मुस्ताङ,९ ,असोज
मुस्ताङमा स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई शुक्रबार सम्मान गरिएको छ । स्थानीय तह र स्वास्थ्य संस्थाहरुको कार्यदक्षता र उनीहरुको प्रोत्साहनका लागि प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङले यहाँका तीन स्थानीय तह र तीन स्वास्थ्य संस्थाहरुलाई सम्मान अर्पण गरेको हो ।
आर्थिक वर्ष २०८२/०८३ को सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना कार्यक्रमको समापन कार्यक्रममा प्रदेश जनस्वाथ्य कार्यालय मुस्ताङको विभिन्न सूचकहरुको प्रगति मूल्यांकनका आधारमा स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई सम्मान गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो ।
प्रदेश जनस्वास्थ्य कार्यालयको प्रगति मूल्यांकनका आधारमा आर्थिक वर्ष २०८२/०८३ मा (७७.१३) प्रतिशत अंक प्राप्त गरी मुस्ताङको घरपझोङ गाउँपालिका पहिलो बनेको छ । यसैगरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले (७४.११) प्रतिशत अंकका साथ दोस्रो र थासाङ गाउँपालिका (७०.८९) प्रतिशत अंक प्राप्त गरी तेस्रो भएको छ ।
कार्यालयको वार्षिक प्रगति मूल्याकनका आधारमा मुस्ताङका २३ वटा स्वास्थ्य संस्था मध्ये घरपझोङ गाउँपालिकाको जोमसोम स्वास्थ्य चौकी (ठिनी)ले (७९.८६) प्रतिशत अंक प्राप्त गरी पहिलो भएको छ । यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ स्वास्थ्य चौकीले (७८.२५) अंक प्राप्त गरी दोस्रो स्थान र थासाङ गाउँपालिका—३ को लेते प्राथमिक स्वास्थ्य केन्द्रले (७३.२०) अंक प्राप्त गरी तेस्रो स्थान हासिल गरेको छ ।
जिल्ला स्तरीय रुपमा स्थानीय तह र स्वास्थ्य स्वास्थ्य संस्थाहरुबाट प्रथम,दोस्रो र तेस्रो हुनेलाई मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारी र कार्यालय प्रमुख ठकुराठीले सम्मान पत्र अर्पण गर्नुभएको थियो । वार्षिक समिक्षा कार्याक्रममा गतवर्ष सम्पादित स्वास्थ्य कार्यक्रमको समिक्षा गरिएको थियो भने आगामाी आर्थिक वर्ष २०८३/०८४ को लागि योजना तर्जुमा सम्वन्धी छलफल भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता