स्रष्टा एवं सर्जक बिमला तुलाचनलाई फालो मेलामा सम्मान


जोमसोम—मुस्ताङकी स्रष्टा एवं सर्जक बिमला तुलाचन थकाली सेवा समिति नेपाल क्षेत्रीय समिति थासाङद्वारा आयोजित फालो अर्थात भाद्र मेला कुमार यात्रा समुद्घाटन कार्यक्रममा सोमबार सम्मानीत भएकी छिन् ।

थकाली गितको सृजना  एवं थकाली गित उत्पादन गरी थकाली धर्मसंस्कृति ,परम्परा र मौलिकतालाई संरक्षण,सम्वद्धन र प्रर्वद्धन गर्न योगदान दिएको भन्दै थासाङ—१ टुकुचेकी सामाजिक अभियान्ता बिमला तुलाचनलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

बिमला तुलाचन कठिन परिस्थितीमा गुज्रिएका तथा बेसाहारा अनाथ र असाहाय बालबालिकालाई संरक्षण गर्दै पद्यसम्वभ च्यारिटी फाउन्डेसन संस्था मार्फत नालान्दा बोर्डिङ स्कुलमा उचित शिक्षा दिक्षा र पालन पोषणमा सक्रिय छिन् । दर्जनौ थकाली गितको रचना र स्वरवद्ध गरिसकेकी तुलाचनले थकाली संस्कृतिक झल्काउने मौलिक गित मार्फत थाक थलो मुस्ताङ चिनाउने र थकाली संस्कृतिलाई उजागर गर्न लागि परेकी छिन् ।

 स्रष्टा एवं सर्जक तुलाचनलाई  संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली,प्रदेश सभा सदस्य विकल शेरचन र १३ गाउँका मिर मुखिया जुहार भट्टचन लगायतले प्रमाणपत्र र खादाले सम्मान गरेका हुन् ।

स्रष्टा तुलाचनले सम्मानले आफुलाई थकालीहरुको धर्मसंस्कृति र मौलिकतालाई जोगाउन थप उत्तरदायित्व बढेको बताईन् । 


प्रतिक्रिया