जोमसोम—मुस्ताङ प्रहरीले नागरिकलाई सुसुक्षित गराउन नागरिक सचेतना अभियानलाई व्यापकता दिन थालिएको छ । प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले मुस्ताङ प्रहरीको नेतृत्व सम्हालेसंगै मुस्ताङमा प्रहरी कार्यसम्पादन भित्र पर्ने जनमुखी कार्यक्रमले तीब्रता पाएको हो ।
चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय गाउँगाउँका पुगेर दर्जनौं नागरिक सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ । समुदाय प्रहरी साझेदारी अवधारण अन्तर्गत मुस्ताङ प्रहरीले जिल्लाका ५ वटै स्थानीय तहमा पुगेर जनचेतनामूलाक कार्यक्रम गरिरहेको पाईएको छ ।
यसै अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय मुस्ताङले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत मंगलबार थासाङ गाउँपालिकाको आयोजनामा कोवाङमा नागरिक सचेतना गरेको छ । त्यहाका स्थानीय नागरिकको बाक्लो उपस्थितीमा नागरिक सचेतना अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
गाउँपालिकाद्वारा आयोजित कार्यक्रमको अध्यक्षता उपाध्यक्ष सोमल हिराचनले गरेका थिए । गाउँपालिकाको आयोजनामा भएको नागरिक सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डिएसपी भोजराज पाण्डेयले प्रस्तुतीकरणसहित कार्यक्रमको सहजीकरण गरे । समाजमा हुँने सबैखाले सम्भावित अपराध रोकथाम तथा न्यूनिकरणका लागि नागरिकनै प्रशिक्षित हुनपर्ने डिएसपी पाण्डेयको भनाई थियो ।
डिएसपी पाण्डेयले थासाङ क्षेत्रका नागरिकलाई समाजमा हुने घरेलु हिंसा,बालश्रम,बालबिवाह,दाईजो, बोक्सी,जुवातास, लैङ्गिक विभेद लगायतका विभिन्न सामाजिक कुरिती कुसंस्कार रोकथाम तथा न्यूनिकरण गर्न झन्डै ४ घण्टा लामो प्रशिक्षण दिए । डिएसपी पाण्डेयले जबसम्म नागरिकमा सचेतनाको विकास हुँदैन तब समाजमा अनेंकन प्रकार बिकृतिहरु मौलाउँदै जाने नागरिकलाई सुझाएका छन् । उनले प्रहरी र नागरिक एक अर्काका परिपुरक रहेको उल्लेख गर्दै डिएसपी पाण्डेयले समाजका कुनै समस्या परेमा प्रहरीको सहयोग लिन आग्रह गरे ।
नागरिक सचेतनामा कोवाङ क्षेत्रका गाउँसमाज, आमा समुह,युवाक्लव र स्थानीय गरी झन्डै ७४ जनाको उत्साहजनक सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
कार्यक्रममा स्थानीय नागरिकहरुले गाउँसमाजको वस्तुगत अवस्था र प्रहरीको कामकर्तव्य र अधिकार अनि कार्यसम्पादनका विषयमा जिज्ञासा राखेका थिए । नागरिकले उठाएको जिज्ञासालाई डिएसपी पाण्डेयले उत्तर पेश गरेका थिए ।
कार्यक्रममा थासाङका उपाध्यक्ष सोमल हिराचनले प्रहरीको कार्यसम्पादन प्रशंसनीय रहेको बताए । उनले मुस्ताङमा मिश्रित वस्तीका रुपमा रुपान्तरण हुँदै गईरहेको र यसले सामाजिक बिकृति मौलाउन सक्ने भएकाले प्रहरीको कार्यक्रम फलदायी हुँने विश्वास व्यक्त गरे ।
पछिल्लो समय मुस्ताङ प्रहरीले नागरिकको सेवामा मात्र नभई जिल्ला भित्रिने पर्यटकको हितका लागि विभिन्न रचनात्मक तथा सृजनात्मक कार्यहरु गर्दै आईरहेको छ । समाजिक उत्तरदायित्व बहन गर्न सबै सरोकारवालाहरु जिम्मेवार बन्नेसके मुस्ताङ जिल्लालाई शान्ति सुरक्षा र सुशासन मैत्री तुल्याउन सकिने कार्यक्रमका सहाभागिहरुले बताएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली