जोमसोम— ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा मुस्ताङ प्रहरीले विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय मुस्ताङले कार्यालय मातहतमा रहेका प्रहरी ईकाईहरुका प्रहरी कर्मचारीबिच विभिन्न खेलकुदका कार्यक्रम आयोजना ग¥यो ।
६९ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय मुस्ताङले जोमसोममा फुटबल,ब्याटमिन्टन,टेबुल टेनिस, घैटो फुटाई र म्युजिकल चियर लगायतका खेलकुद कार्यक्रम आयोजना गरेको थियो ।
बुधबार जिल्ला प्रहरी कार्यालयको परिसरमा आयोजित ६९ औं प्रहरी दिवस २०८१ अवसरमा औपचारिक कार्यक्रम गरिएको थियो । प्रहरी दिवसका अवसरमा आयोजित विभिन्न खेलकुद कार्यक्रमका विजेता सकल दर्जाका कर्मचारीहरुलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसाल र प्रहरी नायव उपरीक्षक सुर्यबहादुर बोगटीले पुरस्कार वितरण गरेका थिए । यस्तै प्रहरी दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने सकल दर्जाका प्रहरीहरुलाई मुस्ताङका प्रजिअ भुसाल र प्रहरी नायव उपरीक्षक बोगटीले नगद पुरस्कारसहित सम्मान गरे ।
प्रहरी दिवसमा शुभकामना व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले नेपाल प्रहरी नागरिकको सेवामा समिर्पित सबैभन्दा पुरानो र अब्बल सस्था रहेको उल्लेख गरे । शान्ति सुरक्षा,अमनचैन, विकृति विसङ्ती,विपद उद्दार , सामाजिक कुरिती लगायतका विभिन्न क्षेत्रमा प्रहरीको भुमिका महत्वपूर्ण रहेको बताए ।
यस्तै, मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीले नागरिक र प्रहरीबिचको समन्वय र सहकार्य आवश्यक रहेको औल्याए । बिभिन्न कालखण्डमा नागरिक र राष्ट्रका निम्ति नेपाल प्रहरीले उल्लेखनीय दायित्व निभाएको बताए ।
यसअघि ६९ औ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय हातामा प्रहरी कार्यम्पादन गर्ने क्रममा विभिन्न घटनाहरुमा वीरगति प्राप्त गरेका अमर प्रहरीको सम्झनामा श्रद्धान्जली कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसाल र प्रहरी नायव उपरीक्षक बोगटी लगायत स्थानीय जनप्रतिनिधि, पत्रकार, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधि र मुस्ताङमा कार्यरत प्रहरीहरुले पुष्पगुच्चा चढाएर भावपूर्ण श्रद्धान्जली अर्पण गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली