तस्विर : जिप्रका मुस्ताङ
जोमसोम—जिल्ला प्रहरी कार्यालय मुस्ताङले नागरिक सुनुवाई तथा वार्षिक प्रगती समिक्षा सम्पन्न गरेको छ । जिल्लाको समग्र शान्ति सुरक्षा तथा प्रहरीद्वारा विभिन्न क्षेत्रमा गरिएको कार्यसम्पादन तथा प्रहरीप्रति नागरिकको सम्वन्ध सुमधुर तुल्याउने उद्देश्यले मुस्ताङ प्रहरीले आईतबार जोमसोममा नागरिक सुनुवाई गरेको हो ।
जिल्ला प्रहरी कार्यालयको सभाहलमा आयोजित प्रहरीको नागरिक सुनुवाई कार्यक्रममा मुस्ताङका प्रनाउ भोजराज पाण्डेयले समग्र जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले गरेको कामहरु लगायत विविध विषयमा प्रस्तुतीकरण गरे ।
प्रहरीको नागरिक सुनुवाई कार्यक्रममा नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकाली र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय प्रमुख प्रमोदराज रेग्मी र यातायात व्यवसायी सुनदेवी रसाईली लगायतले मुस्ताङ प्रहरीले गरेको कार्यसम्पादनप्रति आ—आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ मा प्रहरीले गरेको कार्यसम्पादन तथा उपलब्धीहरुको सरोकारवालाहरुलाई जानकारी गराएको थियो ।
प्रहरीको नागरिक सुनुवाई कार्यक्रममा स्थानीय नागरिक तथा सरोकारवालाहरुले प्रहरीको कार्यसम्पादन सम्वन्धि जिज्ञासा राखेका थिए । कार्यक्रमको संञ्चालन जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक राजन थापाले गरेका थिए । कार्यक्रममा करिव ६६ जनाको सहभागिता रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता