लोपोन्मुुख हिमाली संस्कृति संरक्षण गर्नुपर्छ : अध्यक्ष ठकुरी

हिमाली जिल्ला मुस्ताङको धर्म ,संस्कृति,परम्परा,रितिरिवाज,रहनसहन ,भेषभुषा लगायत यहाँको समग्र पहिचान पछिल्लो समय लोपोन्मुख अवस्थामा छ ।बढ्दो सहरीकरण,बैदेशिक पलयान र मौलिक भाषासंस्कृतिलाई पछ्याउन छोडर विदेशी संस्कृति अनुशरण गर्ने परिपाटीले यसको प्रभाव हिमाली क्षेत्रमा पनि प्रत्यक्ष परोक्ष रुपमा असर परेको हाम्रो बुझाई छ ।

गाउँघरमा युवापंक्तिको खडेरी पर्न थालेको छ । समाजका अंगजहरु संस्कृति पुस्तान्तरण गर्न चाहेपनि गाउँ धानेर बसेका युवापंक्तीले समेत त्यसपछि खासै चाँसो दिन नसक्दा हिमाली क्षेत्रको मौलिकता गुम्ने जोखिम बढेको छ । हिमाली क्षेत्र अन्र्तगत उपल्लो मुस्ताङमा धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ र तिजी  निकै चर्चित छ । जसले त्यहाँका धर्म संस्कृतिको मात्रै संरक्षण गरेको छैन त्यस पर्वले उपल्लो मुस्ताङको पर्यटन प्रर्वद्धनलाई पनि ठुलो टेवा पुगेको छ । यद्यपी विद्यमान अवस्थामा त्यसप्रकार मौलिक चाडपर्व जिवन्त रहेपनि संस्कृति पुस्तान्तरण हुन नसकेमा त्यसका अस्तित्व मेटिन सक्छ भन्ने मेरो बुझाई हो । हाम्रो वारागुङ मुक्तिक्षेत्रमा पनि यार्तुङ र धज्याङ लगायतका चाडपर्वको पनि उत्र्तिकै सांस्कृतिक महत्व बोकेको छ । तल्लो मुस्ताङको जोमसोमदेखि तल तोरन्ल,तेरमी,त्युङ्ला जस्ता चाडपर्व थकाली समुदायको महत्वपूर्ण पर्व हुन् । तर, सबै ठाउँमा संस्कृति बचाउने प्रयास भने भएका छन् । हामी र हाम्रो जनप्रिय युवाक्लव पनि संस्कृति संरक्षण तथा पुस्तान्तरण हुनुपर्छ भन्ने दृढ मान्यता राख्दछ ।

सदिंयौ वर्षदेखि हिमाली क्षेत्रमा घोडा कुदाउने र तारा हान्ने खेलहरुको ऐतिहाँसिक महत्व छ । हिमाली समुदाय र घोडा पालनको एकआपसमा अन्योन्याश्रित सम्वन्ध छ । पुरापूर्व कालमा शिकार खेल्दा धनुषबाण प्रयोग हुन्थ्यो । अहिले हामीहरुलाई खेलको रुपमा प्रतियोगिता गरेर संस्कृति बचाउन उद्दत छौं ।

बढ्दो युवा पलायनलाई रोक्न र युवाहरुबीचको सम्वन्धलाई थप प्रगाढ बनाउन हाम्रो क्लव विगत डेढ दशकदेखि सक्रिय छ । यसपटक पनि हामीले सांस्कृतिक पर्व यार्तुङलाई जोडेर परम्परागत तारा खेल,हाईअल्टिच्युड फुटबल, घोडा दौड,डोरी तान्ने खेल र सांस्कृतिक झाँकी अन्र्तगत स्याब्रो नाचगान गरेर सम्पन्न ग¥यौं । धर्मसस्कृतिलाई पन्छाएर आर्थिक उपार्जन र व्यवसायमुखि भैईदिने सोचले गर्दा हाम्रो मौलिक धरोहरलाई बचाउनुपर्छ भन्ने मेरो मान्यता हो । म पनि युवा हुँ ,म पनि विदेशी जान सक्ने सामथ्र्यको व्यक्ति हुँ । यद्यपी स्वदेशमै सम्भावना खोजी गर्दै हाम्रो गाउँघरको संस्कृति जोगाउन क्लवको नेतृत्व गरिरहेको छु ।


प्रतिक्रिया