जोमसोम, मुस्ताङको घरपझोङ गाउँपालिका स्थित जनहित माध्यमिक विद्यालय जोमसोममा शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०८१ सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय मुस्ताङको आयोजनामा भएको अन्तर विद्यालय स्तरीय विद्यार्थी नृत्यतर्फ थासाङ—२ कोवाङको जनआदर्श अमरसिंह माध्यमिक विद्यालय प्रथम भएको छ । शिक्षक हाजिरी जवाफ प्रतियोगितातर्फ थासाङ—५ को ताक्लुङ आधारभुत विद्यालय प्रथम भयो ।

अन्तर विद्यार्थी प्रतिभा पहिचान अन्तर्गत भएको नृत्य प्रतियोगितामा ज्ञानोदय माध्यमिक विद्यालय दोश्रो र जनवाल माध्यमिक विद्यालय तेश्रो भए ।योसंगै प्रतिभा पहिचानमा प्रथम भएको जनआदर्श अमरसिंह माध्यमिक विद्यालय कोवाङले आसन्न गण्डकी प्रदेश स्तरीय विद्यार्थी नृत्य प्रतियोगिताका लागि छनौट भएको छ ।

नृत्य प्रतिभा पहिचानका घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारी, घरपझोङ गाउँपालिकाकी रोजगार शाखा संयोजक शर्मिला श्रीस र नेपाल रेडक्रस सोसाईटी मुस्ताङ शाखाका सभापति चन्द्रबहादुर थकाली निर्णायकमा खटिएका थिए । विद्यार्थी नृत्य प्रतिभा पहिचान कार्यक्रममा जिल्लाका ३ पालिकाका ७ विद्यालयले सहभागिता जनाएका थिए ।
यस्तै, शिक्षक हाजिरी जवाफ प्रतियोगितामा कुल १४ अंक जोड्दै थासाङ—५ को ताक्लुङ आधारभुत विद्यालय प्रथम भएको हो । जिल्लाका ३ पालिकाका ११ विद्यालयहरुको सहभागि रहेको शिक्षक हाजिरी जवाफ प्रतियोगितामा १२ अंक जोड्दै घरपझोङको जनहित माध्यमिक विद्यालयले दोश्रो भयो । यस्तै, प्रतियोगितामा घरपझोङ—२ मार्फाको जनवाल माध्यमिक विद्यालयले तेश्रो स्थान हासिल ग¥यो ।
योसंगै थासाङको ताक्लुङ आधारभुत विद्यालयका शिक्षकहरुले आसन्न प्रदेश स्तरीय शिक्षक हाजिरी जवाफ प्रतियोगितामा भाग लिने पाउने निश्चित भएको हो । जनहित माध्यमिक विद्यालयको समन्वयमा आयोजित विद्यार्थी ÷शिक्षक प्रतिभा पहिचान कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले सहजीकरण गरेको थियो ।

विद्यार्थी नृत्य र शिक्षक हाजिरी जवाफ प्रतियोगिताका प्रथम,द्धितीय र तृतीय हुने विद्यालयलाई सामाजिक विकास कार्यालयले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेको थियो ।
आसन्न गण्डकी प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रमका लागि विद्यालय छनौट गर्न जिल्ला स्तरीय विद्यार्थी÷शिक्षक प्रतिभा पहिचान कार्यक्रम आयोजना गरिएको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रेवतीरमण सापकोटाले जानकारी दिए । कार्यालय प्रमुख सापकोटाका अनुसार

प्रतिभा पहिचानमा प्रथम हुने सहभागि विद्यालयलाई यही मंसिर २८ र २९ गते पोखरामा आयोजनाहुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराईने छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता