सेना र प्रहरीले मलाई उद्दार गरे : सभासद बिमला गौचन


जोमसोम—भौगोलिक रुपले अत्यन्तै विकट तर धार्मिक दृष्ट्रिकोणले महत्वपूर्ण मानिएको मुस्ताङको लोघेकर दामोदरकुण्डको दर्शन यात्रा गण्डकी प्रदेश माननीय सभासद बिमला गौचनका लागि अविष्मणीय बनेको छ । धार्मिक पर्यटन प्रर्वद्धन तथा दामोदरकुण्डको दर्शन गर्न भदौ २ गते साँझ त्यहाँ पुगेकी गौचन त्यसको भोलीपल्ट भदौ ३ गते बिहान हाईअल्टिच्युडका कारण बिरामी परिन् ।

 दामोदरकुण्ड धार्मिक स्थल समुन्द्री सतहदेखि ४ हजार ८९० मिटरको उचाईमा अवस्थित छन् । गण्डकी प्रदेशकी सांसद गौचन जनैपूर्णिमा मेलो पारेर दामोदरकुण्डको दर्शनका लागि भदौ १ गते म्याग्दीबाट आफ्ना केही सहकर्मीसंगै  उकालो उक्लिएकी थिईन् । लोघेकरको चराङ हुँदै लोघेकर —४ घिर्मी ठाँटीसम्म मोटर चढेर त्यहाँ पुगेकी उनी त्सपछि घोडा चढेर करिव ९ घण्टाको यात्रा छिचोल्दै दामोदरकुण्ड पुगेकी थिईन ।
 हिन्दुधर्मालम्बीहरुको महत्वपूर्ण पर्व जनैपूर्णिमा भएकाले सांसद गौचनसंगै अरु थुप्रै श्रद्धालु भक्तजन दामोकुण्ड तिर्थ गर्न पुगेका थिए । भदौं ३ गते जनैपूर्णिमाको दिन । उच्च उचाईको पर्वतीय क्षेत्रमा पुग्दा उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो । तैपनी सांसद गौचनले दामोदरकुण्डमा स्नान गरी जसोतसो दर्शन गर्न भ्याईन् ।

हाईअल्टिच्युडका कारण सांसद गौचनको स्वास्थ्य अवस्था केही जटिल बन्न थाल्यो  । उनलाई दामोदरकुण्ड पुग्दा टाउँको दुख्ने, खान मन नलाग्ने,वाकवाकी हुने र हातखुट्टा फत्रक्क गल्ने समस्या देखिन थाल्यो । दामोदरकुण्डमा धर्मशालासहितको खाने र बस्ने प्रवन्ध थियो । आफुसंगै दामोदरकुण्ड पुगेका सहकर्मीहरु त्यहाँ पुगेर फर्किए । सांसद गौचन हाईअल्टिच्युडले थला परेपछि न त्यहाँबाट हिड्न सक्थिन नत घोडामा चढेर तल झर्न सक्थिन । स्वास्थ्यमा समस्या देखिएपछि त्यही रोकिन पुगेकी गौचनलाई उनका साथीभाई र अन्य तिर्थयात्रीले नेटवर्क लाग्ने ठाउँमा पुगेपछि हेलीकोप्टरको व्यवस्था गरिदिने आश्वासन दिएर फर्किए । दामोदरकुण्डमा सांसद गौचनसंगै एक पुरुष अर्को एक महिला साथमा थिए । मुस्ताङ प्रशासन ,नेपाली सेना र प्रहरीसंग हेलिकोप्टरको व्यवस्था गर्ने समन्वयात्मक पहल भएपनि प्रतिकुल मौसमका कारण दामोदरकुण्डमा उद्दारका लागि  हेलि जाने अवस्था रहेन । सांसद गौचनलाई त्यहाँबाट बेसी झर्ने कुनै अप्सन नरहदा उनी ४ रात दामोदरकुण्डकै धर्मशालामा पट्यारिलो दिन कटाउन बाध्य भईन् ।
 भदौ ६ गते जोमसोम स्थित नारायण दल गणको समन्वयमा लोमान्थाङको थुर्लुङ फाँटमा रहेको केही सेनालाई आवश्यक बन्दोबस्तीका सामान सहित दामोदरकुण्ड पठाईयो । त्यससमय नेपाली सेनाको एक टोली उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको ३२ र ३३ नम्बर सिमास्तम्भको खोज तथा अनुगमन खटिएको थियो । उक्त टोलीले थुर्लुङ फाँटमा रहेको टोली सांसद गौचनको सकुशल उद्दारका लागि दामोदरकुण्डमा पुग्यो । नेपाल प्रहरीबाट पनि एक जना प्रहरी टोलीलाई सांसद गौचनको उद्दारमा खटिन त्यहाँ पठाईयो ।
लगातार अग्लो उचाईको पर्वतीय क्षेत्र दामोदरकुण्डको निर्लज्ज पहाडमा स्वास्थ्य समस्याका कारण अलपत्र परेकी सांसद गौचनलाई स्वास प्रश्वासमा समस्या देखिएको थियो । उनी त्यहाँबाट यथाशिघ्र चाँडो बेसी झर्न खोजेकी थिईन् । तर,उनी त्यहाँबाट तल झर्ने सामथ्र्य उनमा थिएन । भदौं ६ गते दिउँसो लोघेकर—४ घाराबाट करिव १०—१५ वटा घोडा लिएर त्यहाँ पुगेका सुरक्षाकर्मीले सांसद गौचनलाई रेस्क्यु गदै लोघेकरको चराङमा ल्याई पु¥यायो । सांसद गौचनलाई दामोदरकुण्डबाट सेना र प्रहरी मिलेर कतै डोकोमा,कतै स्टेचरमा त कतै, दुई हातको पाखुरामा समातेर रेस्क्यु गर्दै तल झारियो । सेना र प्रहरीले केही सजिलो ठाउँमा घोडामा राखेर तल झा¥यो भने कतै बोकेर तल झारियो । लोघेकरको घिर्मी ठाँटीबाट दामोदरकुण्डको दुरी पैदल १२ घण्टा लाग्छ । उनलाई सेना र प्रहरीको उद्दार टोलीले बाटोमा बिश्राम गराउँदै बिहिबार चराङसम्म ल्याई पु¥यायो ।


 दामोदरकुण्डबाट चराङसम्म ल्याउन सफल सुरक्षाकर्मीको टोली शुक्रबार दिउँसो जोमसोम स्थित नारायण दल गण ल्याई पु¥याएको थियो सेनाले शुक्रबारनै सांसद गौचनलाई आफन्तको जिम्मा लगाएको छ । दामोदरकुण्डबाट जोमसोम ल्याई पू¥याउँदै सांसद गौचनको स्वास्थ्य अवस्थामा निकै राम्रो सुधार भएको देखिन्थ्यो । सांसद गौचन शुक्रबारनै गृह जिल्ला म्याग्दी फर्किसकेको नारायण दल गणले जनाएको छ ।
 दामोदरकुण्डबाट सुरक्षाकर्मीको रेस्क्युपछि स्थानीय पत्रकारहरुलाई दामोदरकुण्डको यात्राबारे बिफ्रिङ गरेकी थिईन । सांसद गौचनले नेपाली सेना र नेपाल प्रहरीले ठुलो बहादुरी र हिम्मतका साथ आफ्नो ज्यान बचाएकोप्रति गर्व गरिन् ,। नेपाली सेना र प्रहरीले आफुलाई रेस्क्यु नगरेको भए आफु झनै अप्ठ्यारो परिस्थिती झेल्नु पर्ने सांसद गौचनको भनाई थियो ।
आफु धर्मप्रति आस्था भएकै कारण दामोदरकुण्डको यात्रामा निस्किएको सांसद गौचनले स्थानीय पत्रकारहरुलाई सुनाईन् । भारतीय प्रधानमन्त्री १ महिनासम्म ध्यान गरेको ठाउँ हो दामोदरकुण्ड, त्यो भूमी धार्मिक हिसाबले निकै महत्वपूर्ण छ,’सांसद गौचनले थपिन्,‘ मोदी पुगेको ठाउँ आफ्नै प्रदेशको दामोदरकुुण्डमा पुग्ने रहर पनि थियो, त्यहा जान जुन मैले सोचेकी थिए ,त्यो भन्दा नितान्त फरक र चुनौतीपूर्ण रहेछ ।’
 मुस्ताङको दामोदरकुण्डको धार्मिक पर्यटन प्रर्वद्धन गर्न  त्यहाँको विकास र संम्भावनाको पहिचान गर्न दामोदरकुण्ड जानुको अर्को उद्देश्य रहेको सांसद गौचले उल्लेख गरिन् । दामोदरकुण्ड विश्वकै प्रसिद्ध धार्मिक गन्तव्य भएकाले त्यहाँको विकास र सम्भावनाका बारेमा गण्डकी प्रदेशसभामा आवाज उठाउने सांसद गौचनले प्रतिवद्धता जनाईन् ।
 सांसद गौचनले दामोदरकुण्ड यात्रालाई सहज बनाउन त्यस क्षेत्रमा दुई वटा पुलको आवश्यकता रहेको औल्याईन् । दामोदरकुुण्ड पुग्न ५ हजार मिटरको उचाईमा उकालो र ओरोलो झर्नुपर्ने भएकाले त्यसक्षेत्रको घोडा हिड्ने बाटो र पैदलमार्गलाई थप सुधार गर्न आवश्यक रहेको जनाईन् ।
सांसद गौचनले आफुले दामोदरकुण्डमा पाएको कष्ट र सास्ती कुनै पनि धार्मिक तिर्थालुले भोग्न नपरोस भन्दै दामोदरकुण्ड जान परेमा ठुलो समुहमा ग्रुप बनाएर आवश्यक ईकुमेन्ट साथमा लिएर जानुपर्ने सुझाईन ्।


प्रतिक्रिया