जोमसोम—पितृ उद्दारका लागि पवित्र धार्मिक स्थल मुस्ताङको कागबेनीधाममा महिलाहरुले हरितालिका तीज पर्व मनाएका छन् ।कागबेनी श्राद्धस्थल संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा बिहिबार हरितालिका तीज पर्व मनाईएको हो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्र्तगत विद्यालयका शिक्षिका,स्थानीय तहका महिला कर्मचारी र स्थानीय महिलाहरुलाई समेट्दै कागबेनी श्राद्धस्थल संरक्षण तथा व्यवस्थापन समितिले तीज पर्व मनाएको हो । महिलाहरुको महान पर्व तीजको बेला माईतीघर ,जन्मघर जान नपाई कार्यस्थलमा खटिन परेका महिलाहरुलाई सहानुभती प्रदान गर्न र उनीहरुको आत्मसन्तुष्टिका लागि हरितालिका तीजको विशेष कार्यक्रम आयोजना गरिएको श्राद्धस्थल संरक्षण तथा व्यवस्थापन समितिकी संयोजक लक्ष्मी गुरुङले जानकारी दिईन् ।
‘हाम्रो पालिकामा काम गर्ने महिला कर्मचारीहरु माईति र जन्मघर जान नपाउँदा दुखित हुनुहुन्थ्यो, जागिर खाएपछि हत्तपत्त जिम्मेवारी छोडेर जान पनि मिल्दैन,संयोजक गुरुङले भनीन्,‘कसैको घर र माईती टाढा छ,छुट्टी पनि धेरै हुदैन ,यसले कर्मचारी महिलाहरु यतै रहन बाध्य परे ।’ महिलाहरुको महान पर्वको भावनालाई बुझेरनै हामीले तीजको कार्यक्रम राखेको संयोजक लक्ष्मी गुरुङले उल्लेख गरिन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका सरकारी विद्यालयका शिक्षिका र कर्मचारीहरुलाई तीजको कार्यक्रम राखेर मनोरञ्जन प्रदान गरिएको हो । रातो पहिरन चिटिक्क सजिएका महिला कर्मचारीहरुसंगै कागबेनी गाउँका स्थानीय महिलाहरुले समेत तीज पर्व विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
कागबेनी हिन्दु धर्मालम्बीहरुको महत्वपूर्ण धार्मिक स्थल हो । कागबेनीमा दिवंगत पितृका नाम श्राद्ध, तथा तर्पणका साथै पिण्डदान गर्नका लागि धार्मिक मोक्ष प्राप्त हुने जनविश्वाश छ । तीज कार्यक्रममा कागबेनीमा एकत्रित भएका महिलाहरुले कागबेनी धाम नजिकै प्रतिस्थापन गरिएको कछुवा रुपी कुर्म अवतारको शालिग्राम पार्कमा तीज गीत गाउँदै छमछमी नाँचे । भगवान रुपी शिलालाई परिक्रम गर्दै तीज गीतमा नाँचेर रमाए ।
कागबेनी स्थित जनशान्ति माध्यमिक विद्यालयकी पूर्व शिक्षिका हरिमाया पराजुलीले तीज पर्वमा माईती जान नपाएपनि मुस्ताङमै रमाईलो गरी मन भुलाउने अवसर प्राप्त भएको बताईन् । उनले कागबनीमा पहिलो पटक श्राद्धस्थल व्यवस्थापन समितिले तीज पर्वको कार्यक्रम राखेको बताईन् । यस्तै जनशान्ति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सरिता परियारले तीज पर्वमा माईत जान नपाएपनि यतै रमाउने मौका मिलेको बताईन् । ‘तीज पर्वमा बिदा धेरै हुदैन,माईत जान र आउन समय लाग्छ,उनले भनीन्, ‘यसैले माईती जान पाईन,दरखाने र नाच्ने खेल्ने मौका यतै मिल्यो ।
यस्तै, जिल्ला प्रशासन कार्यालय मुस्ताङले पनि तीज पर्वको बेला माईत जान नपाएका महिला कर्मचारीलाई समेट्दै तीजको दरखाने कार्यक्रम आयोजना ग¥यो । जिल्ला स्थित सरकारी कार्यालयका निजामती महिला कर्मचारीहरुलाई थोरै भएमा आत्मसन्तुष्टि प्रदान गर्न तीजको दरखाने कार्यक्रम आयोजना गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।
बुद्धिस धर्मको प्रभुत्व रहेको हिमाली जिल्ला मुस्ताङमा यसवर्ष महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको रौनक जताततै देखिन थालेको छ । विगतमा हिन्दु महिलाहरुमा मात्रै सिमित तीज पर्व मुस्ताङका बुद्धिस महिलाहरुले समेत अनुसरण गर्न थालेका छन् । समाजघर,आमा समुहको भवन र होटलहरुमा आपसमा भेला भई तिजको दर खाँदै मुस्ताङका स्थानीय महिलाहरुले समेत छमछमी तिजको गीतमा नाचे । हिन्दु महिलाहरुले तीजको अघिल्लो दिन दरखाएर मध्यरातपछि निराहार ब्रत बस्ने प्र्रचनलन छ । हिन्दु शास्तमा पार्वतीले महादेव पती पाउँ भनी कैलाश पर्वतमा निराहार ब्रत बसेको धार्मिक किवदन्ती छ । तीजको भोलीपल्ट पति देवको अनुमती पाएपछि निराहार ब्रत अन्त्य गर्ने प्रचलन छ । विगतमा तीज पर्वमा महिलाहरुले आफुले पाएको दुखकष्टहरुलाई तीज गीतको भाकामा प्रस्फुटन गथ्र्ये ।
पछिल्लो समुदाय महिलामा चेतनाको विकास,प्रविधियुक्त संञ्चार र आधुनिकतातर्फ समाज रुपान्तरण हुँदै गर्दा तीज पर्व पनि भड्किलो र उच्छ«खल बन्दै गईरहेको कतिपयको बुझाई छ । बर्षभरी बिहे गरेर गएका चेलीहरु माईत फर्किएर माईतीमा दुख बिसाउने चौतारी बनेको तीज पर्वको मर्म र भावन बिस्तारै अन्त्य हुन थालेको देखिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता