जोमसोम ।
आगामी फागुन २१ गते घोषित प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले हातहतियार बुझाउन सरोकारवालाहरु आग्रह गरेको छ । यहाँ स्थित जिल्लाका पाँच वैटै पालिकामा व्यक्तिगत सुरक्षा प्रयोजनका लागि प्रशासनसंग अनुमति लिएर राखिएका हातहतियार तथा खरखजना बुझाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङले आग्रह गरेको हो ।
फागुन गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ,निश्पक्ष,भयरहित र बिश्सनिय वातावरणमा सम्पन्न गर्नका लागि मुस्ताङ जिल्ला भित्र रहेका ईजाजत प्राप्त हातहतियार तथा खरखजनाहरु १५ माघ गतेभित्र जिल्ला प्रहरी कार्यालय तथा नजिकको प्रहरी ईकाई समक्ष बुझाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्वन्धि सरोकारवालाहरुलाई सूचित गराएको छ ।
मुस्ताङमा प्रतिनिधिसभा निर्वाचनलाई सौहाद्र तथा शान्तिपूवर्क सम्पन्न गर्नका लागि जिल्ला सुरक्षा समिति मुस्ताङको माघ ४ गते बसेको बैठकले निर्णय गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षण सन्तोष बस्यालले जानकारी दिनुभयो ।
निर्वाचन सुरक्षा प्रयोजनार्थ जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी ईकाई समक्ष बुझाईएका हातहतियार तथा खरखजनाहरु निर्वाचनका सम्पूर्ण कामहरु सकिएपछि सम्वन्धित हतियार धनीलाई फिर्ता गरिने निर्णय भएको प्रहरी निरीक्षक बस्यालको भनाई छ । प्रशासनको आग्रहलाई अटेरी गर्ने र सूचनाको बर्खिलाप भएको पाईएमा कानुन बमोजिम कारावाही हुने प्रहरी निरक्षक बस्यालले जनाउँनुभयो ।

पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली