहिरो खसेको थियो । थासाङको उक्त क्षेत्रमा पटक पटक हिमपहिरो खस्ने गरेको छ ।


प्रतिक्रिया