जोमसोम—मुस्ताङमा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । थासाङ गाउँपालिका—४ घाँसा बस्ने २१ वर्षीय युवा अमर छन्त्यालको बिद्युत पोलको तारमा करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
शुक्रबार बिहानै घरबाट निस्किएर घर नजिकै केही तल बेनी—जोमसोम राममार्ग सडकको पाखोमा घाँस काट्ने क्रममा उनी करेन्ट लागेर घाईते भएका थिए । करेन्ट लागेर घाईते भएका उनलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङ र प्रहरी चौकी घाँसाको टोलीले उपचारका लागि थासाङ गाउँपालिका—३ लेते स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा पू¥याइएको थियो । करेन्ट लागेर घाईते युवाको लेते प्राथमिक स्वास्थ्य केन्द्र पू¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी भोजराज पाण्डेले करेन्ट लागेर मृत्यु भएका युवाको घटनाको विवरणसहित मुचुल्का गरेर थप अनुसन्धान भईरहेको जानकारी दिए । ।
यता, मृतकका मामा अमिर छन्त्यालले नेपाल बिद्युत प्राधिकरणले केन्द्रिय प्रशारण लाईन असावधानीपूर्वक बिद्युत पोल विस्तार गरेकाले दुर्घटना हुन पुगेको दावी गरे । ‘बिजुलीको पोलहरु होचो गरी विस्तार गरिएको छ, बिजुलीका पोलहरु व्यवस्थित रुपमा सुधार गर्नुपर्छ,’उनले भने,‘ कोप्चेपानीदेखि लेतेसम्म बिजुलीका तारहरु रुखहरुमा छोन खोज्छन, यसले थप बिद्युत जोखिम निम्त्याएको छ ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता