मुस्ताङमा बिद्यार्थीले मनाए अन्तराष्ट्रिय हिउँ चितुवा दिवस

मुस्ताङमा अन्तराष्ट्रिय हिउँ चितुवा दिवस २०२५ विभिन्न कार्यक्रम गरी मनाईएको छ । घरपझोङ गाउँपालिका—३ स्याङ स्थित जनकल्याण आधारभूत विद्यालयको आयोजना तथा हिउँ चितुवा संरक्षण काम गर्ने संस्था टेका समुह नेपालको सहकार्यमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय हिउँ चितुवा दिवस मनाईएको हो ।

अन्तराष्ट्रिय हिउँ चितुवा दिवस अक्टोबर २३ तारिखमा पर्ने भएतापनि चाडपर्वका कारण रोकिएको थियो । सोमबार जनकल्याण आधारभूत विद्यालयको आयोजनामा  हिउँ चितुवा संरक्षण सम्वन्धि नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित दिवस मनाईएको विद्यालयले जनाएको छ ।

 अन्तराष्ट्रिय हिउँ चितुवा दिवस सफल पारौ, संरक्षणमा स्थानीय सहभागिता बढाऔं, हिउँ चितुवा हिमाल पर्यावरणको आधार, जोगाएमा मात्रै हुन्छ हिमाली  जिवनको सपना साकार,हिउँ चितुवा हिमालको गहना हो, यसको संरक्षणमा हामी सबैको चाहाना हो लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित जनकल्याण आधारभुत विद्यालयका शिक्षक÷शिक्षिका,टेका समुह नेपाल (हिउँ चितुवा संरक्षण), जनप्रतिनिधि,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य र पत्रकार लगायतको संयुक्त टोलीले प्रभातफेरीसहित मुस्ताङको स्याङ गाउँको परिक्रमा गरेको विद्यालयका संरक्षण शिक्षक राजु सेन्चुरीले जानकारी दिनुभयो ।

प्रभातफेरीपछि आयोजित कोणसभामा विद्यालयका संरक्षण शिक्षक राजु सेन्चुरीले पारिस्थिती प्रणाली (ईको सिस्टम)मा महत्वपूर्ण योगदान पु¥याउँदै आईरहेको दुर्लभ हिउँ चितुवा संकटमा पर्न थालेको बताउँनुभयो । मानवको अवैंध चोरी शिकारी लगायतका कारण हिमालीकी रानी हिउँ चितुवाको बासस्थान खल्बलिने थालेकाले हिउँ चितुवा संरक्षण चुनोती बन्दै गएको संरक्षण शिक्षक सेन्चुरीले जनाउँनुभयो ।

 जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पर्न छाडेको ,हिमाली उच्चेलेंकमा घाँस पलाउन छाडेर अनाधिकृत घाँसहरु पलाउने लगायतका कारण हिउँ चितुवाको आहारा नावर,मृृग र कस्तुरी लगायतका वन्यजन्तु घाँसको खोजी गर्दै बस्ती झर्ने गरेको उहाँको भनाई छ । आहाराको खोजी गर्दै हिउँ चितुवा बस्ती र खोलामा झर्ने गर्दा पशुगोठ र चरनक्षेत्रमा रहेका पशुचौपायाहरुमा आक्रमण गर्ने लगायतका कारण मानव र हिउँ चितुवाबिचको द्धन्द बढेको संरक्षण शिक्षक सेन्चुरीले बताउँनुभयो ।

यसैगरी अन्तराष्ट्रिय हिउँ चितुवा दिवसको अवसरमा विद्यालयमा संरक्षण शिक्षा अध्ययन गर्दै गरेका कक्षा ६,७ र ८ का विद्यार्थीहरुलाई हिउँ चितुवा सम्वन्धि क्रियाकलाप, सम्भावित हिउँ चितुवाको बासस्थान क्षेत्रको बाईनाकुलर मार्फत अवलोकन गराइएको थियो । सोही अवसरमा विद्यार्थीहरुलाई स्याउ गाउँमा अवस्थित प्राचिन गुम्बा र गुफाहरुको समेत स्थलगत अवलोकन गराइएको थियो ।


प्रतिक्रिया