मुस्ताङ, ७ , असार
आज जुन २१ अर्थात अन्तराष्ट्रिय योग दिवस हिमालपारि मुस्ताङमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयको आयोजनामा ‘‘सिंगो पृथ्वी, समग्र स्वास्थ्यका लागि योग’’ भन्ने नाराका साथ जोमसोम स्थित गाउँपालिका कार्यालय परिसरमा एघारौं अन्तराष्ट्रिय योग दिवस २०२५ योगा अभ्याससहित विभिन्न कार्यक्रम गरी मनाईएको हो ।
नेपालमा यसप्रकारको योग दिवस सन् २०१५ जुन २१ देखि मनाईन थालिएको हो ।यसै क्रममा मुस्ताङको घरपझोङ गाउँपालिका योग दिवसलाई आत्मसाथ गर्दै पहिलो पटक यहाँ योग दिवस मनाउन सुरु गरेको जनाईएको छ । दिसका अवसरमा सम्पूर्ण नेपाली, योग साधकहरु र विश्वभरीका योग प्रेमीहरुमा योग दिवसको शुभ—कामना आदान÷प्रदान गर्दै घरपझोङ गाउँपालिका कार्यालयका जनप्रतिनिधि,कर्मचारी, जिल्ला स्थित कार्यालयका कर्मचारी,सुरक्षा निकाय,युवाक्लव, आमा समुह र स्थानीय नागरिकहरुको उपस्थितीमा अन्तराष्ट्रिय योग दिवस मनाईएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो ।
अन्तराष्ट्रिय योग दिवसका क्रममा पतञ्जली योग पीठ गण्डकी प्रदेशका अध्यक्ष नरेन्द्रमान लालचनले सहभागीहरुलाई एक घण्टा ध्यान साधनासहितको योग अभ्यास प्रशिक्षण दिनुभएको थियो । योग पीठ गण्डकीका अध्यक्ष लालचनले मानिसको शारिरीक,मानसिक र स्वथ्यकर जीवनयापनका लागि योग अभ्यास अपरिहार्य रहेको बताउँनुभयो । ‘योग अभ्यास पूर्वीय संस्कार र संस्कृति हो ,यो ऋषिमुनीहरुले आर्जेको आर्जेको योग हो,’ उहाँले भन्नुभयो,‘ यो शारिरीक स्फूर्ती र स्वस्थय जीवन लागि योग अति आवश्यक हुन्छ ।’’
ध्यान साधना र योग अभ्यासले मानिसको शीरदेखि पाउँसम्म नशालाई चलाएमान बनाउँने, अक्सिजन प्राप्त गर्न र यसले शारिरीक स्फूर्तीलाई सधैं चुस्त राख्न योगदान पु¥याउने गण्डकी योग पीठ अध्यक्ष लालचनले उल्लेख गर्नुभयो ।
गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले स्वस्थ्य जीवनका लागि योग अभ्यास आवश्यक रहेको बताउँनुभयो । यो दिवसमा मात्रै योग होईन, यो निरन्तर आवश्यक छ’, अध्यक्ष लालचनले भन्नुभयो, योगलाई दैनिक क्रियाकलापमा समेट्न सकेमात्रै मानिसको जीवन सुखमय हुन्छ ।’ अध्यक्ष लालचनले योगले मानसिक तनावलाई समेत हटाएर सुखी जिवन जीवन सार्थक हुने बताउँनुभयो ।
यसैगरी घरपझोङ गाउँपालिकाले योग दिवसकै अवसर पारेर गाउँपालिका कार्यालयको कम्पाण्डमा ओखर लगायत विभिन्न जातका फलफूलहरु रोपण गरेको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली