मुस्ताङ,९ ,असोज
मुस्ताङ थाक खेलकुल तथा सांस्कृतिक विकास संघद्वारा आयोजित ५२ औ थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तर्गत सादा आर्चरी प्रतियोगिता तर्फ थासाङ गाउँपालिका—३ लेते धम्पुको निर्मल स्पोर्टिङ क्लव च्याम्पियन बनेको छ । प्रतियोगितामा ७ डोरको ७० पूर्णाङक मध्ये ५६ अंक जोड्दै निर्मल स्पोर्टिङ क्लव सादा आर्चरी तर्फ उपाधी च्याम्पियन बनेको हो ।
प्रतियोगितामा थासाङ गाउँपालिका—२ कोवाङको धौलागिरी युवाक्लव उपविजेता बनेको छ । धौलागिरी युवाक्लव ५३ अंक जोड्दै प्रतियोगिताको उपविजेता बनेको हो । प्रतियोगितामा स्थानीय लोकल धनुषवाण प्रयोग गर्ने गरी खेल सञ्चालन गरिएको थियो । प्रतियोगितामा घरपझोङको एक र थासाङ गाउँपालिकाका पाँच युवाक्लवहरुले भाग लिएका थिए । प्रतियोगितामा प्रत्येक क्लवबाट पाँच पाँच जना खेलाडीले भाग लिन पाउँने व्यवस्था गरिएको थियो ।
थाक खेलकुद अन्तर्गत परम्परागत सादा आर्चरी प्रतियोगितामा धौलागिरी युवाक्लव कोवाङका बशन्त गौचन सर्वोउत्कृष्ठ खेलाडी घोषित भए । यसैगरी प्रतियोगितामा सर्वाधिक खोलर (खोल हान्ने) सिक्ससोल्टी क्लव घाँसाका देवन भट्टचन भए ।
बिहिबारदेखि सुरु भएको ५२ थाक खेलकुद तथा सास्कृतिक कार्यक्रममा निरन्तरको वर्षाले प्रभावित तुल्याएको छ । वर्षाका कारण समुह चरणका दुई खेल बाहेक अन्य खेलहरु वर्षाले रोकिएको छ । निरन्तर वर्षा भईरहेपनि आयोजक विकास संघले ईन्डोर सादा आर्चरी प्रतियोगिता सञ्चालन गरेको थियो । अहिले आधुनिक आर्चरी प्रतियोगिताको खेलहरु भईरहेको जनाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली