यहाँ स्थित मुस्ताङ जिल्लाका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि अवरुद्ध नियमित विद्युत सेवा ४८ घण्टापछि सुचारु भएको छ ।मुस्ताङको घरपझोङ—३ स्थित विद्युत वितरण संस्था निलगिरी उपभोक्ता सहकारी संस्थाले केन्द्रिय विद्युत प्रशारण लाईनमा हावाहुरीका कारण क्षति तुल्याएकाले मुस्ताङमा विद्युत सेवा अवरुद्ध हुन पुगेको हो ।
मुस्ताङको थासाङ गाउँपालिका—४ मिसी स्थित केन्द्रिय बिद्युत प्रशारण लाईनको पोलहरुमा हावाहुरीले क्षति तुल्याएका मुस्ताङमा नियमित प्रशारण भईरहेको बिद्युत सेवा ४८ घण्टादेखि अवरुद्ध हुन पुगेको विद्युत वितरण संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले जानकारी दिनुभयो । कार्यालय प्रमुख थकालीका अनुसार सुरुवाती चरणमा थासाङ—२ स्थित ३३ केभी सबस्टेशन मर्मतका लागि विद्युत सेवा अवरुद्ध हुन पुगेकोमा आईतबार राति थासाङको मिसीमा हावाहुरी बिद्युत पोलमा क्षति हुँदा बिद्युत सेवा अवरुद्ध भएको जानकारी दिनुभयो । कार्यालय प्रमुख थकालीले हावाहुरी बिद्युत पोलमा क्षति भएको स्थानमा नेपाल बिद्युत प्राधिकरणका प्राविधिक टोलीहरु मर्मतका लागि परिचालित भएको जानकारी दिनुभयो ।
मुस्ताङको थासाङ—२ कोवाङमा प्राधिकरणको ३३ केभी सवस्टेशन रहेपनि माथिल्लो क्षेत्रमा ३३ केभी सबस्टेशन नहुँदा विद्युत प्रशारणमा समस्या छ । यहाँ स्थित थासाङ—१ टुकुचेमा १३ मेगावार्ड बिद्युत क्षमताको थापाखोला हाईड्रोले बिद्युत उत्पादन गर्ने भएपनि प्राधिकरणको माथिल्लो भेकमा ३३ केभी सवस्टेशन नहुँदा केन्द्रिय प्रशारणलाईनमा प्राविधिक समस्या आउँदा पुरै मुस्ताङ अन्धकार हुने समस्या विद्यमान छ । थापाखोाला हाईड्रोका बिद्युत उत्पादन प्राधिकरणलाई बिक्री गरिएको र माथिल्लो भेंकमा प्राधिकरणको बिद्युत पहुँच स्थापित नहुदा मुस्ताङमा पटकपटक बिद्युतीय चरण समस्या उत्पन्न हुने गर्छ ।
हिउँदयामको अत्यधिक चिसो मौसममा विद्युत आपूर्ती बन्द हुँदा मुस्ताङमा सरकारी कार्यालयका नियमित कामकाज लगायत स्थानीयहरुलाई टेलिभिजन हेर्न, मोवाईल चार्ज गर्न, घरमा हिटर ताँपेर बस्न लगायतका समस्या परेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता