यहाँ स्थित घरपझोङ गाउँपालिका बालश्रम मुक्त गाउँपालिका बनेको छ । घरपझोङ गाउँपालिका कार्यालय अन्तर्गत रहेको बाल अधिकार समितिसहित सम्वन्धित वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय र एक्याप जोमसोमको संयुक्त टोलीले आईबार पालिका भित्र सञ्चालित होटल तथा उद्योगहरुमा संयुक्त रुपमा बाल श्रमिक अनुगमन तथा तथ्यांक संकलन गरकोे हो । अनुगमनका क्रममा गाउँपालिकाका ५ वटै वडाहरुमा बालश्रमिक फेला नपरेको जनाईएको छ ।
घरपझोङ गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आईतबार यहाँ स्थित वडा ३ स्याङ, वडा ४ जोमसोम र वडा ५ ठिनी लगायतका स्थानमा बालश्रमिकको छड्के अनुगमन तथा तथ्यांक संकलन गरिएको हो । जोमसोम,ठिनी र स्याङ लगायतका स्थानमा सञ्चालित १७ वटा होटल र ८ वटा उद्योग गरी २५ वटा व्यवसायिक प्रतिष्ठानहरुमा गरिएको बाल श्रमिक अनुगमन तथा तथ्यांक संकलनमा जाँदा कतै पनि बाल श्रमिक नरहेको घरपझोङ गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सरिता थकालीले जानकारी दिनुभयो ।
यसअघि गत आ.व.मा गाउँपालिकाको बाल अधिकार समिति,सुरक्षा निकाय र एक्यापले गाउँपालिकाको मार्फा,स्याङ र जोमसोम बाल श्रमिक अनुमगन तथा तथ्यांक संकलनकार्य सम्पन्न गरेको थियो । महिला तथा बालबालिका शाखा प्रमुख थकालीका अनुसार गत वर्ष र चालु वर्षको बालश्रमिक अनुगमन तथा तथ्यांक संकलन कार्यक्रम गर्दा घरपझोङका व्यवसायिक प्रतिष्ठानमा कतै पनि बाल श्रमिक फेला नपरेको बताउँनुभयो ।
यसैगरी क्रममा बालश्रमिक संयुक्त अनुगमन तथा तथ्यांक संकलन टोलीले बाल श्रमिकहरु नरहेको होटल तथा उद्योगहरुमा बालश्रम मुक्त स्टिकर टाँस गरेको छ । बाल अधिकार समिति संयोजक एवं उपाध्यक्ष जमुना थकालीको उपस्थितीमा गाउँपालिका भित्रका होटल तथा उद्योगहरुमा बाल श्रमिकको अनुगमन तथा तथ्यांक संकलन गरिएको थियो । महिला बालबालिका शाखा प्रमुख थकालीका अनुसार बाल श्रमिकको अनुमगन गरेपछि बाल श्रम मुक्त स्टिकर टाँस गर्दा बाल श्रमिक रहेनरहेको पहिचान गर्न सजिलो हुने बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता