जोमसोम— मुस्ताङमा प्रकृति,संस्कृति र सिर्जनशीलताको अन्तराष्ट्रिय पर्वतीय चित्रकला महोत्सव चलिरहेको छ । मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धन तथा यहाँको धार्मिक सांस्कृतिक र ऐतिहाँसिक एवं हिमाली क्षेत्रको जैविक विविधता र मौलिकतालाई चित्र मार्फत विश्व समुदाय माँझ उजागर गर्ने उद्देश्यसहित प्रथम अन्तराष्ट्रिय पर्वतीय चित्रकला महोत्सव आयोजना गरिएको हो ।

अक्टोबर १८ देखि २४ तारिखसम्मका लागि आयोजना भएको प्रथम अन्तराष्ट्रिय पर्वतीय चित्रकला महोत्सव बिहिबारसम्म सकिने छ । होटल ओम होम्स , रेड हाउस र ठमेल भिल्लाका प्रोपाईटर त्रिपल गुरुङको प्रायोजनमा आयोजना भएको प्रथम अन्तराष्ट्रिय पर्वतीय चित्रकला महोत्सवमा नेपाल पर्यटन बोर्डको साझेदारी रहेको छ । मुस्ताङमा आयोजित पर्वतीय चित्रकला महोत्सवलाई युरोपेली युनियन,स्वीस सरकार विकास सहयोग (एसडिसी),दलाई ला , यति एअरलाईन्स, शेर्पा ब्रअरी,हार्मोनिक लिबरेसन र होटल मस्याङ्दी लगायत सहयोगीको रुपमा छन् ।

मुस्ताङमा पहिलो पटक आयोजना गरिएको यसप्रकारको पर्वतीय चित्रकला महोत्सवलाई परीक्षणको रुपमा हेरिएको छ । मुस्ताङको समग्र विविधितालाई चित्रकला मार्फत उजागर गरी पर्यटन विकासमा टेवा पू¥याउने उद्देश्यले विभिन्न अन्तराष्ट्रिय मुलुकका ७ जना ख्यातिप्राप्त चित्रकारहरुलाई मुस्ताङ ल्याईएको कार्यक्रमका सहजकर्ता महेन्द्र गुरुङले जानकारी दिए । पर्वतीय कला महोत्सवमा नेपालका चर्चित ९ जना चित्रकारहरुले पनि सहभागीता जनाएको सहजकर्ता गुरुङले बताए ।
मुस्ताङमा आयोजित चित्रकला महोत्सवमा थाईल्याण्ड,पोल्याण्ड,रोमानिया, भुटान, ईन्डोनेसिया र ताईवानका चर्चित चित्रकारहरुको समावेश रहेको छ । यसैगरी नेपालबाट सिर्जनराज भण्डारी,ईभाना ताम्राकार, हरेराम जोजु, एनबि गुरुङ, वाङ लामा ,धोज गुरुङ, मनोज तामाङ, आकाश गुरुङ र नविन नाल्बोले आफ्नो प्रतिभा बाँडेको सहजकर्ता गुरुङको भनाई छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी,घरपझोङ—५ ठिनी र घरपझोङ—४ जोमसोममा अन्तराष्ट्रिय पर्वतीय चित्रकला महोत्सव आयोजना गरिएको हो । महोत्सव दौरानमा मुस्ताङको परम्परागत संगित,नृत्य विभिन्न सांस्कृतिक परम्परागत रितितिथिलाई वस्तुगत रुपमा चित्र मार्फत उजागर गरिएको छ । मुस्ताङको धार्मिक तथा सांस्कृतिक मौलिकतालाई स्वदेशी तथा विदेशी चित्रकारहरु माँझ बाड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो
पर्वतीय चित्रकला महोत्सवमा आउटडोर चित्रकला कार्यशालासंगै फोसिल हन्ट एन्ड स्टोन आर्ट, साउन्ड हिलिङ लगायत विभिन्न सांस्कृतिक तथा सांगितिक कार्यक्रम आयोजना गरिएको छ । महोत्सवको मुख्य आर्कषक ट्राभलिङ किम्फ रहेको थियो । महोत्सव दौरानमा काठमान्डौं स्थित अन्तराष्ट्रिय चलचित्र महोत्सव (किम्फ) को संयोजनमा हरेक साँझ २ घण्टा हिमाली क्षेत्रका नामी चलचित्रहरु देखाईएको थियो ।

अन्तराष्ट्रिय पर्वतीय चित्रकला महोत्सवमा कोरिएका सबै चित्रकलाहरुलाई घरपझोङ—३ पुथाङ एअरपोर्टको समाजघरमा प्रर्दशनीमा राखिएको छ । विभिन्न स्वदेशी तथा विदेशी चित्रकारले कोरेका चित्रहरु सर्वसाधारणका लागि अवलोकन गराउन खुल्ला गरिएको छ । बुधबार मुस्ताङको ठिनीमा त्यहाँका स्थानीयले परम्परागत धार्मिक तथा सांस्कृतिक नृत्य तथा कला प्रस्तुत गरेको वडाध्यक्ष प्रदीप थकालीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय चित्रकारहरुले परम्परागत मौलिकता र हिमालको सौन्दयर्तालाई चित्र मार्फत उजागर गरेको बताए । मुस्ताङमा पहिलो पटक आयोजित यसप्रकारको कार्यक्रमले मुस्ताङको वस्तुगत अवस्थालाई अन्तराष्ट्रिय स्तरमा चिनाउने र यसले पर्यटन विकासमा समेत टेवा पू¥याउने उल्लेख गरे ।
पर्वतीय अन्तराष्ट्रिय महोत्सवमा स्वदेशी तथा विदेशी चित्रकारहरुले मुस्ताङको परम्परागत घरहरु,संस्कृति रहनसहन, भेषभुष, हिमाल र जैविक विविधतालाई चित्रकारहरुले चित्रमा उतारेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता