धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) जोमसोमले मुस्ताङका मुख्य राष्ट्रिय राजमार्ग सडकको पाँच स्थानमा ‘हाईअल्टिच्युड’ सम्वन्धि पर्यटक सूचनामूलक साईनबोर्ड राखेको छ । यहाँ आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई उच्चउचाईको स्थानमा आउँदा हाईअल्टिच्युडको समस्या र चुनौतिहरु देखिन थालेपछि एक्याप प्रधान कार्यालय पोखराले यहाँ हाईअल्टिच्युड जोखिम न्यूनिकरण सम्वन्धि सचेतनामूलक साईनबोर्डको व्यवस्था गरेको हो ।
एक्याप जोमसोमले मुक्तिनाथ दर्शन र उपल्लो मुस्ताङको भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई हाईअल्टिच्युडको समस्याबाट समाधान रहन तथा हाईअल्टिच्युडको जोखिमबाट पूर्व सजगता अपनाउन हाईअल्टिच्यु सम्वन्धि पर्यटक सूचनामूलक साईनबोर्डको व्यवस्था गरेको एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले जानकारी दिनुभयो । सहायक थकाली अनुसार एक्याप जोमसोमले बेनी —जोमसोम राष्ट्रिय राजमार्ग अन्तर्गत म्याग्दी र मुस्ताङको सीमानाका थासाङ—२ घाँसाबाट मुक्तिनाथ र छुसाङमा हाईअल्टिच्युड सचेतनामूलक साईनबोर्ड टाँसेको बताउँनुभयो ।
एक्यापले यहाँको घाँसा,मार्फा, जोमसोम,एक्लेभट्टी, मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने पर्यटकहरुका लागि वारागुङ—३ छुसाङमा हाईअल्टिच्युड सम्वन्धि पर्यटक सूचनामूलक बोर्ड राखेको जनाएको छ ।‘ यहाँका पर्यटकहरुलाई हाईअल्टिच्युडको समस्या चुनौतिको रुपमा देखा प¥यो,यो ईस्युका कारण बर्सेनि दर्जन भन्दा बढी पर्यटक अल्टिच्युडले मृत्यु भईरहेको छ,’ वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक थकालीले भन्नुभयो,‘ यहाँ आएका पर्यटकहरुलाई पर्याप्त हाईअल्टिच्युड सम्वन्धि सूचना नभएर मृत्यु हुने र यसप्रकारका समस्याहरु देखिएको होकी भन्ने हाम्रो बुझाई हो, पर्यटकहरुको स्वास्थ्य रक्षाका लागि यसपालि एक्यापले आवश्यक स्थानमा सूचनामूलकबोर्ड राखेका हौं ।’
यहाँ एक्याप कार्यालयले म्याग्दी र मुस्ताङको सीमानाका घाँसादेखि मुक्तिनाथ र छुसाङसम्मको स्थानमा मुस्ताङ आएका पर्यटकहरुलाई जानकारी दिने उद्देश्यले ठुला अक्षरमा लेखिएका हाईअल्टिच्युड उचाई र अपनाउनपर्ने सावधानीका बिषयमा सूचनामूलक बोर्डहरु टाँस्ने कार्य सम्पन्न गरेको जनाएको छ । सूचनामूलक बोर्ड हेरेपछि पर्यटकहरु आफु कतिको उचाईमा पुगेका छु भन्ने जानकारी हुने सोही अनुसार पूर्व स्वास्थ्य सर्तकता अपनाउन सजिलो हुने एक्यापले विश्वाश गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको वार्षिक तथ्यांक अनुसार आ.व. २०८०÷०८१ मा हाईअल्टिच्युड समस्याका कारण १७ जना पर्यटकहरुले ज्यान गुमाएका छन् । यसैगरी आ.व. २०८१÷०८२ मा हाईअल्टिच्युड समस्याका कारण यहाँ आएका २८ जना पर्यटकहरुले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षमा पनि मुस्ताङ भ्रमणमा आएका तीन जना पर्यटकहरुले हाईअल्टिच्युडका कारण ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । हिमाली तथा पर्वतीय उचाईको क्षेत्रमा आउने पर्यटकहरुले हाईअल्टिच्युड सम्वन्धि पर्याप्त जानकारी नहुँदा मुस्ताङमा हाईअल्टिच्युड सिक्नेसको समस्या बढी देखिने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
यहाँको उच्च उचाईको स्थानमा अक्सिजनको लेवल कम हुँदै जाने भएकाले यहाँ आएका पर्यटकहरु मध्ये उमेर कटेका ज्येष्ठ नागरिक, अपांगता,शारिरीक रुपमा अशक्त र दीर्घ रोग भई नियमित औषधि सेवन गरेका पर्यटकहरुलाई हाईअल्टिच्युडको जोखिम बढी हुने गरेको पाईएको छ ।
पर्वतीय क्षेत्रको उच्चस्थानमा यात्रा गर्दा सिधैं गन्तव्यमा पुग्ने गरी पर्यटकहरुले यात्रा गर्दा यसप्रकारको समस्या देखिने गरेको मुक्तिनाथ होटल एशोसियसनका अध्यक्ष सुरज गुरुङले जानकारी दिनुभयो । ३८०० मिटरको उचाई मुक्तिनाथमा आउँदा वा बास बस्दा हाईअल्टिच्युडको समस्या देखिने प्रचारबाजी भ्रमपूर्ण रहेको अध्यक्ष गुरुङको भनाई छ ।
यहाँ आएका पर्यटकहरुले सवारी चालक तथा सम्वन्धि ट्राभल एजेन्सी र होटलहरुले सिधैं पर्यटकहरुलाई उच्चउचाईमा पु¥याउँदा यसप्रकारका समस्या देखिने गरेको छ । यहाँ आएका पर्यटकहरुलाई एक पटक सिधैं उच्चस्थानमा नपु¥याई ठाउँ ठाउँमा विश्राम गरी गन्तब्यमा पु¥याउने पर्ने मुक्तिनाथ होटल एशोसियसनका अध्यक्ष गुरुङले स्पष्ट पार्नुभयो । पर्यटकको स्वास्थ्य अवस्था, मौसमको अवस्था र पूर्व सावधानी अपनाएर गन्तब्यको यात्रा गरेमा हाईअल्टिच्युडको जोखिम नरहने उहाँको भनाई छ । पर्यटकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी खानपानमा समेत ध्यान दिनुपर्ने उहाँले बताउँनुभयो ।
पछिल्लो समय यहाँ हाईअल्टिच्युडको जोखिम महत्वपूर्ण ईस्युको रुपमा देखा परेकाले मुक्तिनाथ विकास समिति,प्रदेश जनस्वास्थ्य कार्यालय,प्रदेश अस्पताल, प्रदेश आयुर्वेद चिकित्सालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङले हाईअल्टिच्युड सम्वन्धि सचेतनामूलक पर्चा ÷पम्प्लेटहरु पर्यटकहरुलाई वितरण गर्ने गरिएको छ ।
मुक्तिनाथमा संञ्चालित होटलहरुले पर्यटकहरुको स्वास्थ्य रक्षालाई मध्यनजर गरी स्वास्थ्य उपचार सम्वन्धि व्यवस्था गरेका छन् । यहाँ कार्यरत सुरक्षाकर्मीहरुले पर्यटकहरुलाई हाईअल्टिच्युडको जोखिम न्यूनिकरण गर्न चालकसंग ‘एक मिनेट र यात्रुसंग दुई मिनेट’ कार्यक्रम संञ्चालन गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली