जोमसोम—हिमाली जिल्ला मुस्ताङमा विश्वव्यापी कार्यसप्ताहको पहिलोदिन जोमसोम स्थित जनहित स्कुलमा नागरिक भेला आयोजना गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला कार्यसमिति मुस्ताङले जोमसोममा सप्ताहको औपचारिक सुरुवात गर्दै सोमबार नागरिक भेलाको आयोजना गरेको हो ।
सार्वजनिक,निजी तथा धार्मिक स्कुलहरुको शिक्षा सुधारका लागि सरकारी पक्षको ध्यानआकर्षण गरी शिक्षामा समान पहुँच तथा गुणस्तरीय ,भरपर्दो र व्यवहारिक शिक्षा कार्यान्वयन सरकारी पक्षलाई दबाव सृजना गर्दै जवाफदेही बनाउन शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई)ले देशका ४० जिल्लामा विश्वव्यापी कार्यसप्ताह सुरु गर्न लागेको हो ।
कार्यसप्ताह अभियानमा मार्फत शिक्षा क्षेत्रका विभिन्न सवाल तथा समसामयिक विषयहरुमा सरोकारवाला निकायको ध्यानआकर्षण गर्ने एससीई नेपालको उद्देश्य हो । केन्द्रिय परिपत्र अनुसार मुस्ताङमा नागरिक भेला तथा विद्यार्थीद्वारा प्रधानमन्त्रीलाई लिखित पत्र लेखेर पठाउने कार्यक्रम रहेको शाखा अध्यक्ष प्रजु गुरुङले बताईन् ।
जोमसोममा आयोजित नागरिक भेलामा जनहित माविका सहायक प्रधानाध्यापक माधवजी भण्डारीले शिक्षामा व्यापारिकरण भईरहेकाले सार्वजनिक विद्यालयले त्यसलाई चिर्न आवश्यक रहेको बताए । शिक्षा विकास तथा समन्वय ईकाईका निमित्त प्रमुख चन्द्रसिह विकले सार्वजनिक विद्यालयमा दक्षजनशक्ति हुँदाहुँदै पनि व्यवस्थापन पक्ष प्रभावकारी नहुँदा सार्वजनिक स्कुलको शिक्षालाई सोचेअनुसारको विश्वास दिलाउन नसक्ने अवस्था आएको बताए । घरपझोङका शिक्षा अधिकृत हिमलाल शर्माले एनसीई को कार्यक्रम र उद्देरश्य राम्रो भएकाले यसले शिक्षा क्षेत्रको सुधारमा थप सहयोग पुग्ने बताए ।
मुस्ताङमा विश्वव्यापी सप्ताह अन्तर्गत जिल्लाका आधा दर्जन स्कुलमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई आफुले प्राप्त गरेको शिक्षा ,सुधार ,चुनौति चिठीपत्रको नमूनामा लेख्न लगाईने छ । विद्यालयको अनुमतीमा यसरी विद्यार्थीले लेखेका चिठीपत्र प्रधानमन्त्री कार्यालयमा पठाईने शाखा सचिव पेमा छेतेन विकले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता